जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्छ : ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले जनतालाई मुआब्जा र क्षतिपूर्ति दिँदा न्यायोचित तवरले अर्को ठाउँमा किन्न सक्नेगरी दिनुपर्ने बताए ।
उनले भनिन्, “हामीले सेवा दिने भनेको जनताका लागि हो, विकास पनि जनताकै लागि हो ।” मन्त्री भुसालले एकीकृत आयोजना जनतामा लैजाँदा ल्याण्ड पुलिङमा जाँदा उपयुक्त हुने बताइन् । उनले भनिन्, “कोही सुकुम्बासी कोही करोडपति हुने अवस्था नआओस् ।”
Advertisement
जग्गाका सन्दर्भमा राज्यले लिने मूल्य र वास्तविक कारोवार मूल्य एउटै हुनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, “मालपोतमा गयो जग्गाको मूल्य एउटा छ, बजारमा...









