२०८१ बैशाख २०

प्रतिगमनकारीबाट जनताका उपलब्धि खतरामा पर्ने देखियो : गुरुङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट खतरामा पर्ने देखिएको बताएका छद्द् ।


Advertisement


 पार्टीको मध्यनेपाल नगर कमिटीको दोस्रो बैठकमा सो पार्टीका प्रमुख सचेतकसमेत रहेका उनले भने, “जनताले लडेर बचाएको राष्ट्रिय र स्वाधीनता खतरामा पर्नबाट बचाउन सबै पार्टीका इमान्दार कार्यकर्ता र जनता सचेत ढङ्गले अघि बढ्नुपर्छ ।” 

त्यस्तै पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता परिवारका सदस्यलाई निःशुल्क उपचार गरिने बताइन् । उनले स्तन, पाठेघर क्यान्सरलगायत रोग लागेका नागरिकको पनि निःशुल्क उपचार गर्ने बताइन् । माओवादी केन्द्र मध्यनेपाल नगर कमिटीका अध्यक्ष रामचन्द्र पौडेलले जिल्ला पार्टीलाई अगाडि बढाउनका लागि महत्वपूर्ण विभिन्न निर्णय भएको बताए । उनका अनुसार आजै योङ्ग कम्युनिष्ट लिग(वाइसिएल) नेपाल मध्यनेपाल नगर कमिटी भेलासमेत सम्पन्न भएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap