२०८२ चैत्र २७

राजनीति

काठमाडौंको मेयरमा बालन साहको उम्मेदवारी दर्ता

काठमाडौंको मेयरमा बालन साहको उम्मेदवारी दर्ता

देश, राजनीति, समाचार
काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। Advertisement वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ। तस्बिरहरू: ...
विराटनगरमा स्वतन्त्र उमेदवारले दर्ता गराए मनोनयनपत्र 

विराटनगरमा स्वतन्त्र उमेदवारले दर्ता गराए मनोनयनपत्र 

देश, राजनीति, समाचार
विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनको उमेदवारी मनोनयनपत्र दर्ता सुरु भएको छ । आइतबार विराटनगर महानगरपालिका वडा नम्बर–१० को अध्यक्षमा माधव वाग्लेले मनोनयनपत्र दर्ता गराएका छन् । उनी यसअघि स्वतन्त्र उमेदवारी दिएर विजयी भएका थिए । सोही वडामा मोहन साह हलुवाईले पनि वडा सदस्यमा मनोनयनपत्र दर्ता गराएका छन् । Advertisement ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले टिकट नदिएपछि वाग्ले स्वतन्त्र उमेदवार बनेका थिए । विराटनगरस्थित रेडक्रसको भवनमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिकामा वडाध्यक्ष र दुई सदस्यका लागि पहिलो उमेदवारी दर्ता भएको छ । कार्यालयका प्रमुख निर्वाचन अधिृकत भरत लम्सालले आज बिहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको बताए । मनोनयन दर्ता आज बेलुका ५ बजेसम्म र सोमबार पनि हुनेछ । मोरङको रंगेली नग...
अध्यादेश ल्याएर ५२ संवैधानिक पदाधिकारीको सिफारिसमा ओलीले सर्वोच्चलाई दिए लिखित जवाफ

अध्यादेश ल्याएर ५२ संवैधानिक पदाधिकारीको सिफारिसमा ओलीले सर्वोच्चलाई दिए लिखित जवाफ

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको संवैधानिक परिषदको अध्यादेश र त्यो अध्यादेश अनुरूप गरिएका संवैधानिक नियुक्तिको बचाउ गर्दै सर्वोच्च अदालतलाई लिखित जवाफ दिएका छन्।  तत्कालीन प्रधानमन्त्री ओलीका नाममा जारी कारण देखाऊ आदेशको लिखित जवाफ उनले विपक्षी दलको नेताका रूपमा वैशाख २ गते महान्यायाधीवक्ता कार्यालयमार्फत दिएका हुन्।  सरकार परिवर्तन भएका कारण अहिले आफू विपक्षी दलको नेता रहेको उल्लेख गर्दै यस्तो अवस्थामा प्रधानमन्त्री हुँदा गरेका कामको लिखित जवाफ बुझाउनु पर्ने प्रणालीलाई उनले अविवेकी प्रणाली भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका छन्। सरकार निरन्तर स्थायी हुने हुँदा पहिलेको सरकारले गरेको कामप्रति नयाँ सरकारले नै लिखित जवाफ बुझाउनुपर्ने जिकिर उनले गरेका छन्।  Advertisement 'प्रस्तुत मुद्दामा...
बालकोटमा एमाले सचिवालय बैठक जारी

बालकोटमा एमाले सचिवालय बैठक जारी

राजनीति
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहिबार अपरान्हबाट बैठक बसिरहेको छ । Advertisement आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा उम्मेदवारीबारे छलफल गर्न  बैठक बसेको हो। बैठकमा निर्वाचनको तयारीलगायतका विषयमा छलफल भइरहेको छ।  एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ।   यसअघि बुधबारनै सत्तारूढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरमा संयुक्त उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्। ...
बेलायती प्रधानमन्त्री जोनसन भारत भ्रमणमा

बेलायती प्रधानमन्त्री जोनसन भारत भ्रमणमा

राजनीति
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत भ्रमणका लागि गुजरात पुगेका छन्।  Advertisement बिहीबार बिहान गुजरातको अहमदाबाद आइपुगेका जोनसनलाई गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले स्वागत गरे। यसअघि नै निर्धारण गरिएको प्रधानमन्त्री जोनसनको भारत भ्रमण कोरोना महामारीका कारण रोकिएको थियो। बोरिस दुई दिने भारत भ्रमणमा आएका हुन्।  भ्रमणको पहिलो दिन आज जोनसन गुजरातमा बस्नेछन्। त्यहाँ उनले विज्ञान, स्वास्थ्य र प्रविधि सहकार्यमा लगानी घोषणा गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। शुक्रबार जोनसन दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर आर्थिक, सुरक्षा र रक्षा सम्बन्धका विषयमा केन्द्रित हुने कार्यतालिका छ। ...
पालिका भवन : केहीले बनाए, कहीँ बन्दै

पालिका भवन : केहीले बनाए, कहीँ बन्दै

राजनीति
विद्युतीय भर्‍याङ (लिफ्ट)सहितका सुविधायुक्त प्रशासकीय भवन बनाएर ताराखोला र बडिगाड गाउँपालिकाले बागलुङका अरू स्थानीय तहलाई उछिनेका छन्। काठेखोला गाउँपालिकाको भवन बनाउने योजना अधुरै रहँदा गलकोट र जैमिनी नगरपालिकाले जेनतेन जग्गाको जोहो गरेर भवनको जग हाले। तमानखोला र निसीखोला गाउँपालिकाले पनि प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक भवन बनाए। ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिका जग्गा जुटाएर भवन निर्माणको सुरसारमा छन्। जिल्लाको जेठो बागलुङ नगरपालिका भने सेवाग्राहीलाई पायक नपरेको भन्दै आफ्नो भवन छाडेर अर्काेमा आश्रित छ।  Advertisement यसरी आफ्नो पाँचवर्षे कार्यकालको आखिरीमा आइपुग्दा केहीले पालिकाका भवन बनाइछाडे, कुनै जनप्रतिनिधिले चाहेर पनि सकेनन्। यो अवधिमा आफ्नै भवन नहुँदा भाडामा ठूलो धनराशी स्थानीय तहले खर्चिए। अहिले पनि ढोरपाटन, गलकोट नगरप...
बुढीगण्डकी चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयमा चीनको असन्तुष्टि

