एमाले उपाध्यक्ष वामदेव गौतमले छाडे पार्टी
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्।
पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्।
पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
Advertisement
गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताए।
'उहाँले पार्टीबाट राजीनामा दिनुभयो। अबको योजना के हो भन्नेबारे मलाई केही थाहा छैन,' टमाटाले भने।
२०७७ पुस ५ गतेदेखि नै गौतमा पार्टीमा निष्क्रिय बन्दै आएका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो।
कानुनी रूपमा विभाजन नभए पनि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली एकातिर थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र व...









