सरकारले सशस्त्र प्रहरीको एआइजीमा राजु अर्याललाई गर्यो बढुवा, आइजिपी बन्ने पक्का
सरकारले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
Advertisement
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो।
गत चैत ३० गते पुष्पराम केसी महानिरीक्षक (आइजिपी) बाट भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमै अनिवार्य अवकाश पाउने भएका हुन्। केसी २०७९ वैशाख १८ सम्म नेतृत्वमा रहने छन्।
अर्याल अतिरिक्त महानिरीक्षक भएसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अत...









