२०८२ पुष ९

राजनीति

कोरोना नियन्त्रण र बाढी प्रभावितलाई राहतमा केन्द्रीत हुन प्रधानमन्त्रीलाई सुझाव

कोरोना नियन्त्रण र बाढी प्रभावितलाई राहतमा केन्द्रीत हुन प्रधानमन्त्रीलाई सुझाव

देश, राजनीति, समाचार
३१ असार, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना महामारी नियन्त्रण र बाढी तथा पहिरो प्रभावितहरुको राहतमा केन्द्रीत हुन सुझाव दिएका छन् । Advertisement प्रधानमन्त्री देउवालाई सरकार गठनमा सहयोग गर्ने दलका नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । अरु दलका शीर्ष नेताहरु सहभागी यो छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका डा. विजय पौडेल सहभागी भएका थिए । नेता नेपालले आफू नगएर डा. पौडेललाई पठाएका हुन् । प्रधानमन्त्री देउवालाई सरकार गठनमा सहयोग गर्ने दलका नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । अरु दलका शीर्ष नेताहरु सहभागी यो छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका डा. विजय पौडेल सहभागी भएका थिए । नेता नेपालले आफू नगएर डा. पौडेललाई पठाएका हुन् । आफू लगायत सबैले कोरोना महामारी नियन्त्रण र ब...
एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

देश, राजनीति, समाचार
३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । Advertisement संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘संसद बैठक बस्नुअघिको नियमित बैठक हो ।’ Credit: OnlineKhabar ...
अख्तियारको डीएसपी हुँ भनी धम्क्याएको आरोपमा पक्राउ

अख्तियारको डीएसपी हुँ भनी धम्क्याएको आरोपमा पक्राउ

देश, राजनीति, समाचार
३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्टलाई पक्राउ गरेको छ । एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा पुगेका उनले आफूलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई धम्की दिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । Advertisement विभागमा काम गर्न अनावश्यक दवाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सिईओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनी प्रभावमा पार्दै हिँडेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको उनले बताए । भट्टमाथि थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको अख्तियारले जनाएक...
बालकोट पुगेर ओलीले भने- माधव नेपाललाई एमालेमा ठाउँ छैन

बालकोट पुगेर ओलीले भने- माधव नेपाललाई एमालेमा ठाउँ छैन

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेमा ठाउँ नभएको बताएका छन्। Advertisement आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि निर्वतमान प्रधानमन्त्री ओलीले गल्ती, कमीकमजोरी सच्याएर आउनेलाई पार्टीमा काम गर्ने मौका दिए पनि माधव नेपाललाई स्वीकार गर्न भने नसकिने बताए। ‘आफ्नो पार्टीको सरकार ढाल्ने माधव नेपालजस्ता लाजशरम् हराएका मानिसहरू,’ नेपालप्रति टिप्पणी गर्दै ओलीले भने, ‘पछिपछि लाग्ने उहाँहरूले कमीकमजोरी महसुस गरेर पार्टीमा आए काम गर्न मौका दिन्छौं। तर माधव नेपालको हकमा गल्ती कमीकमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन।’ नेता नेपालकै कारण आफू नेतृत्वको सरकार ढलेको पनि उनको भनाइ थियो। विकासप्रेमी सरकार ढाल्ने अगुवाइ नेता नेपालले गरेको उनको भनाइ छ। साथै प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक...
देउवा सरकारको पहिलो निर्णय- यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने

देउवा सरकारको पहिलो निर्णय- यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको सपथग्रहण गरेपछि सिंहदरबारमा देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो। पाँच सदस्यीय मन्त्रिपरिषद बैठकले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ। Advertisement पहिलो बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय भएको बताए। कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साताभित्र उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको उ...
निर्वाचन आयोगको मध्यावधि चुनाव कार्यतालिका रद्द

निर्वाचन आयोगको मध्यावधि चुनाव कार्यतालिका रद्द

देश, राजनीति, समाचार
३० असार, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द गरेको छ । Advertisement सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसका लागि आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । Credit: OnlineKhabar ...
विशेष अदालतमा हाजिर भए विजय गच्छदार

विशेष अदालतमा हाजिर भए विजय गच्छदार

देश, राजनीति, समाचार
३० असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनी बुधबार अदालतमा हाजिर भएको उपरजिष्टार पुष्पराज पाण्डेयले अनलाइनखबरलाई बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो । Advertisement गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुनेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ । प्रतिवादीमध्ये तीन जना पूर्वसचिव थिए । उनीहरूमध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको थियो । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्तलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छ...
देउवाको सपथअघि शितल निवासमा के भएको थियो, केमा मिल्यो कुरा?

देउवाको सपथअघि शितल निवासमा के भएको थियो, केमा मिल्यो कुरा?

देश, राजनीति
पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट पाहुनाहरू पुगको धेरै समय भइसक्दा पनि मंगलबार साँझ नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति निवास शितलनिवास पुग्न ढिलाइ गरे। साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम थियो। उक्त समय घर्किसक्दा पनि बुढानिलकण्ठस्थित निवासबाट हिँडेका थिएनन्। Advertisement देउवाको सचिवालयले पार्टीका नेताहरूमार्फत् राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकाललाई सम्पर्क गरेर नियुक्तिमा संविधानको धारा उल्लेख गर्न भनेका थिए। केहीबेर पर्खँदा पनि नियुक्तिको भाषा सच्चिएको खबर नआएपछि सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर नियुक्तिको भाषा बदल्न देउवाले आग्रह गरेको स्रोत बताउँछ। राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको विज्ञप्ति सार्वजनिक गरेको थियो। उक्त विज्...
विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

राजनीति
काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।  नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहण कार्यक्रम शितल निवासमा आज साँझ ६ बजे राखिएको छ ।  Advertisement प्रधानमन्त्रीको नियुक्तिसँगै नयाँ बन्ने सरकारमा मन्त्री बन्नसक्नेहरुको चर्चा भइरहेको छ । केही आकर्षक मन्त्रालयहरुमा कुन कुन नेताले अवसर पाउँछन् भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।  पैंतीस लाख बढी लगानीकर्ताको सहभागिता रहेको सेयर बजारमा पनि अब बन्ने अर्थमन्त्रीको विषयमा अड्कलबाजी भइरहेको छ । योसँगै देशकै एक मात्र डलर अर्बपति विनोद चौधरी समेत मन्त्री बन्ने चर्चाले बजार तताएको छ ।  के विनोद चौधरी अर्थमन्त्री बन्दैछन् त ? हामीले यो विषयमा कांग्रेस र चौधरी निकट स्रोत...
माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्ने, आजै सपथ

माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्ने, आजै सपथ

देश, राजनीति
नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्। शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्।  Advertisement स्रोतका अुनसार उनीहरू सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास जाँदै छन्।  आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गर्ने कार्यक्रम छ। देउवाले आज सानो आकारमा मन्त्रिमण्डल बनाउन लागेका छन्। उनीहरूले देउवासँगै मन्त्रीको सपथ लिन लागेका हुन्।  ...