२०८३ कार्तिक १२

विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गरिदिन मुख्यमन्त्री पोखरेलको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच भेटघाट भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकलाई सहयात्री बन्नका लागि आग्रह गरेका छन् । 

उनले विश्व बैकले नेपालको समग्र विकासमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु’ उनले भने । मुख्यमन्त्री पोखरेलले गरिबीको अन्त्य र समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै प्रदेशको विकासमा पनि योगदान गरेकोमा धन्यवाद ब्यक्त गरे । ‘गण्डकी प्रदेश विकासका प्राथमिकता र सम्भावनाका सवालमा यहाँहरुसँग हातेमालो गर्न इच्छुक छ’ उनले भने । 


Advertisement


मुख्यमन्त्री पोखरेलले प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको बताउदै यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा ८ प्रतिशत योगदान गर्ने बताए । उनले राजस्व परिचालन २ देखि ३ अर्ब मात्र रहेको बताउँदै प्रदेशमा आर्थिक क्रियाकलापहरू कम भएकाले स्रोत परिचालन न्यून रहेको बताए ।

सीमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकताहरु निर्धारण गरी अगाडि बढेको अवस्थामा आकस्मिक रुपमा आएको कोभिड महामारीले आर्थिक सामाजिक अवस्थालाई क्षत विक्षत पारेको मुख्यमन्त्री पोखरेलले बताए । 

उनले प्रदेश सरकारले कोभिड महामारीले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरेको बताए ।  मुख्यमन्त्री पोखरेलले प्रदेशले निर्धारित गरेको लक्ष्य हासिल गर्न १० खर्ब १२ अर्ब लगानी आवश्यक रहेको बताउँदै त्यसका लागि पर्याप्त लगानी नभएको बताए । उनले लगानीको लक्ष्य भेटाउन प्रदेश सरकारले विश्व बैँकजस्ता संस्थासँग सहयोगको अपेक्षा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

पोखरेलले आधुनिक यातायात सञ्जालले समृद्धिको मार्ग प्रशस्त गर्ने बताउदै प्रदेश राजधानी पोखराबाट बागमती र लुम्बिनी लगायतका प्रदेश भएर मात्र गण्डकी प्रदेशको नवलपुर पुग्नुपर्ने वाध्यता रहेको जानकारी गराए । मुस्ताङको कोरला नाकादेखि पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा २ लेनको डेडिकेटेड सडकका रुपमा विकास गर्न सके यस प्रदेशको स्वरुप नै फेरिने मुख्यमन्त्री पोखरेलले बताए ।

 पर्यटकीय पूर्वाधारहरु पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मादी नदी उपत्यका विकासको बृहत परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, हिमाली जिल्ला मनाङमा गल्फ मैदान लगायतका पूर्वाधार बनाउनका लागि सहयोग गर्न विश्व बैंकलाई मुख्यमन्त्रीले पोखरेलले आग्रह गरे । 

मुख्यमन्त्री पोखरेलले मर्स्याङ्दी उपत्यका विकासको बृहत परियोजना, कालीगण्डकी भ्याली विकास परियोजना, मुस्ताङ भ्याली विकास परियोजना, नवलपुरदेखि गजेन्द्रधाम सम्म, नारायणी नदी नियन्त्रण र संरक्षण सम्बन्धी बहुउद्देश्यीय विकास आयोजना प्रदेशका सपना भएकाले कार्यान्वयनका लागि विश्व बैंकको सहयोग आवस्यक रहेको बताए । 

उनले उत्तरगंगा जस्तै जलाशययुक्त ठूला जलविद्युत आयोजना सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा गरिएको बताए । विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको संघीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहने बताए । उनल कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको बताउदै मुस्ताङ लगायतका जिल्लामा उत्पादित अर्गानिक सामग्रीको ब्रान्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताए । 

उनले कोभिड विरुद्धको खोपको प्रभावकारिता बढिरहे भएपनि नेपालमा खोप खरिद प्रक्रियामा भएको ढिलासुस्तीबारे असन्तुष्टि जनाए । उनले स्कुले बालबालिकालाई छिटोभन्दा छिटो खोप लगाएर विद्यालय खोल्ने वातावरण सिर्जना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए । 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap