२०८३ असार २२

राजनीति

प्रदेश १ विपक्षी गठबन्धनको एकै स्वरः अबको मुख्यमन्त्री राजेन्द्र राई

प्रदेश १ विपक्षी गठबन्धनको एकै स्वरः अबको मुख्यमन्त्री राजेन्द्र राई

राजनीति
तस्वीर स्रोत: राईको फेसबुकबाट प्रदेश १ को विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको हालका मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो। आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ। Advertisement विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो। नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले आलोपालोको दाबी नेपाली काँग्रेसको आन्तरिक विषय भएको भन्दै...
प्रदेश १: भोलि भीम आचार्यको सरकार बिदा गर्ने विपक्षी गठबन्धनको निर्णय

प्रदेश १: भोलि भीम आचार्यको सरकार बिदा गर्ने विपक्षी गठबन्धनको निर्णय

राजनीति
प्रदेश १ को विपक्षी गठबन्धनले सोमबार प्रदेश सभामा मुख्यमन्त्री भीम आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।  गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। Advertisement नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेताहरूको आइतबार विराटनगरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।  ‘भोलि भीम आचार्य नेतृत्वको सरकारलाई एकमतका साथ बिदा गर्ने र राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने हाम्रो गठबन्धनको निर्णय भएको छ,’ माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले भने।  प्रदेश सभामा सत्तारुढ एमाले प्रष्ट अल्पमतमा छ भने विपक्षी गठबन्धन आरामदायी बहुमतको अवस्थामा छ। मुख्यमन...
बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे विश्वमा दिगो शान्ति कायम हुन्छ- राष्ट्रपति भण्डारी

बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे विश्वमा दिगो शान्ति कायम हुन्छ- राष्ट्रपति भण्डारी

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छन्। आइतबार रूपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरूणा बुद्धमूर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गरेर अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताएकी हुन्। Advertisement उनले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पूर्ण नेपालीले गर्वको अनुभूति गरेको पनि उल्लेख गरिन्। नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको उनले बताइन्। ‘नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सह–अस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गर...
अर्ली इलेक्सनको हल्ला मात्र हो : प्रचण्ड

अर्ली इलेक्सनको हल्ला मात्र हो : प्रचण्ड

राजनीति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेको बताएका छन्। जनकपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने बताए। Advertisement उनले भने, ‘नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारीमा छौँ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको बताए। उनले भने, ‘नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौँ, राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौं।’ प्रचण्डले मुलुकमा...
अग्नि सापकोटा संसदीय प्रणालीकै ‘कलंक’ हुन्: ओली

अग्नि सापकोटा संसदीय प्रणालीकै ‘कलंक’ हुन्: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै 'कलंक'को संज्ञा दिएका छन्। अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिए।  Advertisement नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजा गरेको एक कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भीर आरोप समेत लगाए। अध्यक्ष ओलीले एमाले विरूद्धको षडयन्त्र सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दाबी समेत गरे। उनले प्रचण्डको निर्देशनमा आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषदलाई अनिर्णयको ब...
९६ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्- न्यायालयमा हुने मोलमोलाइका नाइके चोलेन्द्रशमसेर

९६ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्- न्यायालयमा हुने मोलमोलाइका नाइके चोलेन्द्रशमसेर

राजनीति
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी।  ९६ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी न्यायालयमा हुने भ्रष्टाचार र अनियमिततालाई लिएर चिन्तित छन्। न्यायाधीश नियुक्ति र न्यायालयमा हुने भ्रष्टाचार र चलखेलविरूद्ध आवाज उठाइरहने भण्डारी उमेर र अनुभवका हिसाबले सबभन्दा पुराना वकिल हुन्। Advertisement जिन्दगीका झन्डै सात दशक वकालतमा बिताएका यी वरिष्ठ वकिल अहिलेजस्तो अवस्था यसअघि न्यायालयमा कहिल्यै नदेखेको बताउँछन्। उनका अनुसार न्यायालयमा अहिलेजति राजनीतिक दबाब, बिचौलियाको प्रभाव यसअघि कहिल्यै थिएन। उनीसँग गरेको कुराकानी जस्ताको तस्तै: यस्तो त न्यायालयमा कहिल्यै भएको थिएन। पञ्चायत कालमा पनि न्यायालय लगभग स्वतन्त्र थियो। कहिलेकाहीँ कुनै कुनै मुद्दामा दरबारका कर्मचारीले दबाब दिने गरेको मलाई थाहा छ। यो मुद्दा जिताइदेऊ, यो हराइदेऊ भन्ने गर्थे। ...
‘जनताको सुख-शान्ति’का लागि भन्दै पशुपतिमा पूजा गर्न पुगे गृहमन्त्री खाण

