पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन पहल गर्ने ईश्वर पोखरेलको प्रतिवद्धता
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौंमा हुँदैछ।
महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताए।
Advertisement
शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीभित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा/तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पारे।
उनले भने, ‘विधान अधिवेशन हुँदैछ। सो विधान अधिवेशनमा नेतृत्व निर्माणमा सन्दर्भमा म अगुवाइ गरेर कुरा उठाउँछु।पाका पुस्ता पनि चाहिन्छ, अधबैंसे पुस्ता पनि चाहिन...









