२०८१ बैशाख २३

दल विभाजनसम्बन्धी अध्यादेशको भीम रावलद्वारा आलोचना

एमाले नेता भीम रावलले अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू बाटोमा किन ? भन्दै प्रश्न गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि रावलले यस्तो प्रश्न गरेका हुन् । 


Advertisement


उनले ‘२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? भन्ने प्रश्न पनि गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत भएको उल्लेख गर्दै चर्को आलोचना गरेका छन् । 

‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो’, रावलले भनेका छन् । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap