२०८२ चैत्र १६

राजनीति

दल विभाजनसम्बन्धी अध्यादेशको भीम रावलद्वारा आलोचना

दल विभाजनसम्बन्धी अध्यादेशको भीम रावलद्वारा आलोचना

देश, राजनीति, समाचार
एमाले नेता भीम रावलले अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू बाटोमा किन ? भन्दै प्रश्न गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि रावलले यस्तो प्रश्न गरेका हुन् ।  Advertisement उनले ‘२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? भन्ने प्रश्न पनि गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत भएको उल्लेख गर्दै चर्को आलोचना गरेका छन् ।  ‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो’, रावलले भनेका छन् ।  साभार: रातोपाटी ...
प्रदेश २ : काँग्रेसले सम्हालेका दुई मन्त्रालयबीच क्षेत्राधिकारको विवाद

प्रदेश २ : काँग्रेसले सम्हालेका दुई मन्त्रालयबीच क्षेत्राधिकारको विवाद

देश, राजनीति, समाचार
 केन्द्रीय गठबन्धन अनुसार प्रदेश २ सरकारमा सहभागी भएको २ महिना नबित्दै नेपाली काँग्रेसकै मन्त्रीहरूबीच विवाद सुरु भएको छ । प्रदेश सरकारको कार्यविभाजन नियमावली विपरीत विकासका योजनाहरु जबरजस्ती राखेको भन्दै मन्त्रीहरूबीच विवाद सुरु भएको हो । विवाद चर्किँदै गएपछि उच्च अदालत जनकपुरमा मुद्दा नै दायर भएको छ । सोही मुद्दामाथि सुनुवाई गर्दै अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै भदौ ७ मा छलफलका लागि बोलाएको छ । Advertisement भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा बीच सिंचाई सम्बन्धी २ अर्ब रुपैयाँको विकास योजनाको विषयलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेको हो । प्रदेश सरकारलाई विपक्षी बनाएर श्यामलाल पासवानले उच्च अदाल...
स्थायी कमिटीमा ओलीको ब्रिफिङ : यिनीहरुलाई पहिल्यै कारवाही गर्नुपर्थ्यो

स्थायी कमिटीमा ओलीको ब्रिफिङ : यिनीहरुलाई पहिल्यै कारवाही गर्नुपर्थ्यो

देश, राजनीति, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । उनीहरुमाथि अस्ति नै कारवाही गर्नुपर्नेमा केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको ओलीको भनाइ छ । मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यिनीहरुलाई कारवाही पहिल्यै गर्नुपर्ने थियो । यिनीहरु कारवाहीका लायक नै हुन् ।’ Advertisement यसअघि माधव नेपाल लगायतका नेताहरुले एमालेले पटक–पटक स्पष्टीकरण सोधेर पनि अहिलेसम्म कारवाही गरेको छैन । २४ घण्टे स्पष्टीकरण सोधेकै बेला कार्यदलका सदस्यहरुले वार्ता चलिरहेको भन्दै कारवाहीमा जानबाट रोकेका थिए । तर, आफूले पहिल्यै कारवाही गर्न चाहे पनि कार्यदलका नेताहरुको कुरा सुनेर कारवाही नगरेको ओलीले मंगलबारको बैठकमा बताएका हुन् । यसअघिको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली...
तालिबानी आक्रमण सुरू भएपछि अफगानिस्तानबाट १० दिनमा १६४ जना नेपाली काठमाडौं फर्किए

तालिबानी आक्रमण सुरू भएपछि अफगानिस्तानबाट १० दिनमा १६४ जना नेपाली काठमाडौं फर्किए

राजनीति
अफगानिस्तान, काबुलको दक्षिणपश्चिम सहर कन्दहारमा तालिबान र सुरक्षाकर्मीहरूबीच लडाइँपछि आकाशमा देखिएको धुवाँको मुस्लो। तस्बिरः एपी अफगानिस्तानामा तालिबानी विद्रोहीको आक्रमण सुरू भएयता १६४ जना नेपाली स्वदेश फर्किएका छन्। तालिवानी हमला सुरू भएपछि हालसम्म त्यति नेपाली आफ्नो देश फर्किएको अध्यागमन विभागले जनाएको छ। विभागका अनुसार अगस्ट ५ देखि १५ तारिखसम्म १६४ नेपाली विभिन्न एयरलाइन्स हुँदै काठमाडौं आइपुगेका छन्। नेपाल आउनेमा एक अफगानी कूटनीतिज्ञ र अर्का उनका परिवारका सदस्य छन्। Advertisement ‘हाम्रो रेकर्डमा त्यहाँ विद्रोहीको आक्रमण सुरू भएयता १६४ नेपाली आएको देखिन्छ, त्यसमा एक अफगानी कूटनीतिज्ञ र उनका परिवारका सदस्य छन्,’ विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने। यो बीचमा अफगानिस्तानबाट विस्थापित भई नेपाल शरण लिन आएका अफगानी नागरिक आएका छन्...
अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउनू: गृह मन्त्रालय

अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउनू: गृह मन्त्रालय

राजनीति
मन्त्रालयले अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाउन निर्देशन दिएको छ। सोमबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले उक्त निर्देशन दिएको  हो।  ‘त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्‍ने र स्वदेश फर्काउने भन्‍ने विषयमा कार्ययोजना सहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरूलाई घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाउनू’, उनले भनेका छन्। Advertisement उक्त विषयमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर प्रभावकारी रूपमा काम गर्न उनले निर्देशन दिएका हुन्। ...
प्रदेश १ : प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस, नामकरणको विषय फेरि ओझेलमा

प्रदेश १ : प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस, नामकरणको विषय फेरि ओझेलमा

देश, राजनीति, समाचार
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव राखे पनि अन्ततः त्यस सम्बन्धमा प्रक्रिया नै अघि नबढाइ प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । प्रदेश १ सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमार्फत प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन साउन ३२ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । योसँगै प्रदेशको नामकरणको चर्चा पनि सेलाउन पुगेको छ । Advertisement प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रदेशको नामकरणको विषयमा एक पटक समान्य छलफल गरेको थियो । तर, त्यसपछिका दिनमा भने यसबारे थप छलफल हुन सकेन । मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट नामकरणको विषय टुङ्ग्याइने बताउँदै आएका थिए । गत जेठ ३० गते उनले प्रदेशसभा बैठकमा अचानक प्रदेशको नामकरण यही अ...
चीनले काबुल दूतावासको काम जारी राख्ने, रूसी दूतले भोलि तालिबानलाई भेट्ने

चीनले काबुल दूतावासको काम जारी राख्ने, रूसी दूतले भोलि तालिबानलाई भेट्ने

राजनीति
गत महिना चीन पुगेका तालिबान प्रतिनिधिसँग विदेश मन्त्री वाङ यी। संयुक्त राज्य अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीनले भने काबुलस्थित आफ्नो राजदूतावासले सामान्य अवस्थामा झैं काम गरिरहने बताएको छ। सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अफगानिस्तानमा  रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही फर्किन नचाहेर उतै बसिरहेको बताइन्। Advertisement ‘हाम्रो दूतावासले सामान्य अवस्थामा जसरी काम गरिरहेको छ। धेरै चिनियाँहरूलाई यसअघि नै स्वदेश फर्किने व्यवस्था भइसकेको छ। केहीले उतै बस्ने निर्णय गरेका छन्। दूतावास उनीहरूसँग नियमित सम्पर्कमा छ र उनीहरू सुरक्षित छन्,’ प्रवक्ता हुआले भनिन्। चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले...
अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री देउवा

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका छन्। Advertisement आफूले आइतबार उक्त निर्देशन दिइसकेको प्रधानमन्त्री देउवाको भनाइ छ। अफगानिस्तानमा रहेका नेपालको स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन गरिसकेको प्रधानमन्त्री देउवाको भनाइ छ। ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै भनेका छन्, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछl’ ...
पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड

पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड

देश, राजनीति, समाचार
प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।  Advertisement अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ । पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानि नोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  साभार: रातोपाटी ...
सभापति देउवाद्वारा २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

सभापति देउवाद्वारा २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

देश, राजनीति, समाचार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २२ आमन्त्रित केन्द्रीय सदस्यले दिएको राजीनामा फिर्ता गरिएका छन् । आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार सभापति देउवालाई राजीनामा फिर्ता गरिदिएको बताए । देउवाको भनाइ उद्धृत गर्दै आमन्त्रित केन्द्रीय सदस्य पौडेलले भने, 'तपाईंहरुको मागको सम्बोधन गर्नु । मैले तपाईंहरुको राजीनामा मैले फिर्ता भयो । मैले फिर्ता गरिदिए भन्नुभयो ।' शुक्रबारको केन्द्रीय समिति बैठकमा स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिनेमा आमन्त्रित सदस्यहरू नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी  र मनोहरनारायण श्रेष्ठ  थिए । ...