२०८० चैत्र १६

ओलीलाई देउवाको जवाफ- परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्न हुन्न

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेश जारी गरेर संविधान र प्रजातन्त्र बचाएको बताएका छन्।


Advertisement


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक संसद भंग गरेको भन्दै उनले त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर संविधान र प्रजातन्त्र बचाएको देउवाको भनाइ थियो।

नेपाल तरूण दलको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेश ल्याउने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नेजस्ता गैरजिम्मेवार कुरा गर्न नहुने बताएका छन्।

एमाले अध्यक्ष ओलीले मंगलबार पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश ल्याउने सबैले राजीनामा दिनुपर्ने बताएका थिए।

ओलीलाई जवाफ दिँदै देउवाले जथाभावी नबोल्नसमेत आग्रह गरेका छन्।

‘ओलीजीले संसद भंग गरेर त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर नेपालको संविधान बचाएको छ, प्रजातन्त्र बचाएको छ। ओलीजीले जथाभावी बोल्न काम छैन,’ देउवाले भने, ‘उहाँले कुरा बुझ्नुपर्दछ। परमादेशले राष्ट्र बचाएको छ, प्रजातन्त्र बचाएको छ। त्यसकारण परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्न हुन्न।’

Copy link
Powered by Social Snap