२०८२ चैत्र २६

राजनीति

बालेनले पाए चुनाव चिह्न लौरो

बालेनले पाए चुनाव चिह्न लौरो

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उमेदवार बालेन शाहले लौरो चुनाव चिह्न पाएका छन् । Advertisement निर्वाचन आयोगले आज स्थानीय निर्वाचनका उमेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो ।  लौरो चुनाव चिह्न पाएपछि बालेनले सामाजिक सञ्जालमार्फत लौरो बुढाबुढीलाई टेकाउन र भष्ट्राचारीलाई सेकाउन मिल्ने बताएका छन् । ...
आर्थिक समृद्धिको नेतृत्व गर्ने अभिभारा काँग्रेसको काँधमा : विनोद चौधरी

आर्थिक समृद्धिको नेतृत्व गर्ने अभिभारा काँग्रेसको काँधमा : विनोद चौधरी

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य विनोद चौधरीले आर्थिक समृद्धिको नेतृत्व गर्ने अभिभारा नेपाली कांग्रेसको काँधमा आएको बताएका छन् । Advertisement स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्तापछि नवलपुरको चुनावी अभियानमा उद्योगी समेत रहेका चौधरीले २०७४ को स्थानीय तह निर्बाचनमा नवलपुरमा अधिकांश पालिका जितेको कांग्रेसले यसपटक जिल्लाका सबै पालिकामा जित निकाल्दै विकास र समृद्धिको राजनीतिक यात्रा शुरू गर्नु पर्ने बताए । यसका लागि कांग्रेसका स्थानीय नेताहरुको नेतृत्वदायी भूमिका रहने भन्दै आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न नेताहरूलाई आग्रह गरे । नवलपुर जिल्लामा मध्यविन्दू, कावासोती, देवचुली र गैँडाकोट गरि चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, बिनयी त्रिबेणी र वुलिङ्गटार गरि चार गाउँपालिका रहेका छन् ।  ...
नेपाल– अमेरिका सम्बन्ध ७५ वर्षमा प्रवेश, राजदूतले दिए शुभकामना 

नेपाल– अमेरिका सम्बन्ध ७५ वर्षमा प्रवेश, राजदूतले दिए शुभकामना 

राजनीति
काठमाडौं । नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । यस अवधिमा नेपाल र अमेरिका एक अर्काको साथमा उभिँदै आएको नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले एक शुभकामना सन्देशमार्फत भनेका छन् । Advertisement उनले अमेरिकी जनताले पनि नेपालीहरुलाई चिकित्सा र विज्ञानमा प्रगति गर्ने, पर्वतारोहीका रुपमा लगभग असम्भव उचाइमा पुग्ने, शान्ति सेनामा सम्मानजनक र बहादुरीसाथ सेवा गर्ने मानिसका रुपमा चिन्ने उल्लेख गरेका छन् । सन्देशमा नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउने र सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको बेलामा युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्‍यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबा...
तालमेलका विषयमा पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्नेमा थापाको जोड

तालमेलका विषयमा पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्नेमा थापाको जोड

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका विषयमा जे–जस्तो बहस भए पनि अब पार्टीले गरेको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।  Advertisement शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस, मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारिक निर्णयअनुसार सबै अघि बढ्नुपर्ने बताएका हुन् ।  तालमेलका विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनको भनाइ छ । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराउनुपर्ने बताए ।  थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे ।  ...
कांग्रेस त्यागेर तुलसीपुरका बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल एमालेमा प्रवेश

कांग्रेस त्यागेर तुलसीपुरका बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल एमालेमा प्रवेश

