२०८२ चैत्र १६

राजनीति

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

देश, राजनीति
कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।  Advertisement प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।  यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ। ...
क्यान्सर र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई लुम्बिनी सरकारले २ लाख दिने

क्यान्सर र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई लुम्बिनी सरकारले २ लाख दिने

देश, राजनीति, समाचार
२८ साउन, बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । Advertisement बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एक एक वटा पोर्टेवल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्सको उपलब्ध गराउने निर्णय पनि गरेको मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए । मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली...
लुम्बिनीको गठबन्धनलाई सघाउने दुई सांसदलाई एमालेले कारबाही गर्ने

लुम्बिनीको गठबन्धनलाई सघाउने दुई सांसदलाई एमालेले कारबाही गर्ने

राजनीति
नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धनलाई सघाउने दुई जना सांसदलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ। सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला ओलीले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कुलप्रसाद केसीको निवेदनमा हस्ताक्षर गरेपछि उनीहरूलाई एमालेले कारबाही प्रक्रिया अगाडि बढाएको हो। Advertisement एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई यसअघि नै स्पष्टीकरण सोधी थप कारबाहीको लागि पार्टी केन्द्रबाट आइसकेको र शाहीलाई बिहीबार नै पत्र दिएर स्पष्टीकरण माग गरिएको जानकारी दिए। ढकालका अनुसार ओलीलाई कारबाहीको लागि पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने छ भने शाहीलाई पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ। शाही बुधबार बसेको प्रदेशसभा ब...
ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई रु. १ लाख २० हजार सहयोग गर्ने

ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई रु. १ लाख २० हजार सहयोग गर्ने

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
२८ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ । महानगरपालिकाले बिहीबार विज्ञप्ति निकालेर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदान गरिने उपचार तथा राहत सहयोगबारे थप स्पष्ट पारेको हो । Advertisement महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने स्पष्ट पारेको छ । कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ उपलब्ध ...
माओवादी सांसद यादवको आग्रह : परमादेश भन्नेहरुले सांसदबाट राजीनामा दिए हुन्छ

माओवादी सांसद यादवको आग्रह : परमादेश भन्नेहरुले सांसदबाट राजीनामा दिए हुन्छ

देश, राजनीति, समाचार
२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले परमादेशबाट सरकार बनेको भन्नेहरुलाई सांसद पदबाट राजीनामा दिन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । ‘हामी हाउसमा परमादेशबाट आएका होइनौ, जनादेशबाट आएको । संवैधानिक विवाद वा कानुनी विवाद उठ्यो भने त्यो ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै दिएको छ संविधानले’ उनले भने, ‘उहाँहरुलाई त्यो भुत सवार छ भने राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? ज-जसलाई लागेको छ, राजीनामा दिए हुन्छ । यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ ।’जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश।’ Advertisement यस्तै उनले एमाले अधयक्ष केपी ओलीलाई पनि राजीनामा गर्न आग्रह गरेका छन् । ‘संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी ...
देउवाको निवास अगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन

देउवाको निवास अगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन

राजनीति
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्। १४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै 'सबल कांग्रेसका लागि हाम्रो अभियान'मा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्।  पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएका हुन्। Advertisement उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ। बिहीबार सभापति देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक छ। बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन्। देउवा निवास बाहिर कांग्रेस नेताहरूले महाधिवेशन सुनिश्चित गरौंजस्ता लेखिएका प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन्। समयसीमाभित्रै महाधिवेशन ...
गगन थापाको प्रश्न- बेलुकी कोरोना बढ्दै जाने, बिहान घट्ने यो कहाँ अध्ययन भएको तथ्य हो?

गगन थापाको प्रश्न- बेलुकी कोरोना बढ्दै जाने, बिहान घट्ने यो कहाँ अध्ययन भएको तथ्य हो?

