२०८३ कार्तिक १३

यो सरकार कुहिएर फतक्क झरोस्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ढाल्नतर्फ एमाले नलाग्ने बताएका छन्।


Advertisement


पार्टीनिकट उद्योगी व्यवसायीको भेलामा आज बोल्दै अध्यक्ष ओलीले सरकारलाई फलसँग तुलना गरेका थिए।

‘अहिलेको गठबन्धन सरकार कहिलेसम्म चल्छ? यो कुहिइसकेको छ,’ ओलीले भने, ‘कुहिएको फल पनि कुहियो भन्नेवित्तिकै झर्दैन, झर्नलाई मज्जाले कुहिनुपर्छ। यो झर्नेतर्फ जाँदैछ। झर्ने समय हामीले पर्खनुपर्छ।’

उनले सरकार ढाल्न एमाले नलाग्ने बताए।

‘यो सरकार ढाल्न हामी कोसिस नै गर्दैनौं। ढालेको बात पनि नलागोस्,’ उनले भने, ‘यो आफैँ झरोस्, कुहिएर फतक्कै झरोस्।’

एमालेले अहिले सरकारतिरभन्दा पनि चुनावमा ध्यान दिइरहेको उनले बताए। उनले अहिलेको सरकार ढलेन भने देशलाई बरबादीतर्फ लैजाने पनि बताए।

‘यो सरकार तुरून्तै ढलेन भने, जतिदिन रहन्छ देशलाई बरबादीतिर धकेल्छ,’ उनले भने, ‘प्रहरी भाइहरूले झुक्किएर ताली हान्नुहोला फेरि..। देश बनाउन सबैलाई परेको छ। सबैलाई समस्या छ। कसैलाई ताली बजाउन मिल्छ कसैलाई मिल्दैन तर भोट हाल्न सबैलाई मिल्छ।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap