प्रदेश १ सरकारको टोली बजेट माग्दै सिंहदरबारमा
ठूला विकास आयोजनाहरू सञ्चालन गर्न बजेट अभाव भएपछि प्रदेश १ सरकारको एउटा उच्चस्तरीय टोली केही दिनयता बजेट माग्दै सिंहदरबार धाइरहेको छ।
Advertisement
संघ सरकारबाट प्रदेशमा हस्तान्तरित तथा प्रदेशले प्राथमिकताको सूचीमा राखेका बहुवर्षीय विकास आयोजनाहरू बजेट अभावले अघि बढ्न नसक्ने अवस्था सिर्जना भएपछि सरकारी टोली प्रधानमन्त्री, अर्थमन्त्री लगायतसँग सहयोग माग्दै सिंहदरबार पुगेको हो।
चालु आर्थिक वर्षमा मात्रै प्रदेशका ठूला र बहुवर्षीय आयोजनाहरूमा ५ अर्ब रुपैयाँ हाराहारी रकम अपुग हुने अवस्था देखिएपछि सरकारी टोली संघसँग गुहार माग्न काठमाडौं पुगेको हो। प्रदेशको सरकारी टोलीले प्रधानमन्त्री र अर्थमन्त्रीबाट सकारात्मक आश्वासन पाएको जनाएको छ।
मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोसहितको प्रदेशको टोलीले यह...









