२०८३ कार्तिक १३

ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्।


Advertisement


बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन्। 

उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए। 

उनले आफूले जनताको सेवा गरे पनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए। 

अध्यक्ष नेपालले आफूले इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए।

अध्यक्ष नेपालले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे। के काम गरेभन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे। ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरू गरे। लुट्ने, चुस्ने काम केपी ओलीले गरे। देश र जनताको सेवा गर्ने काम हामीले गर्‍यौं। दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्‍यौं। हामीले राज्यको सम्पत्तिको सदुपयोग हुनुपर्छ भन्यौं। उनले दुरूपयोग गर्नुपर्छ भने यो विचार उनैले ल्याए। गफमा उनी अगाडि छन्। काममा हामी अगाडि छौं। गफाडी नम्बर १ उनी, काममा अत्यन्त फास्ट हामी। हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रिय सभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताए। 

उनले सबै महानगर र उपमहानगरमा उठ्नेहरूलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap