२०८३ असार २२

राजनीति

कृषि कानुनमा पछि हट्यो मोदी सरकार, फिर्ता लिने घोषणा

कृषि कानुनमा पछि हट्यो मोदी सरकार, फिर्ता लिने घोषणा

राजनीति
भारतमा कृषिसम्बन्धी तीन वटा कानुनका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार पछि हटेको छ। एक वर्षभन्दा बढी समय किसानले ती कानुनको विरोधमा आन्दोलन गरेपछि मोदी सरकार तीन कानुन फिर्ता लिन बाध्य भएको हो। Advertisement बिबिसी हिन्दीका अनुसार बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले साना तथा मझौला किसानको फाइदाका लागि कानुन ल्याइएको भए पनि त्यसको महत्व बुझाउन नसकेको बताए। उनले संसदको केही हप्तापछि सुरू हुने अधिवेशनमा कानुन फिर्ता लिने प्रक्रिया थालिने जानकारी दिएका छन्। पोहोर साल ती कानुन संसदमा पेश भएपछि किसानहरू आन्दोलित भएका थिए। उनीहरूले राजधानी नयाँदिल्लीमा समेत आन्दोलन गरेका गरेका थिए। विपक्षी कंग्रेस आईले पनि किसान आन्दोलनमा समर्थन जनाएको थियो। चौतर्फी विरोध हुँदा पनि मोदी सरकार कानुन फिर्ता लिने पक्षमा थिएन। उत्...
विराटनगर विमानस्थलमा प्रकाशमान-शेखर जम्काभेट

विराटनगर विमानस्थलमा प्रकाशमान-शेखर जम्काभेट

राजनीति
नेपाली कांग्रेसको महाधिवेशन नजिकिएका बेला नेताहरू जिल्ला दौडाहामा छन्। Advertisement मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला आज अपरान्ह विराटनगर विमानस्थलमा जम्काभेट भएको हो। उनीहरूबीच महाधिवेशन तयारीलगायत विषयमा सामान्य कुराकानी भएको थियो। सिंह आज विराटनगरमा कार्यक्रमका लागि पुगेर काठमाडौं फर्कंदै थिए भने कोइराला विराटनगर जाँदै गर्दा विमानस्थलमा भेट भएको हो। सिंह र कोइराला दुबै कांग्रेस सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।  ...
कांग्रेस सभापति उठ्न प्रकाशमानको दौडधुप!

कांग्रेस सभापति उठ्न प्रकाशमानको दौडधुप!

राजनीति
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई हिजोआज भ्याइनभ्याइ छ। Advertisement जिल्लाहरू चाहारेर त्यहाँका नेता/कार्यकर्ता भेटेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको समूह बैठकमा सिंह जान छाडे। आफैँ सभापति उठ्ने निचोडमा पुगेका सिंह कार्यकर्ता भेटघाटमा व्यस्त देखिन्छन्। ...
प्रधानन्यायाधीशले छलछाम गर्न खोजेको भन्दै इजलास बसेनन् सर्वोच्चका न्यायाधीश

प्रधानन्यायाधीशले छलछाम गर्न खोजेको भन्दै इजलास बसेनन् सर्वोच्चका न्यायाधीश

राजनीति
प्रधानन्यायाधीशको राजीनामा मागेका सर्वोच्च अदालतका न्यायाधीशहरू एक सातापछि सोमबार सशर्त इजलास फर्किएका थिए। एक सातादेखि इजलास नबसेका उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले ती शर्त पूरा गरे मात्र इजलास बसेर बन्दिप्रत्यक्षीकरणका मुद्दा हेर्ने बताएका थिए।  तर प्रधानन्यायाधीश राणाले छलछाम गर्न खोजेको भन्दै न्यायाधीशहरू आज इजलास गएनन्। उनीहरूको शर्त थियो- प्रधानन्यायाधीशले इजलास छोड्नुपर्ने, बन्दिका मुद्दा मात्र तोक्नुपर्ने र बहिर्गमनको बाटोमा इमानदारपूर्वक लाग्नुपर्ने। इजलास फर्किएको भन्दै यी शर्तमा तलमाथि गर्न खोजे फेरि आफूहरूले उनले तोकेका मुद्दा नहेर्ने चेतावनी पनि उनीहरूले दिएका थिए।  मंगलबार उनीहरू इजलास बसेनन्। दस न्यायाधीशलाई तोकेका बन्दिप्रत्यक्षीकरण मुद्दामा इजलास नबस्ने जनाउ दिए। प्रधानन्यायाधीश राणाले सहमति तोडेर छलछाम गर्न खोजेको भन्दै इ...
‘अर्ली इलेक्सन’ को कुनै सम्भावना छैन: माधव नेपाल

‘अर्ली इलेक्सन’ को कुनै सम्भावना छैन: माधव नेपाल

राजनीति
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले 'अर्ली इलेक्सन' हुने कुनै सम्भावना नरहेको बताएका छन्।  Advertisement अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसै-कसैले चाहेजस्तो 'अर्ली इलेक्सन'को सम्भावना नरहेको बताएका हुन्।  मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारूढ दलभित्र छलफल भइरहेको जानकारी समेत दिए।  अध्यक्ष नेपालले भने, ‘इलेक्सन समयमा हुन्छ। त्यसको निम्ति अब इलेक्सनको प्रक्रिया सुरू हुन्छ। जस्तो राष्ट्रिय सभाको चुनाव छ। त्यो गर्नै पर्‍यो समयमा। अब उपनिर्वाचनहरूको कुरा पनि चलिराख्या छ। प्रदेश सभाको निर्वाचनको कुरा। त्यसको निम्ति पनि तयारीको कुरा भइरह...
माडी पुगेर राम-सीताको मन्दिरमा पूजा गरे ओलीले

माडी पुगेर राम-सीताको मन्दिरमा पूजा गरे ओलीले

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी पुगेर राम-सीता मन्दिरमा पूजा अर्चना गरेका छन्।  Advertisement १० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पुगेका ओलीले अयोध्यापुरीमा बनेको राम-सीताको मन्दिर पुगेर पूजा गरेका हुन्। अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न उनी चितवन पुगेका हुन्। ओलीले प्रधानमन्त्री हुँदा माडीको अयोध्यापुरी भगवान रामको जन्मभूमि भएको दाबी गर्दै यस स्थानमा अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए। आफ्नै अग्रसरतामा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार पारेर पठाए पनि ओली यहाँ आइपुगेका थिएनन्। गत वैशाख ८ गते यहाँ निर्माण भएको मन्दिरमा ती मूर्ति स्थापना गरिएको थियो। ओली प्रधानमन्त्री हुँदा यस मन्दिरको विषयमा निकै चर्...
जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर योजना बनाउनुपर्छ : श्रममन्त्री श्रेष्ठ

जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर योजना बनाउनुपर्छ : श्रममन्त्री श्रेष्ठ

राजनीति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर स्थानीय तहले योजना बनाउनुपर्नेमा जोड दिएका छन्। Advertisement तनहुँ जिल्ला समन्वय समितिले आज बन्दिपुर गाउँपालिका–५ याम्पामा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्थानीय तहको योजना जनताको आवश्यकतामा केन्द्रित हुनुपर्ने बताएका हुन्।। विकास निर्माणका सवालमा सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले विकासका काममा राजनीति गर्न नहुने र समृद्ध तनहुँ बनाउन सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरे।  प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पथ, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, सरिता गुरुङ, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले एक वर्ष...
पाँच महिनामा एमालेले गुमायो पाँच सरकार

पाँच महिनामा एमालेले गुमायो पाँच सरकार

राजनीति
गत वैशाखमा नेकपा (एमाले) जताततै सत्तामा थियो। केन्द्रमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। प्रदेश-१, बागमती, गण्डकी, लुम्बिनीमा एमालेका नेताहरू मुख्यमन्त्री थिए। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदासम्म कर्णाली र सुदूरपश्चिममा पनि एमाले सत्तारूढ दल थियो। सर्वोच्च अदालतको आदेशबाट नेकपाको अस्तित्व सकिएपछि एमाले र माओवादी फरक-फरक पार्टी बने। एमाले एकै पार्टी भए पनि राजनीतिक रूपमा विभाजित भइसकेको थियो। अध्यक्ष ओली र तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालबीच यति फाटोले एमाले नेतृत्वकोका सरकार धर्मराइरहेका थिए। Advertisement जेठ २७ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत लिए। उनले बहुमत नपाएपछि एमालेको सत्ता बहिर्गमन त्यही दिनबाट सुरू भयो। पृथ्वीसुब्बा गण्डकीको सत्ताच्युत भएको झन्डै एक महिनापछि एमाले नेत...
ओलीले ज्ञानेन्द्रका मान्छेसँग भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेछन्- प्रचण्ड

ओलीले ज्ञानेन्द्रका मान्छेसँग भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेछन्- प्रचण्ड

राजनीति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन्। सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन्। उनले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाए। उनले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने बताए। उनले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाए। Advertisement ‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा...
१० औं महाधिवेशनस्थलको निरीक्षण गर्न स्थलमार्ग हुँदै ओली चितवन जाँदै

१० औं महाधिवेशनस्थलको निरीक्षण गर्न स्थलमार्ग हुँदै ओली चितवन जाँदै

राजनीति
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्। महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते हुँदैछ। Advertisement अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन। ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने  एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिए। महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उनले बताए। ओली आज काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन पुग्दैछन्। चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ। सो पश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद...