२०८३ कार्तिक १३

हिजो एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष आज फेरि माओवादीमै फर्किए

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा इन्चार्ज पुन: नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। 


Advertisement


अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले एक विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा फर्किएको बताएका छन्।

उनी सोमबारमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर पार्टी प्रवेश गरेका थिए। 

तर आफूभित्र क्षणिक आक्रोश र आवेगमा आएर राजनीतिक रूपमा गम्भीर गल्ती-कमजोरी हुन गई पुन: पार्टीमा फर्किएको उनले बताए। 

‘मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनीघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘र आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णय अनुसार क्रियशील हुन्छु।’
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap