२०८३ कार्तिक १३

एमालेले गरेन निर्वाचन आचार संहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन आचार संहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको छैन। 


Advertisement


मंगलबार निर्वाचन आयोगले स्थानीय चुनावका लागि आचार संहितामा प्रतिबद्धता माग्न बैठक बोलाएको थियो। आयोगले जारी गरेको आचार संहिताबारे जानकारी नै नदिई प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै साना दलले नाराबाजी गरेका थिए।

साना दल र आयोगको होहल्लाले गर्दा आज प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने वातावरण नभएको एमालेले जनाएको छ।

‘निर्वाचन आचार संहितामा हाम्रो प्रतिबद्धता छ तर आज साना दल र आयोगबीच होहल्लाले गर्दा हस्ताक्षर गर्ने वातावरण बनेन’, एमाले निर्वाचन विभागका उपप्रमुख  निरज आचार्यले भने।

राम्ररी छलफल र बहस हुन नपाएको भन्दै एमालेले हस्ताक्षर गर्न नमानेको हो।

केही साना दलका प्रतिनिधिहरूले नाराबाजी गरे पनि आयोगले उनीहरूको माग सुनुवाइ गरेन। आयोगले चैत ३ गते आचार संहिता राजपत्रमा प्रकाशित गरिसकेको छ। 

केही दलका तर्फबाट सहभागी भएका प्रतिनिधिले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर फर्किएका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap