२०८२ चैत्र २५

राजनीति

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

राजनीति
काठमाडौँ — लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् । Advertisement अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गरेका थिए । यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो । यसबीचमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेको अवरोधल...
राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालको बधाई

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालको बधाई

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरूलाई बधाई दिएका छन् । Advertisement उनले जारी गरेको सन्देशमा विजयीहरूको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ । राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरू उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र नेकपा (एमाले)बाट एक सदस्य निर्वाचित भएका छन् । रासस ...
संघीय तहमै आउन पाउनुपर्ने कर्मचारीको माग सर्वोच्चद्वारा अस्वीकार, लोक सेवा आयोगलाई नतिजा प्रकाशन गर्न बाटो खुल्यो

संघीय तहमै आउन पाउनुपर्ने कर्मचारीको माग सर्वोच्चद्वारा अस्वीकार, लोक सेवा आयोगलाई नतिजा प्रकाशन गर्न बाटो खुल्यो

राजनीति
काठमाडौँ — अदालतको आदेशका कारण रोकिएको परीक्षाफल प्रकाशन गर्न लोक सेवा आयोगलाई बाटो खुलेको छ। सर्वोच्च अदालतले बुधबार समायोजनका क्रममा प्रदेश र स्थानीय तहमा गएका कर्मचारीले आफूहरू संघीय तहमै आउन पाउनुपर्ने माग गर्दै दायर गरेका रिट निवेदन खारेज गरेसँगै निर्वाचन आयोगलाई अधिकृत तहमा रोकिएका परिक्षाफल प्रकाशन गर्ने बाटो खुलेको हो । Advertisement सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले समायोजनमा गएका कर्मचारीलाई संघीय तहमै फर्काउने आदेश जारी गर्न अस्वीकार गरेका हुन् । साथै परीक्षाफल स्थगित भएका कारण प्रभावित भएका परिक्षार्थीहरूले दायर गरेको रिट जारी गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नू भनि लोकसेवा आयोगका नाममा परमादेश ...
प्रहरीमा तीन र सशस्त्रमा एक एआईजी थप्‍ने तयारी

प्रहरीमा तीन र सशस्त्रमा एक एआईजी थप्‍ने तयारी

राजनीति
काठमाडौँ — सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)मा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी बढाउने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो । Advertisement सहमतिसहितको फाइल अर्थले गृहमा पठाइसकेको स्रोत बताउँछ । दरबन्दी थप्ने सम्बन्धी दुवै प्रहरीबाट आएका प्रस्तावमा गृह मन्त्रालयले आन्तरिक छलफल गरी सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थले प्रहरीमा तीन र सशस्त्रमा एउटा दरबन्दी बढाउन सहमति दिएको स्रोतले बतायो । स्रोतका अनुसार सशस्त्र प्रहरीमा हाल २ वटा एआईजीको दरबन्दी छ । कार्य तथा सीमा विभाग र मानवस्रोत तथा प्रशासन विभाग रहेकोमा कार्यबाट सीमा विभाग अलग गरी सीमा सम्बन्धी मामिला हेर्न एआईजीको नेतृत्वमा सीमा विभाग बनाउने तयारी छ । त्यसकै लागि एआईज...
पशुपति धर्मशाला अब बतास समूहले सञ्चालन गर्दैन, सम्झौता रद्द गरियो: मन्त्री आले

पशुपति धर्मशाला अब बतास समूहले सञ्चालन गर्दैन, सम्झौता रद्द गरियो: मन्त्री आले

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। Advertisement बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको मन्त्री आलेले मंगलबार मन्त्रालयमा पत्रकारहरूलाई बताए। मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको उनले बताए। ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन,’ उनले भने। पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो। पशुपति विकास कोष र बतास समूहअन्तर्...
नेपालमै मल कारखाना खोल्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

नेपालमै मल कारखाना खोल्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।  Advertisement मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् । उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए । उनल...
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ : आयोग