बुढीगण्डकी चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयमा चीनको असन्तुष्टि

राजनीति
बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति चीनले असन्तुष्टि जनाएको छ। Advertisement बिहीबार दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या परेको बताइन्। ‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताले लामो समयसम्म तयारी गरेका हुन्छ। सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ,’ यान्छीले भनिन्,‘यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ।’ केपी शर्मा ओली सरकारले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बनाउन दिने निर्णय गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले केही दिनअघि  १२ सय मेगावाटको यो आयोजना आफैं बनाउने निर्णय गरेको हो। राजदूत यान्छीले नेपालमा चिनियाँ लगानीकर्ता...
शेखरसँग गगनको कानेखुसी- दाइ, कस्तो बिडम्बना! हामीले अर्कै दललाई छाप हान्नुपर्ने भयो

शेखरसँग गगनको कानेखुसी- दाइ, कस्तो बिडम्बना! हामीले अर्कै दललाई छाप हान्नुपर्ने भयो

राजनीति
सत्तागठबन्धनले बालुवाटारमा महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रूप दिइरहँदा नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा नेविसंघको कार्यक्रममा व्यस्त थिए। Advertisement कोइराला पक्षका नेविसंघले स्थापना दिवस मनाउन जमलमा गरेको विचार गोष्ठीमा कोइराला र थापाबीच केहीबेर चुनावी गठबन्धनबारे कानेखुसी चल्यो। यो कुरा कोइरालाले आफूले भाषण गर्ने क्रममा विस्तृतमा खुलाए। ‘अहिले हामी कानेखुसी गर्दै थियौं, गगनजीले मलाई भन्नुभयो- दाइ कस्तो बिडम्बना भयो, हामीहरूले त अर्को पार्टीको चिन्हमा स्वस्तिक छाप लगाउनुपर्ने भयो।’ कोइरालाले कम्युनिष्टहरूसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न पनि गरेका थिए। ‘कम्युनिष्टहरूसँग मिलेर चुनाव लड्नुपर्ने अवस्था किन आयो, चुनावपछि हामी लेखाजोखा गर्छौं,’ कोइरालाले भने, ‘कांग्रेसका उम्मेदव...
तालमेलको निर्णय गर्ने अधिकार स्थानीय पार्टी समितिलाई छ: गगन थापा

तालमेलको निर्णय गर्ने अधिकार स्थानीय पार्टी समितिलाई छ: गगन थापा

राजनीति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताएका छन्। Advertisement नेविसंघले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने तय स्थानीयस्तरकै संरचनाले गर्ने केन्द्रीय समितिको निर्णय भएको बताए। ‘स्थानीय तहको आवश्यकता र औचित्य छ कि छैन पार्टीको स्थानीय तहले भन्न पाउने हो कि होइन?,’ उनले भने, ‘तालमेल गर्ने कि नगर्ने निर्णय स्थानीयस्तरबाटै गर्न पाउनुपर्छ।’ महानगर र उपमहानगरको भने पार्टी केन्द्रले चुनावी तालमेलको निर्णय गर्ने उनले बताए। ‘महानगर र उपमहानगर केन्द्रबाट हुन्छ अरू तालमेल गर्ने कि नगर्ने स्थानीयस्तरमै साथीहरूले छलफल गरेर निर्णय गर्न सक्नुहुन्छ,’ उनले भने। ...
मेयर सिफारिसबारे छलफल गर्न कांग्रेस काठमाडौं महानगरको बैठक जारी

मेयर सिफारिसबारे छलफल गर्न कांग्रेस काठमाडौं महानगरको बैठक जारी

राजनीति
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिफारिस गर्नेबारे छलफल गर्न नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठक आज बसेको छ। Advertisement पार्टी सचिव पुरूषोत्तम खकुरेलका अनुसार मेयरका उम्मेदवार सिफारिस गर्नेबारे छलफल गरिएको हो। ‘स्थानीय चुनाव केन्द्रित बैठक चलिरहेको छ। मेयरका आकांक्षीका नाम सिफारिस गर्नेबारे पनि छलफल भइरहेको छ,’ खकुरेलले भने, ‘महानगरका सभापति नीलकाजी शाक्यको नाम सिफारिस गर्ने यसअघि नै निर्णय गरिएको हो। अन्य नाम पनि सिफारिस गर्ने तयारी छ।’ मेयरका इच्छुकहरूबाट नाम लिन पार्टीले समय दिएर आह्वान गर्ने वा नगर्नेबारे भने अहिले निर्णय भइनसकेको उनले बताए। मेयरका आकांक्षी रहेका महानगर सभापतिमा पराजित प्रगतिमान रञ्जितले भने आफूलाई बैठकमा नबोलाइएको बताए। ‘मलाई बैठकमै बोलाइएको छैन। म पनि मेयरको आकांक्षी हुँ,’ उनले भने। काठमाडौ...