२०८३ असार २२

राजनीति

सर्वोच्चमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण- प्रदीप ज्ञवाली

सर्वोच्चमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण- प्रदीप ज्ञवाली

राजनीति
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण रहेको बताएका छन्।  बिहीबार ललितपुरको च्यासलस्थित बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता ज्ञवालीले पत्रकारहरूसँग कुराकानी गर्दै सर्वोच्चमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण रहेको बताएका हुन्।  Advertisement 'न्यायालयमा जे भइरहेको छ त्यो दुर्भाग्यपूर्ण छ,' उनले भने, 'राज्यको महत्वपूर्ण अंग र लोकतन्त्रको संरक्षक न्यायालयमा जुन ढंगको प्रदूषण भित्रिएको छ, जुन गुटबन्दी देखिएको छ, जुन चरम अराजकता व्याप्त भएको छ त्यसबाट हामी दुखित छौं।'  अहिले न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन्। आन्दोलनकै कारण तीनदिन देखि इजलास बन्द छ। न्यायाधीशहरूको गुटबन्दीका कारण सर्वसाधारण सेवाग्राही मर्कामा परिरहेको ज्ञवालीले बत...
नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशन उद्घाटन, बन्दसत्र सौराहाको पर्यटकीय स्थलमा

नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशन उद्घाटन, बन्दसत्र सौराहाको पर्यटकीय स्थलमा

राजनीति
नेकपा एमालेले चितवनमा हुने १० औं महाधिवेशनको प्रारम्भिक तयारीको बारेमा जानकारी गराएको छ।  Advertisement आज बसेको स्थायी कमिटी बैठकमा महाधिवेशन मूल व्यवस्थापन कमिटीको तर्फबाट सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनको तयारीको बारेमा जानकारी गराएका थिए। उनका अनुसार उद्घाटन सत्र नारायणी नदी किनारमा हुनेछ भने सौराहाको पर्यटकीय स्थलमा बन्दसत्र हुनेछ।  यस्तै, एमालेले  १५३६ जना  प्रतिनिधि चयन गर्ने भएको छ। बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 'प्रतिनिधि ३ खालका हुनेछन्। केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरू उहाँहरू पदेन प्रतिनिधि हुनुहुन्छ। यस्तै विभिन्न भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट ११९६ प्रतिनिधि चय...
राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ लिँदै, चार मन्त्री राख्ने तयारी

राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ लिँदै, चार मन्त्री राख्ने तयारी

राजनीति
नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ लिँदैछन्। Advertisement पाण्डेले ३:१५ बजे मा सपथ लिने समय तय भएको एकीकृत समाजवादीका बागमती प्रदेश सदस्य लक्ष्मण लम्सालले बताए। पाण्डेले आजै सानो मन्त्रिपरिषद् समेत गठन गर्दैछन्। पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट शालिकराम जमरकट्टेल, कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बन्दैछन्। ...
स्पेनकी सभामुख नेपाल भ्रमणमा

स्पेनकी सभामुख नेपाल भ्रमणमा

राजनीति
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ। Advertisement त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका हुन्।  प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारी सहभागी हुन्। छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुन...
बागमतीकी मुख्यमन्त्री शाक्यले प्रदेश सभामै घोषणा गरिन् राजीनामा

बागमतीकी मुख्यमन्त्री शाक्यले प्रदेश सभामै घोषणा गरिन् राजीनामा

राजनीति
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने बताइन्। विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न आज प्रदेश सभा बैठक बसेको थियो। विश्वासको मत नपाउने निश्चित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्। Advertisement ‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु,’ उनले भनिन्, ‘आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो। मन्त्रीहरू र दलको बैठक पनि बसियो। यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु।’ नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बनेकी थिइन्। मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन्। उनले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन्। उनले आफू...
शोक प्रस्ताव पारित गर्न सर्वोच्चका सबै न्यायाधीश फुलकोर्टमा

शोक प्रस्ताव पारित गर्न सर्वोच्चका सबै न्यायाधीश फुलकोर्टमा

राजनीति
सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सम्मिलित फुलकोर्ट बैठक बसिरहेको छ। Advertisement सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बसेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। पूर्वन्यायाधीश पण्डितको बुधबार निधन भएको हो। यसअघि १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फुलकोर्ट बैठक बस्न अस्वीकार गरेका थिए। प्रधानन्यायाधीश राणा मन्त्रिमण्डलमा भागबन्डा खोजेको लगायत विषयमा विवादमा मुछिएपछि उनले निकासका लागि मार्गप्रशस्त गरिदिनु पर्ने  न्यायाधीशहरूले बताउँदै आएका छन्। प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच अहिलेको विवादमा मतभेद हुँदा सोमबारदेखि सर्वोच्चमा इजलास चल्न सकेका छैनन्। बुधबार प्रधानन्यायाधीश राणाले ११ वटा इजलास तोकेका थिए। अरू न...
ओलीलाई देउवाको जवाफ- परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्न हुन्न

