२०८२ चैत्र १६

राजनीति

भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा प्रश्न उठ्दैन: रामचन्द्र पौडेल

भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा प्रश्न उठ्दैन: रामचन्द्र पौडेल

राजनीति
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १८ गते वडा अधिवेशन गरेपछि पार्टी वैधानिकताबारे समस्या नआउने बताएका छन्। कांग्रेसले छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ। Advertisement तर कांग्रेसको विधान र संविधानको व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। चार वर्ष नियमित कार्यकाल सकेपछि सभापति देउवाले विधानअनुसार एक वर्ष र संविधानअनुसार थप छ महिना गरी कूल पाँच वर्ष छ महिनाको कार्यकाल पुर्‍याएका थिए, जुन भदौ २३ गते सकिँदैछ। यसअघि वरिष्ठ नेता पौडेलले नै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आफूपक्षका नेताहरूसँग बैठक गरेपछि भदौ २३ पछि अहिलेको कार्यसमिति नरहने अभिव्यक्ति दिएका थिए। ...
स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षीलाई बधाई

स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षीलाई बधाई

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्। Advertisement आइतबार प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्। उनले लेखेका छन्,'भारतको ७५ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई! उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना।' On the occasion of the 75th Independence Day of #India, Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India. Best wishes for the continued progress and prosperity. https://twitter.com/SherBDeuba/status/1426793183732588546 तत्कालीन ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको उपलक्ष्य...
माओवादीको विधानबाट जिल्ला डिलिट !

माओवादीको विधानबाट जिल्ला डिलिट !

देश, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ । Advertisement काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा... ।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए । जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् । साभार: रातोपाटी ...
हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन सुरु

हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन सुरु

देश, राजनीति, समाचार
सम्झौता भएको करिव तीन महिनापछि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न भई उत्पादन सुरु गरिएको छ ।  उद्योग संघ मकवानपुरको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा प्लान्ट स्थापना गर्न गत जेठ ४ गते अस्पताल प्रशासनसँग सम्झौता गरेको थियो । Advertisement जिल्लामा एउटा पनि अक्सिजन प्लान्ट नहुँदा संक्रमितको उपचारमा समस्या उत्पन्न भएको र अक्सिजनको चरम अभाव रहेको तत्कालिन समयमा कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा दैनिक ५ जनाको हाराहारीमा संक्रमितहरुको मृत्यु हुने गरेको र १ सयका दरले संक्रमित थपिरहेका कारण बिरामीहरुको उपचारमा सहजता प्रदान गर्न अस्पतालसँग उद्योग संघ मकवानपुरले प्लान्ट खरिद र जडानको सम्झौता गरेको थियो ।  निजी क्षेत्रका उद्योग व्यावसायीहरुसंगको समन्वयमा संघले प्लान्ट खरिद गरी आइतबार एक समारो...
कांग्रेसले थप्यो ९ भातृ संघको म्याद, खुलाएन कानुनी आधार

कांग्रेसले थप्यो ९ भातृ संघको म्याद, खुलाएन कानुनी आधार

राजनीति
नेपाली कांग्रेसले ९ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको छ। म्याद सकिएका भातृ संघसंस्थाको अधिवेशन गराउनुपर्नेमा कांग्रेसले पटकपटक म्याद थप गर्दै आएको छ। Advertisement यसपटक कुन विधान र कानुनअनुसार ती भातृ संघसंस्थाका म्याद थपियो भन्नेबारे कांग्रेस केन्द्रीय समितिको शनिबारको निर्णय मौन छ। नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद छ महिना थप गरिएको हो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदावधी सकिएको मितिले भातृ संस्थालाई छ महिना म्याद थप गर्ने निर्णय भएको छ।...
जसपा हाम्रो आधिकारिक पार्टी हो : महन्थ ठाकुर

