२०८३ कार्तिक १३

फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियुको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले फेरि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएको छ।


Advertisement


जनताको ढाड सेक्ने गरी एलपी ग्यास र पेट्रोलियम पदार्थको हप्तैपिच्छे भइरहेको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजीवी जनताको जीवनयापन अत्यन्तै कष्ठकर अवस्थामा पुगेको भन्दै अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘कालाबजारिया, घुसखोरीहरूको बिगबिगी बढिरहेको छ। सेटिङको माध्यमबाट ठेक्काहरू आफ्ना कार्यकर्ताहरूलाई दिने दलाली प्रवृत्ति दिन प्रतिदिन मौलाइरहेको छ’, बुधबार अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मुलुकको अर्थतन्त्रलाई कमजोर पार्न बग्रेल्ती खुलिरहेका हुण्डीहरूलाई अनुगमन र कारबाही गर्नुको साटो प्रोत्साहन भइरहेको छ।’

त्यसैले छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र देशको आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न अनेरास्ववियुले माग गरेको छ। 

समाधानका निम्ति सरकार अग्रसर नभए गठबन्धन सरकार विरूद्धमा आन्दोलनको आँधीबेहरी ल्याएर सरकारका कुकर्महरूको भण्डाफोर गरी घुँडा टेकाउने अनेरास्ववियुले चेतावनी दिएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap