२०८२ चैत्र २५

राजनीति

सहिदका सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति

सहिदका सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति

राजनीति
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । सहिद दिवस–२०७८ का अवसरमा आज सन्देश दिँदै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले सहिदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराए । Advertisement प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदहरूलाई जाने उल्लेख गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सहिदको योगदानको उच्च मूल्यांकन गर्दै सहिद परिवारजनमा सम्मान व्यक्त गरेका छन् । सहिदहरूको बलिदानी सबै नेपाली जनतालाई अधिकारसम्पन्न, सुखी, खुसी र समृद्ध बनाउँदै शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि थियो भन्दै उनले सहिदहरूको ...
जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरू आउँदो जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका हुन् । Advertisement उच्चस्तरीय राजनीतिक समितिको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संविधानसँग बाझिएका कानुनहरू संशोधन गर्नुपर्ने भएको त्यसको तयारी गर्न पनि सरकारलाई सुझाव दिइएको उनले बताए । “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ,” उनले भने, “जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।” ...
चुनावबारे सत्ता गठबन्धन छलफलमा, अपराह्न फेरि बैठक

चुनावबारे सत्ता गठबन्धन छलफलमा, अपराह्न फेरि बैठक

राजनीति
सत्तारूढ गठबन्धनका चार दलको बैठक शनिबार अपराह्न ४ बजे फेरि बस्ने भएको छ। Advertisement बिहान गठबन्धनका नेताहरूबीच स्थानीय निकायको निर्वाचनबारे बैठक बसेको थियो। तर, बैठक ठोस निष्कर्षमा पुग्न नसकेको नेताहरूले बताएका छन्। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेपछि त्यसबारे छलफल गर्न बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे प्रस्ताव राखेको भए पनि सहमति नजुटेको बालुवाटार स्रोतले बतायो। चुनाव कहिले गर्ने भन्नेबारे गठबन्धनले कानुनविद्सँग छलफल गरी अपराह्न फेरि बैठक बस्ने स्रोतले बतायो। बैठकमा जनमोर्चाबाहेक सबै सत्तारुढ दलका शीर्ष नेता सहभागी थिए। ...
२० जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन

२० जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन

राजनीति
गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका छन्। जिल्लामा कोभिड-१९ संक्रमण, शित लहरको अवस्थालगायत बारेमा खाणले सिडिओहरूलाई फोन गरेर जानकारी लिएका हुन्। खाणले शनिबार बिहान फोन गरी सिडिओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेका थिए। Advertisement सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। त्यो निर्देशनको कतिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका थिए। ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले गृहमन्त्री खाणले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी ल...
स्थानीय चुनावबारे गगनले भने– संविधानविपरीतको कुरा कांग्रेसले बोक्नुपर्ने कुनै कारण छैन

स्थानीय चुनावबारे गगनले भने– संविधानविपरीतको कुरा कांग्रेसले बोक्नुपर्ने कुनै कारण छैन

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव वैशाखमै हुनुपर्ने बताएका छन् । शुक्रबार सानेपामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा महामन्त्री थापाले स्थानीय तहको चुनाव संविधानअनुसार नै हुनुपर्ने बताए ।  Advertisement अहिले सत्तारूढ गठबन्धनमा ऐन संशोधन गरेर स्थानीय तहको चुनाव सार्नेबारे छलफल भइरहेको छ । संविधानको धारा २२५ अनुसार गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्षको हुन्छ । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने स्पष्ट व्यवस्था संविधानमा छ । निर्वाचन ऐनअनुसार ०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ मा सकिँदैछ । तर, २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी  तीन चरणमा निर्वाचन भएकाले अन्तिम मिति कसलाई मान्ने भन्ने विषयमा अन्यौल रहेको गठबन्धनको तर्क छ । उनीहरूले वैशाखम...
ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

राजनीति
बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन्। Advertisement मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई आज राजदूत नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले आज ज्ञानचन्द्रलाई राजदूत नियुक्त गरेको विज्ञप्ति निकालेर जानकारी दिएका छन्। ...
कार्यसम्पादन समितिमा देउवाले क-कसलाई रोज्दैछन् ?

कार्यसम्पादन समितिमा देउवाले क-कसलाई रोज्दैछन् ?

राजनीति
काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । कार्यसम्पादन समिति पार्टीको निर्णय प्रक्रियामा केन्द्रीय कार्यसमितिभन्दा चुस्त र अधिकारसम्पन्न हुन्छ । मंसिरमा भएको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवाले दुई महिना बित्नै लाग्दा कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् । शुक्रबार दिउँसो ३ बजेबाट भर्चुअल रुपमा कांग्रेसको तेस्रो केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा आमन्त्रण पत्रमै ‘कार्यसम्पादन समिति गठन’ को एजेन्डा उल्लेख छ । कांग्रेसमा प्रायजसो एजेन्डा खुलाएर बैठकमा आमन्त्रण गर्ने गरिएको छैन । Advertisement स्थानीय निर्वाचनको मिति, गठबन्धन र राष्ट्रिय राजनीतिका विविध विषयमा पार्टीमा छलफल नै नभएको गुनासो आइरहेका बेला देउवाले भर्चुअल माध्...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा शुक्रबार दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो । Advertisement ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा २०७८ माघ १४ गते दिउँसो ३ बजे बस्ने भएको छ‚’ सूचनामा भनिएको छ । यसअघि कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबारे बहस र छलफल गरिरहेको भन्दै बैठकको माग गरेका थिए । निर्वाचनको मिति र निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसमा मत विभाजित छ । ...
निर्वाचन समयमै गर्न राष्ट्रपति भण्डारीको आग्रह

निर्वाचन समयमै गर्न राष्ट्रपति भण्डारीको आग्रह

राजनीति
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न आग्रह गरेकी छन् । राष्ट्रपति निवास शीतलनिवास पुगेका प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने बताएकी हुन् । Advertisement ‘संविधानको भावनाबमोजिम समयमै स्थानीय निर्वाचन गर्नुपर्छ । अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ,’ भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भनेको उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने । जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताएक...
कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन माग

कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन माग

राजनीति
काठमाडौँ — आसन्न निर्वाचनको मिति कहिले भन्ने विषयमा बहस भइरहेका बेला नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । पार्टीभित्र छलफल नै नगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा त्यसबारे बहस र छलफल गरिरहेको भन्दै पार्टीका पदाधिकारीहरुले नै बैठकको माग गरेका हुन् । नेता शेखर कोइराला समूहले गत सोमबार भर्चुअल बैठक गर्दै केन्द्रीय समितिको बैठक बोलाएर त्यसबारे पार्टीमा छलफल गर्नुपर्ने माग गरेका थिए । सो बैठकपछि महामन्त्री गगन थापासहितका नेताहरूले सभापति देउवालाई भेटेर भर्चुअल माध्यमबाट भए पनि बैठक गरेर अघि बढ्नुपर्ने बताएका थिए । Advertisement कोभिड-१९ को महामारीका कारण सरकारले २५ जनाभन्दा बढी मान्छेहरू जम्मा नहुन र भीड नगर्न आदेश जारी गरेको छ । कांग्रेसको केन्द्रीय समिति १४८ सदस्यीय छ । महाम...