


सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सम्मिलित फुलकोर्ट बैठक बसिरहेको छ।
Advertisement



सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बसेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।
पूर्वन्यायाधीश पण्डितको बुधबार निधन भएको हो।
यसअघि १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फुलकोर्ट बैठक बस्न अस्वीकार गरेका थिए।

प्रधानन्यायाधीश राणा मन्त्रिमण्डलमा भागबन्डा खोजेको लगायत विषयमा विवादमा मुछिएपछि उनले निकासका लागि मार्गप्रशस्त गरिदिनु पर्ने न्यायाधीशहरूले बताउँदै आएका छन्।
प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच अहिलेको विवादमा मतभेद हुँदा सोमबारदेखि सर्वोच्चमा इजलास चल्न सकेका छैनन्।
बुधबार प्रधानन्यायाधीश राणाले ११ वटा इजलास तोकेका थिए। अरू न्यायाधीश इजलासमा नबसे पनि राणाले आफ्ना इजलासमा सुनुवाइ गरेका थिए।


