२०८२ चैत्र २६

राजनीति

प्रतिनिधिसभामा छौं तर संसदवादी होइनौं : प्रचण्ड 

प्रतिनिधिसभामा छौं तर संसदवादी होइनौं : प्रचण्ड 

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी संसदवादी पार्टी नभएको बताएका छन् । Advertisement उनले स्थानीय तहमा माओवादीका तर्फबाट विजयी भएका प्रतिनिधिको अभिमूखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । “प्रतिनिधिसभामा छौँ तर हामी संसदवादी होइनौं, संसदवादलाई स्वीकार गरेका होइनौं,” उनले भने, “यो प्रक्रियालाई सदुपयोग गरेर जानुपर्छ भनेको मात्रै हो । यसबीचमा देखिएको आचरण हाम्रो उद्देश्यसँग मिलेको छैन । रुपान्तरणको सुरुवात यही बिन्दुबाट हुन सक्छ ।” ...
बजेटप्रति एमाले सांसद ढकालको टिप्पणी– चन्द्रलोक जाने बाटो बनाउनोस् !

बजेटप्रति एमाले सांसद ढकालको टिप्पणी– चन्द्रलोक जाने बाटो बनाउनोस् !

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भानुभक्त ढकालले वर्तमान सरकारले ल्याएको बजेटमा असम्भव कार्यक्रम राखिएको टिप्पणी गरेका छन् । Advertisement बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा ढकालले ‘एक घण्टामा चितवन पुग्ने फास्ट ट्रयाक बनाउने गफ बजेटमामार्फत सरकारले दिएको’ बताए । “काठमाडौंबाट चितवन एक घण्टामा, चताराबाट सगरमाथा दुई घण्टामा पुग्ने बाटो बनाउने ?,” ढकालले भने, “लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रता छ महोदय, व्यक्तिगत रूपमा चन्द्रलोक जाने बाटो बनाउनोस् !” पूर्वस्वास्थ्यमन्त्री समेत रहेका ढकालले स्वास्थ्य क्षेत्रको बजेटका विषयमा भने कुनै टिप्पणी गरेनन् । एमालेका सांसदहरू सुरेन्द्र पाण्डे र योगेश भट्टराईले ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा कमिसन नआउने भएर बजेट नबढाइएको हो ?’ भन्दै प्रश्न गरेका थिए । स्वास...
राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन, भोलि सुदूरपश्चिमको बडिमालिका जाने

राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन, भोलि सुदूरपश्चिमको बडिमालिका जाने

राजनीति
कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गरेकी हुन् ।  Advertisement राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखिन् । साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राखेकी थिइन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरूले कांक्रेविहार अवलोकन गराएर स्वागत गरेको बताए । अवलोकनपछि राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गरे । राष्ट्रपत...
बजेटले कोभिडबाट रोजगारी गुमाएका महिलालाई आयआर्जनको अवसर सिर्जना गर्नुपर्छ : डिला संग्रौला 

बजेटले कोभिडबाट रोजगारी गुमाएका महिलालाई आयआर्जनको अवसर सिर्जना गर्नुपर्छ : डिला संग्रौला 

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले सरकाले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमा कोभिड संकटबाट रोजगारी र आय श्रोत गुमाएका महिलाहरूलाई रोजगारी र आय आर्जनका कार्यक्रममा प्राथमिकता दिन आग्रह गरेकी छन् ।  Advertisement मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा बोल्दै उनले सरकारले प्रस्ततु गरेको बजेटमा सामाजिक सुरक्षा कार्यक्रमहरूलाई दीगो र भरपर्दो बनाउन पनि चुनौती रहेको बताइन् । साथै, उनले बजेटमा दुई लाख युवाहरूलाई रोजगारी दिने भनिए पनि त्यसमा स्पष्ट दृष्टिकोण आउन नसकेको बताइन् ।  “सरकारले किसान पेन्सनको कार्यक्रम घोषणा गरेको छ । कृषिप्रधान मुलुक नेपालमा यो आवश्यक थियो, तर त्यो कसरी कार्यान्वयन हुने हो सोको जानकारी आवश्यक छ । बजेटमा आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत र मूल्य वृद्धिको प्रक्षेपण ७ प्रतिशत भनिए...
ललितपुर महानगरको नगर कार्यपालिकाले पायो पूर्णता

ललितपुर महानगरको नगर कार्यपालिकाले पायो पूर्णता

राजनीति
काठमाडौं । ललितपुर महानगरपालिकाको नगर कार्यपालिकाले पूर्णता पाएको छ । नगर कार्यपालिका निर्वाचनबाट ८ सदस्य चुनिएसँगै कार्यपालिकाले पूर्णता पाएको हो । Advertisement जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा सोमबार निर्वाचन भएको थियो । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीकाअनुसार नेपाली कांग्रेसबाट निर्वाचित हुने कार्यपालिका सदस्यमा वडा नं. ६ का उमा श्रेष्ठ (बज्राचार्य), वडा नं. ९ का सानु महर्जन (अवाले), वडा नं. १० का लक्ष्मी शर्मा (दाहाल) र वडा नं. १६ का बबिता श्रेष्ठ छन् । नेकपा (माओवादी केन्द्र)बाट कार्यपालिका सदस्य शरणलक्ष्मी महर्जन निर्वाचित भएकी छन् । दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट विकासकुमार रोक्का, माओवादी केन्द्रबाट रामशरण सार्की पहेली र एकीकृत समाजवादीबाट सानुकाजी तोलाङे रहेका छ...
मेलम्चीको बाढीपीडित पनि नेपालकै होलान् नि, बजेटको आँखा किन परेन ? : शेरबहादुर तामाङ

मेलम्चीको बाढीपीडित पनि नेपालकै होलान् नि, बजेटको आँखा किन परेन ? : शेरबहादुर तामाङ

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा मेलम्ची बाढीपीडित सरकारको आँखामा नपरेको बताएका छन् । Advertisement मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेट माथिको छलफलमा बोल्दै उनले मेलम्ची बाढीपीडितको समस्या बजेटमा सम्बोधन नभएको उल्लेख गरेका छन् ।  “किन मेलम्चीको बाढी सरकारको आँखामा पर्दैन ? त्यो पनि नेपालमै पर्छ होइन र ? मेलम्ची खानेपानीको पनि मुहान क्षेत्र होला नि त,” उनले भने, “नीति तथा कार्यक्रमदेखि हेर्दै आए कहीँ सम्बोधन हुँदैन । यसको बारेमा बोलियोस् ।”  ...
संघीयता कमजोर बनाउने गरी बजेट ल्याइयो : सांसद भट्टराई

संघीयता कमजोर बनाउने गरी बजेट ल्याइयो : सांसद भट्टराई

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो साइजको बजेटले जनतालाई सपना मात्र देखाइएको टिप्पणी गरेका छन् ।  Advertisement राष्ट्रिय सभाको आजको बैठकमा  आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सांसद भट्टराईले सरकारले ल्याएको ठूलो साइजको बजेटले जनतालाई सपना मात्र देखाइएको टिप्पणी गरेका छन् ।  उनले लक्ष्य र आधारबिना बजेट विनियोजन गरेर कसरी कार्यान्वयन हुन्छ ? भन्दै प्रश्न गरे । सङ्घीयतालाई बलियो बनाउने गरी ठोसरूपमा बजेट नआएको र प्रदेश सरकारलाई प्राथमिकता नदिएको भट्टराईको भनाइ थियो । बजेटमा वित्तीय मितव्ययिता नदेखिएको तथा बजेटको साइज बढाइए पनि पूँजीगत खर्च घटेको बताए ।  ...
वडा नम्बर १५ का वडाध्यक्ष डंगोलले भने–फोहोर व्यवस्था नभएसम्म बैठकभत्ता लिन्न 

वडा नम्बर १५ का वडाध्यक्ष डंगोलले भने–फोहोर व्यवस्था नभएसम्म बैठकभत्ता लिन्न 

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने बताएका छन् । Advertisement महानगरको पहिलो कार्यपालिका बैठकमा मेयर बालेन शाहले फोहोर व्यवस्थापन गर्ने प्रस्ताव अघि बढाउँदा उनले यस्तो बताएका हुन् । डंगोल एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष हुन् । ...
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

राजनीति
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।  Advertisement बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालको उपस्थिति रहेको छ ।  यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतको पनि सहभागिता छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा तथा आगामी तय हुने रणनीतिबारे छलफल हुने बताइएको छ । ...
निर्मला पन्तको बलात्कारी र हत्यारालाई पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री

निर्मला पन्तको बलात्कारी र हत्यारालाई पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । Advertisement चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । बलात्कार जस्तो अपराधीलाई क्षमा दिन नसकिने भन्दै उनले ढिलो चाँडो अपराधीलाई कानूनी कठघरमा उभ्भाइने उल्लेख गरे । प्रधानमन्त्री देउवाले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको बताए ।संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्मा...