२०८२ चैत्र १६

राजनीति

संसदमा भएका कम्युनिष्ट र सडकमा भएका कम्युनिष्ट मिलेर जाऔं : मोहन वैद्य

संसदमा भएका कम्युनिष्ट र सडकमा भएका कम्युनिष्ट मिलेर जाऔं : मोहन वैद्य

देश, राजनीति, समाचार
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका कम्युनिष्ट पार्टी र सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर जान आग्रह गरेका छन् ।  शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै कम्युनिष्ट पार्टी हुनु आवश्यक नभएको बताउदै संसदवादी दलहरुबीच एकता गरेर एउटै पार्टी बनाउन आग्रह गरे । साथै अर्को क्रान्तिकारी धार रहेको उल्लेख गर्दै क्रान्तिकारी धारका पार्टीहरूको एउटै पार्टी हुनुपर्ने उल्लेख गरे । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका कम्युनिष्ट पार्टी र सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर जान आग्रह गरेका छन् ।  शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उ...
कमल थापा भेट्न बूढानीलकण्ठ पुगे विप्लव

कमल थापा भेट्न बूढानीलकण्ठ पुगे विप्लव

देश, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शुक्रबार भेटवार्ता भएको छ ।  थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका छन् ।  Advertisement भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको भेटमा सहभागी नेता बुद्धिमान तामाङले रातोपाटीलाई जानकारी दिए ।  बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् । उनले ट्वीटरमार्फत भनेका छन्, ‘ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो।’ उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले...
बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू, यी छन् छलफलका एजेन्डा

बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू, यी छन् छलफलका एजेन्डा

राजनीति
बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरू भएको छ। शुक्रबार बिहान १० बजेपछि बैठक बसेको हो। Advertisement प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बसेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरू भएको बताए। उनकाअनुसार आज महाधिवेशन केन्द्रित बैठक गरिएको छ। बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन्। पदाधिकारी बैठकमा वडा अधिवेशनबारे पनि छलफल हुनेछ। साउन १२ मा वडा अधिवेशन तोकिए पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन। आज पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ। प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानिलकण्ठमा बैठक रा...
काँग्रेसले बालुवाटारमा बैठक नराख्ने,  बूढानीलकण्ठमा बाेलाइयाे बैठक

काँग्रेसले बालुवाटारमा बैठक नराख्ने, बूढानीलकण्ठमा बाेलाइयाे बैठक

देश, राजनीति, समाचार
 नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बाेलाएकाे छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विहान ९ बजे बूढानीलकण्ठमा बाेलाएका हुन् ।  Advertisement देउवाका स्वकीय सचिव भानु देउवाले १४औँ महाधिवेशनकाे सन्दर्भमा छलफल गर्न बैठक बाेलाइएकाे राताेपाटीलाई बताए । यसअघि साउन १ र २ गते प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार काँग्रेस  पदाधिकारी तथा पूर्व पदाधिकारीकाे बैठक बसेकाे थियाे । बालुवाटारमा पार्टी बैठक राखेर निवर्तमान प्रधानमन्त्री केपी ओलीकाे गलत अभ्यासलाई निरन्तरता दिएकाे भन्दै प्रधानमन्त्री देउवाकाे आलोचना भएकाे थियाे । सामाजिक सञ्चालनमा चर्काे आलोचना भएपछि काँग्रेस नेताहरूले नै बैठक नराख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । सामाजिक सञ्चालनकाे विरोध र नेताहरू सुझाव पछि देउवा बालुवाटारमा पार्टी बैठक नराख...
आफूले बनाएको घर छाडेर हिँड्न मन हुन्न तर अपमान सहेर बस्न सकिन्न : माधव नेपाल

आफूले बनाएको घर छाडेर हिँड्न मन हुन्न तर अपमान सहेर बस्न सकिन्न : माधव नेपाल

राजनीति
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर कोही बस्न नसक्ने बताएका छन्।  बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अपमान सहेर बस्न पनि नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताए। Advertisement ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन्,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशीक्षण हामीले पाएका छैनौं ।’ अरूको अपमान गर्नेले समाज र राष्ट्रको अपमान पनि गर्ने भन्दै उनले प्रवृत्तिलाई निरुसाहन गनुपर्ने बताए। कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने बताउँदै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए। ‘यो कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर हामी रा...
काठमाडौंबाट ६ महिलासहित एक दर्जन जुवाडे पक्राउ

काठमाडौंबाट ६ महिलासहित एक दर्जन जुवाडे पक्राउ

देश, राजनीति, समाचार
काठमाडौंको भोटेबहाल बाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधवार महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी अपील राज बोहरा नेतृत्वको टोलीले दिनेश कुमार शेरचनको घरमा रहेको जुवा खालमा छापा मारेर जुवाडेलाई पक्राउ गरेको हो ।  Advertisement पक्राउ पर्नेमा ६ महिला र ६ जना पुरुष छन् । काठमाडौं घर भएकी रन्जन प्रधान, बाग्लुङ्गकी श्रृजना खत्री, धादिङ घर भएकी सरिता मल्ल गुरुङ र काभ्रेकी लक्ष्मी बानियाँ सहित १२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ लाख ९१ हजार नगद र ३ लाख ७० हजार बराबरको चेक बरामद गरेको छ ।  साभार: सेतोपाटी ...
पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

देश, राजनीति, समाचार
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् ।  ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् ।  Advertisement “पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनुभयो । ” एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा का...
बालुवाटारमा विप्लवले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल

बालुवाटारमा विप्लवले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल

देश, राजनीति
तस्बिर: प्रधानमन्त्रीको सचिवालय नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कुराकानी गरेका छन्। Advertisement बुधबार विप्लवसहित नेपाल कम्युनिष्ट पार्टीका नेतहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेका हुन्। प्रधानमन्त्री र गृहमन्त्रीसँग विप्लवलगायत नेताले भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीलाई भेट्न विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू बालुवाटार पुगेका थिए। विप्लवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आफूहरूले गरेका सहमति कार्यान्वयनमा सघाउन आग्रह गरेका छन्। यसअघि विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, व...
प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

देश, राजनीति, समाचार
६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको स्रोतले बतायो । Advertisement प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए । देउवालाई संसदमा ठाकुर पक्षलाई विश्वासको मत दिएको थियो । त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । Credit: OnlineKhabar ...
प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन र रेशम चौधरीलाई रिहा गर

प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन र रेशम चौधरीलाई रिहा गर

देश, राजनीति, समाचार
५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’ Advertisement यो पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ । एक केन्द्रीय सदस्यका अनुसार...