२०८३ कार्तिक १३

कांग्रेस त्यागेर तुलसीपुरका बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल एमालेमा प्रवेश

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ नेताहरू बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्। 


Advertisement


शुक्रबार उनीहरूरु एमाले महासचिव शंकर पोखरेलको हातबाट एमालेको पार्टी सदस्यता लिँदै पार्टी प्रवेश गरेका हुन्। 

खत्री कांग्रेस  दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य हुन्। यसअघि उनी तुलसीपुर ९ को वडा इकाइ सभापति थिए। त्यस्तै युवा नेता जितबहादुर खड्का, कांग्रेस समन्वय विभाग लुम्बिनी प्रदेश संयोजक गीता पौडेल पनि एमालेमा पार्टी प्रवेश गरेका छन्। 

खड्का राप्ती बबई क्याम्पसदेखि नै नेविसंघको विद्यार्थी राजनीति गर्दै आएका ब्यक्ति हुन्। 

खड्काले कांग्रेस भित्रको अपमान सहन गर्न नसकी एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap