२०८२ पुष ११

राजनीति

राष्ट्रपति भण्डारीले गरिन् नवकन्याहरूको पूजा

राष्ट्रपति भण्डारीले गरिन् नवकन्याहरूको पूजा

राजनीति
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको नवौं दिन नवकन्याहरुको पूजा गरेकी छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेकी हुन् ।  Advertisement विजया दशौको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौा दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमश: २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिएपनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो । ...
राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको दर्शन

राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको दर्शन

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको महाअष्टमीको दिन आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्।   पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज बिहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजाअर्चना यो तेस्रो पटक हो। गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने पूजा रोकिएको थियो।  Advertisement राष्ट्रप्रमुखले वडादसैंको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भिम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्...
एमालेसँग संवाद गर्न तयार छु: सभामुख सापकोटा

एमालेसँग संवाद गर्न तयार छु: सभामुख सापकोटा

राजनीति
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारू गराउन नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन्।  उनले संसद चलाउनको लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका हुन्। Advertisement बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका थिए।  सभामुख सापकोटाले सकेसम्म आफू तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए।  ‘संवादको विकल्प छैन, ढिलो चाँडो उहाँहरू संवादमा आउनुहुन्छ,' उनले भने, 'के पक्ष के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो। के गर्नुपर्छ त्यसको लागि म तयार छु। तर सरकार, सभामुख, विपक्षी दलको नेताको र सम...
‘नाम’ को उच्चस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए परराष्ट्र मन्त्री

‘नाम’ को उच्चस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए परराष्ट्र मन्त्री

राजनीति
सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्र मन्त्री नारायण खड्का आज स्वदेश फर्किएका छन्। गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्र मन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए।  बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो।  Advertisement स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री खड्काले बताए।  असंलग्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोह...
राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक छैन: पूर्वराजा ज्ञानेन्द्र शाह

राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक छैन: पूर्वराजा ज्ञानेन्द्र शाह

राजनीति
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा नेपालीहरूलाई शुभकामना दिएका छन्। Advertisement मंगलबार दसैंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले शुभकामना सन्देश दिएका हुन्। उनले सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक नहुने बताए।  उनले लेखेका छन्, 'देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं।'  यस वर्ष पूर्वराजा शाहले महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम र दशमीमा सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम नहुने उनको सचिवालयले जनाएको छ। कोरोना भाइरसको महामारीको असहजताका...
सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दाबी

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दाबी

राजनीति
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ।  सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह छन्। आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन्। पूर्वसञ्चारमन्त्री समेत रहेका सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे।  Advertisement ‘हामी लोकतान्त्रिक अभ्यासमा छौं। यो हाम्रो प्रणाली मात्रै होईन जीवन पद्धति पनि हो। र हाम्रा परम्पराहरू, व्यवस्थाहरुको कारणले गर्दा पनि अरुलाई हाम्रा अभ्यासहरूको कारणले पनि अपव...
सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन: प्रधानमन्त्री

सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन्। उनले यो कुरा सबैले सुन्नुपर्नेमा जोड दिए। Advertisement ‘सबैले सुने हुन्छ- प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक कोही हुन सक्दैन,’ उनले भने, ‘प्रजातन्त्रको खिलापमा कसैले अरु कुनै किसिमको सपना नदेखे हुन्छ, प्रजातन्त्रको रक्षा गरेको पार्टी हो।’ गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताले आफ्नो मत मतदानमा देखाइदिने समेत बताए। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले भने, ‘जनताको नाम सबैले लिन्छन्, जनता नै हो भन्छन्। जनताले भोटमा देखाइहाल्छन् नि।’ संघीयता पूर्ण रुपमा कार्यान्वयन गर्न धेरै काम बाँकी रहेको समेत उनले बताए। देशमा विकासको काम अघि छिटो छरितो रुपमा अघि बढाउन आवश्यक रहेको उनको भनाइ ...
अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गर्‍यो अमेरिकाले

अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गर्‍यो अमेरिकाले

राजनीति
अमेरिकाले अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गरेको छ। अलजजिरा टेलिभिजनका अनुसार कतारको राजधानी दोहामा दुई देशका प्रतिनिधिबीच शनिबार वार्ता भएको हो। उनीहरूबीच आइतबार पनि वार्ता हुने बताइएको छ। Advertisement वार्ताका लागि अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताक्वी नेतृत्वको टोली दोहा पुगेको छ। अमेरिकासँगको वार्ताका क्रममा तालिबानले मानवीय सहायता, गत वर्ष अमेरिकासँग भएको सम्झौता र अमेरिकामा रहेको अफगान केन्द्रीय बैंकको पैसा निकासा गर्ने विषयमा जोड दिएको बताइएको छ। तालिबानसँग वार्ता गर्न कुन तहका अधिकारीलाई दोहा पठाइएको हो भन्नेबारे अमेरिकाले केही खुलाएको छैन। अमेरिकी अधिकारीहरूले यसअघि नै तालिबानसँग गरिने वार्ताको अर्थ उसको सरकारलाई मान्यता दिनु नभएको बताएको अलजजिराले उल्लेख गरेको छ। अफगानिस्तानमा रहेका अमेरिकी र...
राजनीतिक षड्यन्त्रको रूपमा राम भगवानलाई दुःख दिन खोजियो : प्रचण्ड

राजनीतिक षड्यन्त्रको रूपमा राम भगवानलाई दुःख दिन खोजियो : प्रचण्ड

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  चितवनको माडीमा राजनीतिक षड्यन्त्रको रुपमा राम भगवानलाई दु:ख दिन खोजिएको बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भानु जयन्तीको अवसरमा भगवान रामको जन्मभूमि भारत नभई माडीको अयोध्यापुरी भएको दाबी गर्दै त्यहाँ अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए। त्यही घोषणाअनुसार अयोध्याधाम निर्माणका लागि प्रधानमन्त्रीले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार गरेर माडी पठाएका थिए। कोरोना महामारीका बाबजुत भव्य कार्यक्रम आयोजना गरी माडीमा ती मूर्ति प्रतिस्थापन गरिएको थियो। Advertisement शनिबार गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राम मन्दिर बनाउने भनेर आफूमाथि राजनीतिक षड्यन्त्र गर्न खोजिएको आशय व्यक्त गरे। ‘राम मन्दिर बनाउने कुरा,...
तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित, परराष्ट्रद्वारा फेरि अर्को पत्र

तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित, परराष्ट्रद्वारा फेरि अर्को पत्र

राजनीति
एनआरएनएको आसन्न महाधिवेशन समयमै नहुने निश्चित भएको छ।  विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपी निर्वाचन समयमै हुने दाबी हुँदै आएको थियो।  Advertisement यसैबीच परराष्ट्र मन्त्रालयले पुनः अध्यक्ष कुमार पन्तलाई ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान अनुरूप नभएको भन्दै पुनः पत्र पठाएपछि थप अन्यौल भएको हो। परराष्ट्रले पठाएको पत्रमा मुख्य तीन कुरालाई जोड दिइएको एनआरएनका महासचिव हेमराज शर्माले जानकारी दिए। परराष्ट्रको पत्र सार्वजनिक नभए पनि  आफूले अध्यक्ष कुमार पन्तसँग टेलिफोनमार्फत कुराकानी गरेर परराष्ट्रको पत्रबारे जानकारी लिएको बताए। पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्व अभ्यास अनुसार गर्ने भनिएको छ। यस्तै ...