गठबन्धनलाई कांग्रेसले भन्यो– डालोको मत मानोमा खन्याउँदा पोखिन्छ
नेपाली कांग्रेस कास्कीले पोखरा महानगरको मेयरसहित जिल्लाका ४ वटै गाउँपालिका प्रमुख अन्य दललाई दिन नसक्ने बताएको छ।
Advertisement
सत्तारूढ ५ दलीय गठबन्धनको शुक्रबार पोखरामा बसेको बैठकमा कांग्रेसले उक्त कुरा बताएको हो।
गठबन्धनका शीर्ष नेताहरूले पठाएको निर्देशन अनुसार नै अन्य दललाई महानगरका मेयरसहित गाउँपालिका अध्यक्ष दिन नसक्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।
गठबन्धनका शीर्ष नेताहरूले २०७४ सलाको मतभार र जनमतका आधारमा प्रमुख पदको नेतृत्व गर्ने गरी निर्देशन पठाएको थियो।
कास्की ५ वटै स्थानीय तहका ७२ वटै वडामा गठबन्धनका अन्य दलभन्दा कांग्रेस बलियो भएकाले निर्देशन अनुसार दाबी पेस गरेको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए।
‘डालोमा भएको मत मानोमा हाल्दा पोखिन्छ, मानोको मत डालोमा हाल्दा परिणाम आउँछ,’ उनले भने, ‘कास्कीमा केन्द्रकै निर्देशन...









