२०८१ जेष्ठ ७

राजनीति

माधवकुमार नेपालले भने- तत्काल कुनै पनि पार्टीसँग एकता गर्दैनौं

माधवकुमार नेपालले भने- तत्काल कुनै पनि पार्टीसँग एकता गर्दैनौं

राजनीति
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्। आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन्। Advertisement सञ्चारमाध्यममा एकीकृत समाजवादी पार्टीले अन्य पार्टीसँग एकता गर्न लागेको, अरूको पार्टीमा गएर बिलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे। आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरू विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे। ‘अहिले नै हामी अरू कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौं। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहन्छु। यही सन्देश जाओस् मिडियाबाट’, उनले भने, ‘कसै-कसैले के भन्ने गर्‍याछन् भने अरूको टाङमुनि छ...
नेकपा समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेकपा समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

देश, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका संसदीय दलका नेतालाई दिएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम छनोट गर्ने जिम्मा दलका नेता माधव नेपाललाई दिएको सांसद विराेध खतिवडाले जानकारी दिए । Advertisement ‘सधैं बैठक बसिरहन सम्भव नहुने भएकाले तत्काल गर्नुपर्ने निर्णय गर्न नेता माधवकुमार नेपाललाई अधिकार दिइएको छ’ खतिवडाले भने, ‘कति मन्त्री बनाउने, ककसलाई बनाउने लगायतका विषयमा उहाँलाई अधिकार प्रत्यायोजन गरिएको छ ।’ त्यस्तै दलको बैठकले संसदीय दलको विधान निर्माण गर्न भवानी खापुङ, लक्ष्मी चौधरी, निरा जैरु, शेरबहादुर कुँवर र खगेन्द्रप्रसाद पुरी रहेको एक समिति गठन गरेको छ । बैठकले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलको नेतामा डा.बेदुराम भुषाल...
सुशासनबारे शेरधन राईको दाबी महालेखाको प्रतिवेदनमा फेल

सुशासनबारे शेरधन राईको दाबी महालेखाको प्रतिवेदनमा फेल

राजनीति
प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै शेरधन राईले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै भनेका थिए ‘मैले शिर निहुराउनु पर्ने गरी केही पनि कमजोरी गरिनँ।’ शुक्रबार पत्रकार सम्मेलनमा पनि उनले त्यही वाक्य पटक-पटक दोहोर्‍याए। Advertisement ‘अनेकौं बाधा अवरोध थिए तैपनि प्रदेश सरकारको नेतृत्व जसरी गरें, मलाई गौरव छ,' राईको दाबी थियो, ‘मेरो नेतृत्वको सरकारले प्रदेशमा सुशासन कायम गर्न, विकासको जग हाल्न, संघीयताको जग बलियो बनाउन उल्लेख्य काम गरेको छ।’ प्रदेशमा सुशासन कायम गर्न र आर्थिक अनुशासन कायम गर्न सफल भएको भन्ने पूर्वमुख्यमन्त्री राईको दाबी तथ्यहरूको कसीमा फेल खाएको देखिन्छ। प्रदेश सभामा मुख्यमन्त्रीकै दलका सांसद र विपक्षीले सबैभन्दा धेरै आलोचना नै सुशासन कायम गर्न नसकेको भनेर गर्दै आएका थिए। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले ...
आगामी निर्वाचन जित्ने गरी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिन्छ: प्रवक्ता शर्मा

आगामी निर्वाचन जित्ने गरी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिन्छ: प्रवक्ता शर्मा

देश, राजनीति
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा प्राप्त हुने र त्यसले आगामी निर्वाचन जित्न थप सहयोग पुग्ने बताएका छन्। Advertisement मंसिरमा हुने महाधिवेशनबाट निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने पनि उनले बताए। झापाको दमक नगर समितिको कार्यालयमा शनिबार अगुवा कार्यकर्ता भेटघाटमा प्रवक्ता शर्माले पार्टी महाधिवेशनमा होमिइसकेको बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको प्राथमिकता नबुझेकोले सरकारबाट बाहिरिनुपरेको शर्माको भनाइ थियो। कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्न भने पनि सरकार चलाउनुपर्नेले नचलाएपछि देश चलाउने जिम्मेवारी कांग्रेसमा आइपुगेको उनको भनाइ थियो। ‘कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश ...
क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै जिल्लाहरूमा निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै जिल्लाहरूमा निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

राजनीति
नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली धमाधम पार्टीको वेबसाइटबाट सार्वजनिक गरिरहेको छ। Advertisement सुरूमा ३८ जिल्लाको नामावली राखेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अहिले ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकेको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको थियो। नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। उनकाअनुसार क्रियाशील सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको छ। निर्वाचन अधिकृत जिल्ला जाँदा क्रियाशील सदस्यको सूचीसमेत लैजान्छन्। कांग्रेसले यही भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने बताएको छ। छ हजार सात सय ४३ ...
वाईसीएलको राष्ट्रिय भेला : काँग्रेसलाई पाठ !

वाईसीएलको राष्ट्रिय भेला : काँग्रेसलाई पाठ !

देश, राजनीति, समाचार
माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले शनिबारदेखि सुरु भएको भेला हाईटेक प्रविधिमार्फत गरेको छ । वाईसीएलले सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडेर भेलामा हाइटेक प्रविधि अपनाएको हो ।  काठमाडौंमा केन्द्रीय नेताहरुको उपस्थिति र सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडिएको कार्यक्रमको प्रशंशा भएको छ ।  कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना गन्तब्य दिँदै नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले वाईसीएलले अपनाएको प्रविधि काँग्रेसको लागि पनि पाठ भएको बताए ।  Advertisement उनले भने, ‘हाम्रो पनि अधिवेशन हुने कि नहुने हुने कि नहुने भनेर तंग्रिरहेको अवस्था छ, म नेपाली काँग्रेसको महासमिति सदस्य पनि हुँ । जुन माध्यमबाट तपाईँहरुले यो भेला सम्पन्न गर्न गइरहनुभएको छ । हामीलाई पनि तपाईँहरुले एउटा पाठ सिकाइरहनुभएको छ । आज हाम्रो सभापति र नेताहरु...
अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

देश, राजनीति, समाचार
शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेको छैन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बडेरा र बनकट्टीमा रहेको डाईभर्शन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार बिहानै बाढीले ती दुबै डाइभर्सन बगाएपछि भुमहीदेखि सुनवल पुग्ने ६ किलोमिटर दुरीको बाटो अवरुद्ध भएको छ भने सुनवल नगरपालिका ४ स्थित तुरिया पुल पनि क्षति भएपछि सुनवलदेखि खैरेनी पुग्ने बाटो पनि अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारी साधनहरु अहिले जिल्लाको वैकल्पिक बाटो भुमही–भैरहवा बाइपास हुँदै आवतजावत गरिरहेका छन् । Advertisement हिजो दिनभर बाढी डाइभर्सन हुँदै बगेकोले काम हुन नसकेको प्रहरीले जनाएको छ । आज बिहादेखि दाउन्नेको एस मोड र खुर्सानी खोलाको पहिरो पन्छाइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै बर्दघाटको लण्डन ब्रिजमा अवरुद्ध भएको बाटो खुलाएर भूमहीसम्म सवारी सा...
बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन

बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन

राजनीति
बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार गरी राहत तथा बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। आज मन्त्रालयमा विपद व्यवस्थापन सम्बन्धी बैठकमा गृहमन्त्री खाणले अविरल वर्षापछि बाढी पहिरोबाट पीडित भएकाहरूलाई सहयोग गर्न निर्देशन दिएका हुन्। Advertisement बाढीपहिरोले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिए सोअनुसार काम गर्न पनि सम्बन्धित निकायलाई गृहमन्त्री खाणले निर्देशन दिएका छन्। बाढीले पुलहरूसमेत क्षति पुर्‍याएकोले वैकल्पिक व्यवस्था गर्न पनि गृहमन्त्री खाणको निर्देशन छ। ‘अवरूद्ध सडक खुलाउन डाइभर्सन बनाउने, पुल भासिएका छन् भने बेलिबृज निर्माण गर्न जनशक्ति परिचालन गर्नुपर्छ,’ खाणले भने। गृहसचिव टेकनारायण पाण्डेले ‘विपदमा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्म...

प्रधानमन्त्रीले सोध्नुभयो भने सरकारबारे निर्णय गरौंला : ठाकुर

देश, राजनीति, समाचार
११ भदौ, काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताएका छन् । शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आवश्यक निर्णय गर्ने बताए । हालसम्म कुनै छलफल नभएको भन्दै उनले भने, ‘पार्टी दर्ता भर्खर भएको छ । (प्रधानमन्त्रीले) हामीलाई बोलाउनु होला, सोध्नु होला, अनि कुरा राख्छौं ।’ Advertisement सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पारे । Credit: OnlineKhabar ...
पशुपतिसहित विभिन्न मन्दिरका पूजारी ल्याएर निधिले खोले सम्पर्क कार्यालय, बैंक्वेट नै भाडामा

पशुपतिसहित विभिन्न मन्दिरका पूजारी ल्याएर निधिले खोले सम्पर्क कार्यालय, बैंक्वेट नै भाडामा

राजनीति
नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधिले चुनावी अभियानका लागि सम्पर्क कार्यालय खोलेका छन्। शुक्रबार दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। बिहान नौ बजेको शुभसाइतमा उनले विभिन्न मन्दिरका पूजारी ल्याएर २१ ताराको पूजा गरेका थिए। Advertisement निधिको सचिवालयका अनुसार  पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पूजारी तथा पण्डितबाट पूजा गरिएको थियो। उनलाई विभिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति, बौद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलनाहरूले पनि विजयको आशिर्वाद दिएका थिए। निधिले दिउँसो सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्।  सम्पर्क कार्यालयमा निधिका समर्थक/शुभेच्छुक नेता/कार्यकर्ताको उपस्थित थिए। न...