जसपा हाम्रो आधिकारिक पार्टी हो : महन्थ ठाकुर

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा आफूहरुको आधिकारिक पार्टी भएको दाबी गरेका छन् । पछिल्लो समयमा जसपा थप बलियो भएको बताउँदै उनले अरुले केही संख्या देखाउँदैमा आधिकारिकताको दावी गर्न नमिल्ने धारणा राखे । Advertisement शनिबार जसपा महन्थ ठाकुर पक्षको वागमती प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पहिचानका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिए । अहिलेको संघीयता पहिचानको आधारमा नरहेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउनका लागि संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे । यसअघि आफूहरु विशेष परिस्थितिमा सरकारमा गएको बताउँदै उनले सरकारलाई चाँडो पूर्णता दिएर कोभिड–१९ का लागि खोप उपलब्ध गराउन पनि माग गरे । ठाकुरले जसपा नेपाल उत्पीडनमा परेका जनताको पहिचानका लागि संघर्ष गरिरहेको हुनाले त्यसलाई कमजोर नठान्न पनि आग्र...
पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन पहल गर्ने ईश्वर पोखरेलको प्रतिवद्धता

पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन पहल गर्ने ईश्वर पोखरेलको प्रतिवद्धता

राजनीति
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौंमा हुँदैछ।   महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताए।  Advertisement शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीभित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा/तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पारे। उनले भने, ‘विधान अधिवेशन हुँदैछ। सो विधान अधिवेशनमा नेतृत्व निर्माणमा सन्दर्भमा म अगुवाइ गरेर कुरा उठाउँछु।पाका पुस्ता पनि चाहिन्छ, अधबैंसे पुस्ता पनि चाहिन...
कांग्रेस केन्द्रीय समितिमा उठ्यो विद्यार्थीलाई कोरोना खोपदेखि अफगानिस्तानको विषयसम्म

कांग्रेस केन्द्रीय समितिमा उठ्यो विद्यार्थीलाई कोरोना खोपदेखि अफगानिस्तानको विषयसम्म

राजनीति, स्वास्थ्य
सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरूले सबै विद्यार्थीहरूलाई कोरोनाविरूद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन्।  केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले कोरोनाविरूद्धको खोप सबै विद्यार्थीहरूलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सञ्चालन गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।  Advertisement खोपको अभावमा विद्यार्थीहरूले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रीय सदस्यहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा नेताहरूले इपिएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरूलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए। पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेक...
पार्टीमा पाका र अधबैँसे पुस्ता मात्र होइन, तन्नेरी पुस्ता पनि चाहिन्छ : महासचिव पोखरेल

पार्टीमा पाका र अधबैँसे पुस्ता मात्र होइन, तन्नेरी पुस्ता पनि चाहिन्छ : महासचिव पोखरेल

देश, राजनीति, समाचार
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताएका हुन् ।  Advertisement शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको सङ्कल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पारे । उनले भने, ‘विधान अधिवेशन हुँदैछ । सो विधान अधिवेशनमा नेतृत्व निर्माणमा सन्दर्भमा म अगुवाइ गरेर कुरा उठाउँछु –पाका पुस्ता पनि चाहिन्छ, अधबैँसे पुस्ता पनि चाहिन्छ । त्यतिले मात्रै पुग्दैन । युवा तन्नेरी पुस्ताको पनि समावेशिता विधानम...
अप्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भागिँदैन : माधव नेपाल

अप्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भागिँदैन : माधव नेपाल

देश, राजनीति
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट अफ्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भाग्न नहुने बताएका छन्। उनले कसैको पनि असहज बाटो र दु:ख रोज्ने चाहना हुँदैन भन्दै अफ्ठ्याराहरूलाई चिर्दै हिँड्नुपर्ने बताए। Advertisement राजधानीमा आयोजित कम्युनिष्ट आन्दोलनमा अवसरवादबारे विचार गोष्ठीमा बोल्दै नेता नेपालले अवसर र चुनौती सँगसँगै देखा पर्ने भएकाले पिठ्युँ फर्काएर हिँड्नु नपर्ने बताए। उनले वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने, न घरको न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्न खोजेको बताए। ‘न रुन सकिने न हास्न सकिने जस्तो हुने अवस्था नआओस् भनेर सहज बाटो नै रोज्न खोजेका छौं,’ उनले भने, ‘असहज भनेको बाध्यता हुन्छ।’ नेपालले गलत प्रवृत्तिसँग कहिल्यै पनि सम्झौता नगरिने बताए। उनले कम्युनिष्ट आन्दोलनभित्र चुनौती धेरै र...