राजनीति
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ नेताहरू बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्।  Advertisement शुक्रबार उनीहरूरु एमाले महासचिव शंकर पोखरेलको हातबाट एमालेको पार्टी सदस्यता लिँदै पार्टी प्रवेश गरेका हुन्।  खत्री कांग्रेस  दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य हुन्। यसअघि उनी तुलसीपुर ९ को वडा इकाइ सभापति थिए। त्यस्तै युवा नेता जितबहादुर खड्का, कांग्रेस समन्वय विभाग लुम्बिनी प्रदेश संयोजक गीता पौडेल पनि एमालेमा पार्टी प्रवेश गरेका छन्।  खड्का राप्ती बबई क्याम्पसदेखि नै नेविसंघको विद्यार्थी राजनीति गर्दै आएका ब्यक्ति हुन्।  खड्काले कांग्रेस भित्रको अपमान सहन गर्न नसकी एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्। ...
अमेरिकी राजदूत बेरी भन्छन्- अमेरिकीहरू नेपालीलाई चार कुराले चिन्छन्

अमेरिकी राजदूत बेरी भन्छन्- अमेरिकीहरू नेपालीलाई चार कुराले चिन्छन्

राजनीति
नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकीहरूले नेपालीलाई चार कुराले चिन्ने बताएका छन्।  नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै बेरीले ७५ वर्षको यस अवधिमा हाम्रा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिँदै आएका बताएका छन्। ‘अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत् विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्दछन्,’ बेरीले भनेका छन्।  उनले नेपाल र अमेरिकाको सम्बन्ध पुस्तौंदेखि चल्दै आएको र अझै चलिरहने उल्लेख गरेका छन्। Advertisement सम्बन्धको सुरूआ...
कांग्रेस गण्डकीका सभापतिले भने– म माथि आक्रमण भयो, दोषीलाई कडा कारबाही होस् 

कांग्रेस गण्डकीका सभापतिले भने– म माथि आक्रमण भयो, दोषीलाई कडा कारबाही होस् 

राजनीति
नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले आफूमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको बताएका छन्। पोखरा–२४ का वडा अध्यक्षका कांग्रेस उम्मेदवार भरतबहादुर केसीको समूहले आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको शर्माले बताए। Advertisement ‘मलाई मार्छु भनेर आए, बिचमा साथीहरू भएकाले हातपात गर्न सकेनन्,’ उनले भने, ‘मलाई सिध्याउँछु भनेका थिए, सकेनन्।’ आक्रमणकारी समूहले आफूमाथि ‘डाँका शैली’ मा आक्रमण गरेको दाबी गरे। ‘म बसेको कुर्ची फालेर अत्यन्त विध्वंश गरे, डाँका शैलीमा,’ उनले भने, ‘पुरा डाँका शैलीमा ज्यान मार्ने धम्कीका साथ आए।’ उक्त समूहले पार्टी कार्यालयमा आएर सामान्य सोधपुछ र छलफल समेत नगरेको शर्माले बताएका छन्। कार्यालयमा शर्मासहित कांग्रेसका अन्य जिल्लाका कार्यकर्तासहित, प्रवक्ता माधव वास्तोला र कार्यालय सचिव प्रकाश बराल थिए।  ‘हामीस...
राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले छाडिन् पार्टी

राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले छाडिन् पार्टी

राजनीति
राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी छाडेकी छन्। Advertisement उनी कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य तथा महिला संगठन विभाग उपाध्यक्ष थिइन्। उनले अध्यक्ष थापालाई सम्बोधन गर्दै आज राजीनामा दिएकी हुन्। केन्द्रीय सदस्य र साधारण सदस्यबाट राजीनामा दिएको उनले बुझाएको पत्रमा उल्लेख छ। यसअघि बुधबार केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पनि राप्रपा नेपाल छाडेका थिए। ...
गगनलाई ओलीको व्यंग्य: जब चाहियो भने बालकोट आउनू,ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिन्छु

गगनलाई ओलीको व्यंग्य: जब चाहियो भने बालकोट आउनू,ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिन्छु

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरूलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।  उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए। अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहोर्‍याए। उनले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरू उम्मेदवारमा आएको बताए।उनले नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप समेत लगाए। Advertisement अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा बहसका लागि आउन चुनौती दिए।  उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परी...
ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे: माधव नेपाल

ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे: माधव नेपाल

राजनीति
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्। Advertisement बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन्।  उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए।  उनले आफूले जनताको सेवा गरे पनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए।  अध्यक्ष नेपालले आफूले इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए। अध्यक्ष नेपालले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गर...