पेट्रोलियम खपत २० प्रतिशत घटाउने विकल्पबारे मुख्यसचिव नेतृत्वको कार्यदलले अध्ययन गर्दै
अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेनलमा अर्थमन्त्री जनार्दन शर्मा।
अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियमको मूल्य बढ्दै गएपछि खपत घटाउने विभिन्न विकल्पमा सरकारले अध्ययन सुरू गरेको बताएका छन्।
Advertisement
अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले इन्धन खपत २० प्रतिशत घटाउन सार्वजनिक विदाको दिन सरकारी गाडी नचलाउने र सार्वजनिक विदा थप्ने विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लगिएको जानकारी दिए।
सार्वजनिक विदा बढाएर दुई दिन गर्नेबारे गृहकार्य भइरहेको कुरा यसअघि नै आएको थियो।
मन्त्रिपरिषदमा छलफल क्रममा रहेको उक्त प्रस्तावमाथि मुख्य सचिव नेतृत्वको कार्यदलले अध्ययन गरिरहेको पनि अर्थमन्त्री शर्माले बताएका छन्।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै अर...