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ : आयोग

राजनीति
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । Advertisement आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दुई चरणमा चुनाव गराउन सकिने प्रस्ताव गरिएको जानकारी दिएको छ । वैशाख १४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सम्भव नभए दुई चरणमा गर्न सकिने प्रस्ताव आयोगको छ । आयोगले प्रधानमन्त्रीलाई पटक–पटक भेटेर स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरिएको पनि उल्लेख गरेको छ । “कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोस्रो चरण २०७९ वैशाख २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको व्यहोरा विदितै छ,” विज्ञप्तिमा भनिएको छ । साथै, आयोगले वैशाख मसान्तभि...
प्रदेश १ को नाम राख्न छलफल नै सुरु भएन, आफ्नो प्रस्ताव नआए एमालेले मतदान नगर्ने

प्रदेश १ को नाम राख्न छलफल नै सुरु भएन, आफ्नो प्रस्ताव नआए एमालेले मतदान नगर्ने

राजनीति
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभाको यही अधिवेशनबाट प्रदेशले नाम पाउने दाबी गरेका छन् । नामको विषयलाई औपचारिक रूपमा प्रदेश सभा बैठकमा पवेश गराउने सरकारको तयारी रहेको उनले सुनाएका छन् । तर, प्रदेश सरकारको बागडोर सम्हालेको तीन महिना बित्न लाग्दासमेत अनौपचारिक रूपमासमेत नामबारे सरकारले अहिलेसम्म कुनै छलफल चलाएको छैन । प्रदेश सभाको बैठक मुख्यमन्त्री राईले विश्वासको मत लिएयता स्थगित छ । Advertisement सरकारले गठबन्धनभित्रका पाँच दलभित्र पनि नामको विषयमा छलफल अघि बढेको छैन । प्रमुख विपक्षी एमाले र विपक्षी दल राप्रपासँग नामको विषयमा अहिलेसम्म कुनै छलफल गरिएको छैन । यो तीन महिनाको अवधिमा ‘सरकार यही छ कि अन्त कतै हरायो’ भन्दै एमालेले टिप्पणी गर्न सुरु गरिसकेको छ । नामलाई दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने भएकाले एम...
मंसिरमै प्रतिनिधिसभा : फागुनमा स्थानीय चुनाव

मंसिरमै प्रतिनिधिसभा : फागुनमा स्थानीय चुनाव

राजनीति
काठमाडौं । सत्तारुढ दलहरुबीच मंसिरमै प्रतिनिधिसभा निर्वाचन गरेर माघ वा फागुनमा स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको छ । सत्तारुढ दलहरुले असोजमा स्थानीय तह निर्वाचन भएको मानेर छ महिनाभित्र चुनाव गर्ने र त्यतिञ्जेल कायम रहेका प्रतिनिधिले नै काम गर्ने गरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरेका छन् । Advertisement अहिलेको तयारीअनुसार नै अघि बढे असोजमा स्थानीय तह निर्वाचन भएको मान्दा फागुनसम्म स्थानीय तह निर्वाचनका लागि म्याद बाँकी रहन्छ ।  त्यसो हुँदा सरकारले मंसिरमै प्रतिनिधिसभा निर्वाचन गराएर त्यसपछि स्थानीय तहको निर्वाचन गर्नसक्ने सत्तारुढ दलका एक नेताको भनाई छ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्तारुढ गठबन्धनका संयोजक रामचन्द्र पौडेल भने ठोस सहमति नभइसकेको बताउँछन् ।  “अहिले चुनाव कहिले र कसरी गराउने भनेर ठोस सहम...
स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किदै वर्षमान पुन

स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किदै वर्षमान पुन

राजनीति
चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कने भएका छन्। Advertisement आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउने भएका हुन्। पूर्वसभामुखसमेत रहेकी वर्षमान पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल आउनेछिन्। वर्षमानको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरिएको थियो। वंशाणुगत जण्डिसका बिरामी वर्षमान जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए। बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो। हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा छ। बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो। चिकित्सकहर...