२०८२ पुष १०

राजनीति

प्रक्रिया छोट्याएर भदौ १६ मै महाधिवेशन गर्ने पक्षमा पौडेल पक्ष

प्रक्रिया छोट्याएर भदौ १६ मै महाधिवेशन गर्ने पक्षमा पौडेल पक्ष

राजनीति
महाधिवेशन नजिकिए पनि क्रियाशील सदस्यता सम्बन्धी विवाद कायमै रहेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरूले सोमबार भिन्नै बैठक गरे। महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको अनौपचारिक बैठकमा पार्टीलाई संकटमा जान नदिन १४ औं महाधिवेशन भदौ १६ देखि नै गर्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका थिए। भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन छ। तर साउन १२ मा गर्ने भनेको वडा अधिवेशनदेखि गाउँ/नगर, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका प्रभावित भइसकेको छ। Advertisement तर पनि नयाँ कार्यतालिका ल्याइएको छैन। वरिष्ठ नेता पौडेलले प्रक्रिया छोट्याएर भए पनि भदौ १६ मै महाधिवेशन गरिनुपर्ने बताए। ‘महाधिवेशन तोकिएको समयमा गरेर अझै पनि पार्टीको वैधानिकता जोगाउन सकिने ठाउँ छ,’ पौडेलले ...
एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव

एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव

राजनीति, समाचार
नेकपा एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव गरिएको छ। सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकमा उक्त प्रस्ताव गरिएको हो। अधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित हुने विधान प्रस्ताव गरिएको छ। Advertisement महाधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय समिति र एक जना निर्वाचित हुन्छन्।  २ जना उपाध्यक्ष, एक जना महासचिव दुई जना उपमहासचिव सात जना सचिव केन्द्रीय समितिले चयन गर्छ। तपाईंहरूले शक्तिशाली अध्यक्षको प्रस्ताव गर्नु भएको हो? प्रश्नमा प्रवक्ता प्रदीप ज्ञवालीले विगतको अनुभवले अध्यक्षलाई काम गर्न अप्ठ्यारो महसुस भएकाले अध्यक्षमात्र निर्वाचित हुने परिकल्पना गरिएको बताए। ‘पदाधिकारी पनि निर्वाचित भएर आउने,  अध्यक्ष पनि निर्वाचित भएर आउने भएकोले त्यसले क्षेत्राधिकार बाँडफाँटमा अप्ठ्यारो पर्‍यो’, बैठकपछि पत्...
ठमेलमा पौडेल पक्षका जिल्ला सभापतिको भेला सुरू

ठमेलमा पौडेल पक्षका जिल्ला सभापतिको भेला सुरू

राजनीति
नेपाली कांग्रेसका जिल्ला सभापतिहरू काठमाडौंस्थित ठमेलमा भेला भएका छन्। पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेपछि समयमै महाधिवेशन गर्न दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले सोमबार काठमाडौंमा भेला गरेका हुन्। Advertisement भेला ठमेलस्थित यात्री होटलमा भएको छ। एक जना जिल्ला सभापतिले दिएको जानकारीअनुसार मंगलबारसम्म भेला चल्नेछ। महाधिवेशन समयमै गर्न र पार्टीलाई संकटमा नपुर्‍याउन सभापति शेरबहादुर देउवालाई सुझाव र दवाव दिने तयारीस्वरूप भेला गरिएको हो। ‘महाधिवेशन अन्योलमा परेको र कार्यतालिका पनि प्रभावित भएको अवस्थामा सामुहिक रूपमा छलफल गरी निष्कर्ष निकालेर सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दवाव दिन लागेका हौं,’ एक जिल्ला सभापतिले भने, ‘भेला सुरू भइसकेको छ। साथीहरूले आफ्ना भनाइ राखिरहनुभएको छ।’ भेलामा ...
लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

राजनीति
राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ। बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो।  बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्रीका तर्फबाट लोकसेवा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो।  विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सांसदहरुले निजामती सेवालाई सक्षम र सेवामुखी बनाउने महत्वपूर्ण विधेयक भएकाले यसलाई चाँडोभन्दा चाँडो पारित गरी कार्यान्वयनमा ल्याउन माग गरे। Advertisement सांसदहरु खिमलाल देवकोटा, उदया शर्मा पौडेल, प्रकाश पन्थ, डा विमला राई पौडेल, कोमल वलीले छलफलमा भाग ल...
चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप

चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप

राजनीति, समाचार, स्वास्थ्य
सरकारले चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिने भएको छ। गठबन्धनका तर्फबाट आज सरकारका साझा कार्यक्रम सार्वजनिक गर्दै चैतभित्र सबैलाई निशुल्क रूपमा कोरोना खोप दिइने घोषणा गरिएको छ। Advertisement प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रीहरू पनि उपस्थित थिए। सरकारका साझा कार्यक्रम कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए। खड्काका अनुसार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा चैतसम्म सबै जनतालाई निशुल्क रूपमा कोरो...
भूमी आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

भूमी आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

राजनीति
सर्वोच्च अदालतमा भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। Advertisement विघटित भूमी आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ आज दायर गरिएको रिट निवेदनमा भूमीसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरिएको छ। रिट निवेदनमा भूमीहित दलितको संवैधानिक हक र भूमीहीन सुकुम्वासीको कानूनी मार्गलाई अनिश्चिततापूर्वक ढङ्गले अवरुद्ध गर्ने गरी भएको मन्त्रिपरिषद्को यही साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको छ। आयोग खारेज हुँदा भूमीहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई  निर्धारित गर्ने प्रक्रियामा अवरोध पुगेको उल्लेख छ।...
संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान : लुम्बिनी प्रदेश प्रमुख

संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान : लुम्बिनी प्रदेश प्रमुख

देश, राजनीति, समाचार
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानले दिएको प्रावधान अनुसार नै आफूले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको बताएका छन् । रिपोर्टर्स क्लब लुम्बिनीको स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्दै प्रमुख शेरचनले  संविधान भन्दामाथि केही पनि नहुने  भएकोले आफु संविधानको पालनकर्ता मात्र भएको बताए ।  Advertisement  उनले संविधानले आफूलाई कुनै पनि राजनीतिक पार्टीको नभनेकाले सोही अनुसार बुझ्न र व्यवहार आग्रह गर्दै विशेष अधिवेशन संविधान अनुसार नै आह्वान भएको  जिकिर  गरे । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न विपक्षी दलहरु आफूकहाँ आएपनि तत्काल अधिवेशन आह्वान नगरी सरकार पक्षसँग छलफल गरेर मात्र आह्वान गरेको बताए । प्रदेश प्रमुख शेरचनले सकभर विना विवाद लुम्बिनी देखिएका जटिलताहरू हल गर्ने स्पष्ट पार्दै त्य...
आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

राजनीति
जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले आज चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएका छन्। कार्यकर्ता भेला गर्दै हिँडेका ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोलगायतले आज तेस्रो दिन पनि भेलालाई निरन्तरता दिन लागेका छन्। जसपामा ठाकुर र उपेन्द्र यावद पक्षबीच आधिकारिकता विवाद थियो। निर्वाचन आयोगले यादवलाई जसपाको आधिकारिकता दिएको छ। Advertisement यससँगै ठाकुर पक्ष कार्यकर्ता भेला गर्न हिँडेका हुन्। आइतबार सुनसरी, सर्लाही, रूपन्देही र कञ्चनपुरमा ठाकुर पक्षले कार्यकर्ता भेला राखेको छ। यी भेलाका लागि नेताहरू जिल्ला जिल्लामा गएका छन्। सुनसरीमा सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साह गएका छन्। यस्तै सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। रुपन्देहीमा सर्वेन्द्र नाथ शु...
‘कोरोनाको तेस्रो लहर सुरू हुने लक्षण देखिन थालेका छन्, अत्यन्त आवश्यकमा मात्र बाहिर निस्कनू’

‘कोरोनाको तेस्रो लहर सुरू हुने लक्षण देखिन थालेका छन्, अत्यन्त आवश्यकमा मात्र बाहिर निस्कनू’

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेको भन्दै सजग रहन आग्रह गरेका छन्। Advertisement शनिबार भिडिओ सन्देशमार्फत् उनले भनेका छन्, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन। हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं। त्यसैले म तपाईंहरूसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू।’  बाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि उनले आग्रह गरेका छन्। ‘बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं।  स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड पालन...
धामी बेपत्ता प्रकरणमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान- कोमल वली

धामी बेपत्ता प्रकरणमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान- कोमल वली

देश, राजनीति
राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताइन्। उनले विपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी हुन्। Advertisement उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताइन्। ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर एउटा युवालाई मारिँदा एक शब्द नबोल्ने? समिति बनाएर टार्ने? यही हो बिपीका अनुयायीहरुको चरित्र? यो बिपी कोइरालाको अपमान ह...