‘जनताको सुख-शान्ति’का लागि भन्दै पशुपतिमा पूजा गर्न पुगे गृहमन्त्री खाण

राजनीति
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण शनिबार बिहानै पशुपति मन्दिर पुगेका छन्। Advertisement त्यहाँ गएर उनले पशुपतिनाथको पूजाअर्चना पनि गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणका क्रममा रहेका बेला खाणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। प्रहरीको सरुवा-बढुवालगायतमा हस्तक्षेप गरेको भन्दै खाणको आलोचना भइरहेको छ। शनिबार दिउँसो खाणले गृह प्रशासन क्षेत्रमा काम गर्ने पत्रकारसँग अनौपचारिक संवाद गर्ने कार्यक्रम पनि रहेको बताइएको छ। पशुपति जाँदा उनले सर्वसाधारणसँगै लाइनमा बसेर पूजाआजा गरे। उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेको स्थानीय प्रशासनले जनाएको छ। दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब ड...
प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी

प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी

राजनीति
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा सक्रिय भएका प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्। Advertisement शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा साह उपस्थित थिए। उनी केही समयदेखि असन्तुष्ट थिए। उनले नयाँ पार्टी खोल्न लागेको चर्चासमेत भइरहेको थियो। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनी पक्षका दुई जनालाई केन्द्रीय कमिटी सदस्य बनाएका थिए। ती केन्द्रीय सदस्यले आज सपथ लिएका थिए। साह नेकपा खारेजसँगै अध्यक्ष ओलीलाई साथ दिँदै एमालेमा सक्रिय भएका थिए। यसअघि गत असोजमा बसेको एमालेको नीति महाधिवेशनमा भने साह उपस्थित भएका थिएनन्। उनले ८ बुँदे मागसमेत पार्टीमा राखेका थिए। ...
नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

राजनीति
सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४ औं बैठक आज भारतको बेंग्लुरुमा सम्पन्न भएको छ। Advertisement बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षासम्बन्धी विषयमा सूचना आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एशिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व बाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए।प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र, गृह म...
कात्तिक २८ सम्म एमाले महाधिवेशन प्रतिनिधि छानिसक्नु पर्ने

कात्तिक २८ सम्म एमाले महाधिवेशन प्रतिनिधि छानिसक्नु पर्ने

राजनीति
नेकपा (एमाले) को १० औं  राष्ट्रिय महाधिवेशनका सहभागी हुने प्रतिनिधिको छनोट कात्तिक २८ गतेसम्म गरिसक्नु पर्ने भएको छ। Advertisement शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले कात्तिक २६ गतेसम्म प्रतिनिधि छनौट गरी २८ गतेभित्र प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा अनिवार्य पठाइसक्नु पर्ने निर्णय गरेको छ। चितवनमा मंसिर १०-१२ मा हुने दशौं महाधिवेशनमा १ हजार ५ सय ५२ प्रतिनिधि सहभागी हुने भएका छन्। एमालेका एक नेताले दिएको जानकारी अनुसार शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो लगाएको हो। बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त संख्यामा महाधिवेशन प्रतिनिधि आउने प्रस्ताव गरेको थियो। एमाले उपाध्यक्ष भीम रावललगायत नेताहरूले भने महाधिवेशन प्रतिनिधि संख्या १८ सयदेखि २ हजारसम्म पुर्‍याउनु पर्ने मत राखेका छन्।  एम...