राजनीति
नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरूले बेलुकी ८ बजेदेखि सवारी साधन चलाउन नपाउने नियम लगाएकोबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाएका छन्। Advertisement काठमाडौं उपत्यकाभित्र आज बेलुकीदेखि यो नियम कार्यान्वयनमा आउँदैछ। बेलुकी संक्रमण बढ्ने तर बिहान घट्ने जाने यस्तो अध्ययन कहाँ भएको हो भनेर सांसद थापाले प्रश्न गरेका हुन्। ‘साँझ ८ बजेपछि काठमाडौंलगायत ठाउँहरूमा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो?,’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सांसद थापाले सोधे। सरकाले कोरोनाविरूद्ध खोप ल्याउने काम गरे पनि खोप लगाउने केन्द्र व्यवस्थापन गर्न नसकेको थापाको भनाइ छ। ‘खोपको लागि गरेको काम प्रशंसनिय छ तर व्यस्थापन किन यति कमजोर?,’ उनले भने। कोरोना संक्र...
लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए

देश, राजनीति
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै चार दलीय गठबन्धनले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको छ।  लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्य मन्त्री बनाउन माग गर्दै ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन्। Advertisement बुधबार अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। गठबन्धनलाई एक स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन्। गठबन्धनका ४१ र एक सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसदले हस्ताक्षर गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधब...
साझा कार्यक्रममा एमसिसी राख्न खोजेको थिएँ, प्रचण्ड मानेनन्: प्रधानमन्त्री देउवा

साझा कार्यक्रममा एमसिसी राख्न खोजेको थिएँ, प्रचण्ड मानेनन्: प्रधानमन्त्री देउवा

राजनीति
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका न्युनतम साझा कार्यक्रममा महत्वपूर्ण विषय नै छुटाइएकोमा आपत्ति जनाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका सामु उपसभापति निधिले एमसिसी र सीमाका विषयमा सरकारका नीति तथा कार्यक्रममा प्रष्टसँग उल्लेख नगरिएकोमा आपत्ति जनाए। Advertisement बूढानिलकण्ठस्थित देउवाको निजी निवासमा बुधबार भएको आन्तरिक बैठकमा एमसिसी र सीमाबारेका विषयमाथि निधिले थप प्रष्ट हुनुपर्ने बताएका थिए। ‘एमसिसीको विषयमा किन न्युनतम साझा कार्यक्रम मौन छ?,’ निधिका भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘एमसिसी के गर्ने भन्नेबारे किन ठोस कुरा लेख्न सकिएन?’ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधि सभामा छ। तर छलफलका लागि पेश गरिएको छैन। एमसिसीमार्फत् अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने भने पनि य...
‘केपी सुध्रिन्छन् कि भन्ने थियो, अब त एकता भनेर लागेका साथीहरू पनि छ्याङ्ग हुनुभयो होला’

‘केपी सुध्रिन्छन् कि भन्ने थियो, अब त एकता भनेर लागेका साथीहरू पनि छ्याङ्ग हुनुभयो होला’

देश, राजनीति
एमाले केन्द्रीय सदस्य एवम् सांसद विरोध खतिवडाले केपी ओलीले पार्टी एकताको बाटो बन्द गरेको आरोप लगाएका छन्। कुराकानी गर्दै सांसद खतिवडाले अब आफूहरु देशभरिका कार्यकर्तालाई संगठित गरेर अघि बढ्ने बताए। पार्टी एकताका लागि लचिलो भइरहेको बेलामा ओली एक्लै अघि बढेकोले अब ओलीसँगको सहकार्यको सम्भावना सकिएको समेत उनले बताए।   ‘केपी सुध्रिन्छन् कि भन्ने थियो, अब सुध्रिने देखिएन, अब एकता गर्नुपर्छ भनेर लागेका हाम्रा साथीहरु पनि छ्याङ्ग हुनुभयो होला’ उनले भने, ‘एकताको पाटो ओलीबाट सकियो। केपी ओलीले एकै ठाउँमा रहने सम्भावना बन्द गरे।’ Advertisement देशभरिका कार्यकर्तालाई संगठित गर्दै नेपालको संविधान, कानुन, दल सम्बन्धी  ऐन र निर्वाचन आयोगले खोजेको प्रक्रिया अनुसार संगठित रुपमा अघि बढ्ने उनको भनाइ छ। आफूहरु पार्टी निर्माण गर्ने क्रममा लागेकोले सरकारमा जाने...