ओलीलाई देउवाको जवाफ- परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्न हुन्न

राजनीति
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेश जारी गरेर संविधान र प्रजातन्त्र बचाएको बताएका छन्। Advertisement नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक संसद भंग गरेको भन्दै उनले त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर संविधान र प्रजातन्त्र बचाएको देउवाको भनाइ थियो। नेपाल तरूण दलको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेश ल्याउने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नेजस्ता गैरजिम्मेवार कुरा गर्न नहुने बताएका छन्। एमाले अध्यक्ष ओलीले मंगलबार पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश ल्याउने सबैले राजीनामा दिनुपर्ने बताएका थिए। ओलीलाई जवाफ दिँदै देउवाले जथाभावी नबोल्नसमेत आग्रह गरेका छन्। ‘ओलीजीले संसद भंग गरेर त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर नेपालको...
‘अब वार कि पार हुन्छ, कि सबैले आत्मसमर्पण गर्नुपर्‍यो कि प्रधानन्यायाधीश विदा हुनुपर्‍यो’

‘अब वार कि पार हुन्छ, कि सबैले आत्मसमर्पण गर्नुपर्‍यो कि प्रधानन्यायाधीश विदा हुनुपर्‍यो’

राजनीति
दुई दिनदेखि इजलाससमेत नबसी निरन्तर छलफल गरेपछि सर्वोच्च अदालतका १५ जना न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा मागे। प्रधानन्यायाधीशले भने 'उनीहरूले भन्दैमा राजीनामा नदिने' जवाफ दिए। प्रधानन्यायाधीशको यस्तो जवाफपछि १५ जना न्यायाधीशहरू फेरि छलफलमा जुटेका थिए। यो छलफल बुधबार पनि जारी हुने न्यायाधीशहरूले बताएका छन्। यसको अर्थ उनीहरूले बुधबार पनि प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा बसेर न्याय निरूपण गर्ने छैनन्। यो भनेको प्रधानन्यायाधीशले तोकेको इजलास र पेसी बहिष्कारकै एउटा रूप हो। Advertisement यो घटनापछि प्रधानन्यायाधीश राणा प्रकरणले नयाँ मोड लिएको छ। उनले मुद्दामामिलामा सौदाबाजी गर्दै मन्त्रिपरिषद र संवैधानिक निकायमा भाग खोजेको, न्यायालयको स्वतन्त्रता, आस्था र विश्वास गुम्ने कामकारबाही गरेको भन्दै न्यायाधीशहरू उनीविरू...
बागमतीमा आज मतविभाजन गरिँदै, अब मुख्यमन्त्री को?

बागमतीमा आज मतविभाजन गरिँदै, अब मुख्यमन्त्री को?

राजनीति
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा आज मतविभाजन हुने भएको छ। मुख्यमन्त्री बनेलगत्तैदेखि नै शाक्य अल्पमतमा परेकी थिइन्। उनी नेकपा एमाले प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने पनि उनको दल विभाजन भएकोले विश्वासको मत लिनुपर्ने थियो। Advertisement बागमती प्रदेशमा कुनै नाटकीय परिवर्तन भएन भने मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने छैनन्। विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन्। अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ। बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक राखिएको छ। सो बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गरिने र त्यसका लागि सबै तयारी गरिसकिएको प्रदेश सभा सचिवालयले जनाएक...
महाधिवेशनमा कांग्रेस अल्झियो, एमालेले पछि पार्‍यो

महाधिवेशनमा कांग्रेस अल्झियो, एमालेले पछि पार्‍यो

राजनीति
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली।  नेकपा एमाले र नेपाली कांग्रेसले महाधिवेशनमा होमिएका छन्। यी दुबै दलले मंसिरमा महाधिवेशन गर्दैछन्। एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं राष्ट्रिय महाधिवेशन गर्दैछ। नेपाली कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। एमालेले छोटो समयमै वडा अधिवेशन गरेको छ जबकी कांग्रेसले एक वर्षदेखि तयारी गर्दा पनि १३ जिल्लामा अझै वडा अधिवेशन गर्न सकेको छैन। एमालेले कात्तिक ६ गते एकैदिन छ हजारभन्दा बढी वडामा अधिवेशन सकेको छ भने बाँकी वडामा कात्तिक १५ भित्रै अधिवेशन सक्ने भनेको छ। कांग्रेसले ६४ जिल्लामा मात्रै वडा अधिवेशन सकेको छ भने १३ जिल्लामा कहिले अधिवेशन हुन्छ यकिन छैन। तर १३ हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशनसमेत सकिसकेको छ। एमालेले आज देशैभर पालिका...