२०८२ चैत्र २६

राजनीति

रुपन्देहीका नगर उपप्रमुखको साझा प्रतिबद्धता : महिलालाई आयमा जोड्छौँ

रुपन्देहीका नगर उपप्रमुखको साझा प्रतिबद्धता : महिलालाई आयमा जोड्छौँ

राजनीति
बुटवल । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा रुपन्देहीका सबै नगरमा महिला उपप्रमुख विजयी भएका छन् । रुपन्देहीमा १ उपमहानगरसहित ६ नगरपालिका छन् । रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा साबित्रादेवी अर्याल उपप्रमुखमा विजयी भएकी छिन् । तीन नगरपालिकामा उपमेयर दोहोरिएका छन् । तिलोत्तमा, देबदह र सैनामैना नगरपालिकामा अघिल्लो स्थानीय तहमा उपप्रमुख जितेका नै दोहोरिएका छन् । तिलोत्तमामा जागेश्वरीदेवी चौधरी, देबदहमा विद्यालक्ष्मी गुरुङ र सैनामैनामा बिना राना विजयी भएकी छन् । यस्तै सिद्धार्थनगर नगरपालिकामा उमा अधिकारी र लुम्बिनी सांस्कृतिक नगरपालिकामा कल्पना हरिजन विजयी भएकी छन् । Advertisement उनीहरूले निर्वाचित भएसँगै महिलाहरूको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने प्रतिक्रिया दिएका छन् । प्रमुख वा उपप्रमुखमा महिला उठाउनुपर्ने ब्यवस्था कार्यान्वयन नभए पनि आफूहर...
मुख्यमन्त्री राई र एमाले संसदीय दलका नेता आचार्यबीच सदनमा चर्काचर्की

मुख्यमन्त्री राई र एमाले संसदीय दलका नेता आचार्यबीच सदनमा चर्काचर्की

राजनीति
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सदनमा शुभकामना दिने बेलामै आलोचना गर्नुभन्दा यसलाई सच्याउन पर्ने बताएका छन् । एमालेका संसदीय दलका नेता भीम आचार्यले सरकारले कामै गर्न नसकेको भन्दै निकै आलोचना र टिकाटिप्पणी गरेपछि जवाफमा मुख्यमन्त्री पनि खरो ढंगमा सदनमा प्रस्तुत भए । एक समय नेकपा एमालेमा छँदा दुवै नेता एउटै समूहमा थिए । अहिले राई नेकपा एसतिर लागेर कांग्रेससँग गठबन्धन गरी मुख्यमन्त्री बनेका छन् ।  Advertisement प्रदेश नं एकको दशौँ तथा बजेट अधिवेशन सोमबार शुरु भएको छ । राईले हिजो एमाले नेतृत्वको सरकारले गरेका गलत कामको कारण आर्थिक समस्या निम्तिएको सुनाए । भने, पहिले शुरु भएका बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित गरिदिएका छौँ । सदनमा आलोचना गर्नै परे बरु कार्यविधि नै बनाउनुपर्ने भन्दै राईले राजनीतिक दलकै कमजोरीका कारण बालेनहरू उदाए...
बालेन र सुनीताले लिए नेपाल भाषामा शपथ

बालेन र सुनीताले लिए नेपाल भाषामा शपथ

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले दुई भाषामा शपथ लिएका छन् । सोमबार शपथ ग्रहण गर्दै बालेनले नेपाली र नेपाल दुबै भाषामा सपथ लिएका हुन् ।  Advertisement सोमबार राष्ट्रियसभा गृहमा निर्वाचन अधिकृतले नवनिर्वाचित मेयर बालेनलाई शपथ ग्रहण गराएका हुन् । बालेनलगायत नवनिर्वाचित उपमेयर सुनीता डंगोलले पनि नेपाल भाषामा सपथ लिएकी हुन् । उनलाई नवनिर्वाचित मेयर बालेनले शपथ ग्रहण गराएका हुन् ।  सोमबार बिहान राष्ट्रियसभा गृहमा काठमाडौंका मेयर, उपेयमरदेखि सबै वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण लिएका छन् । उनीहरुले आजै कार्यभार सम्हाल्ने तयारी गरिरहेका छन् । ...
बाबुराम भट्टराईले वृद्धभत्ता नलिने 

बाबुराम भट्टराईले वृद्धभत्ता नलिने 

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् । Advertisement आज ससंद्मा अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै उनले ६८ वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गरिएकोप्रति असन्तुष्टि जनाए । “म पनि ६८ वर्ष पुग्दै छु । घटाउन आवश्यक थिएन । सामाजिक सुरक्षाभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपर्थ्यो,” उनले भने, “यो पुरानै ढंगले आयो । वृद्धभत्ता मैले पनि पाउने भएँ । जनतामा बोझ थोपर्न चाहन्नँ । म नलिने घोषणा गर्न चाहन्छु ।” ...
तारा एयरको सम्पर्कविहीन जहाज खोज्न गृहमन्त्रीको निर्देशन

तारा एयरको सम्पर्कविहीन जहाज खोज्न गृहमन्त्रीको निर्देशन

राजनीति
कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। Advertisement कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तीव्रता दिन गृहमन्त्रीले निर्देशन दिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहिन बनेको थियो। लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी उनले बताए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको ...
मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद्बाट बजेट पारित

राजनीति
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेको छ ।  Advertisement आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले जानकारी दिए । आज संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । बैठकले अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ । ...
आयल निगम खारेज हुँदैन : प्रधानमन्त्री देउवा

आयल निगम खारेज हुँदैन : प्रधानमन्त्री देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आयल निगम खारेज गर्ने सरकारको कुनै योजना नरहेको बताएका छन् । Advertisement प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको शनिबार जवाफ दिँदै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धा नहुने सरकारको एकाधिकारप्राप्त पेट्रोलियम पदार्थलगायत वस्तु कारोबार गर्ने सार्वजनिक संस्थान खारेज वा निजीकरण गर्ने सोच नभएको बताए । सरकारले इन्धनको समस्या समाधान र निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न दिने विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा समिति गठन गरेको छ । सरकारको नीति तथा कार्यक्रममा कम प्रतिस्पर्धी र कमजोर सरकारी संस्थानलाई खारेज वा निजीकरण/एकीकरण गर्ने उल्लेख गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले चर्काे विरोध ग...
वाग्मतीको नीति तथा कार्यक्रम जेठ १६ मा

वाग्मतीको नीति तथा कार्यक्रम जेठ १६ मा

राजनीति
मकवानपुर । वाग्मती प्रदेशसभाको शुक्रबारदेखि सुरु भएको दशौँ अधिवेनशनअन्तर्गत आज दुई बैठक सञ्चालन भएका छन् । आज बसेको पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो । बैठकमा दलगत रूपमा प्रदेशसभा सदस्यहरूले विनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरे । बैठकमा २८ प्रदेशसभा सदस्यले धारणा राखेका थिए । Advertisement बैठकमा सत्तारूढ गठबन्धन दलका सदस्य नरोत्तम वैद्य, न्हुक्षेनारायण श्रेष्ठ, विजुला बर्मा राणा, भीमसेन खत्री, विजया श्रेष्ठ केसी, सीता अधिकारी, प्रेमबहादुर पुलामी (छिन्तु), भावना सुवेदी, हीरानाथ खतिवडा, राधा घले, राजेन्द्रमान श्रेष्ठ, शोभा शाक्य, विराजभक्त श्रेष्ठ, मीना ज्ञवाली र मुनु सिग्देलले सरकारले ल्याएको बजेटको सिद्धान्त र प...
काठमाडौं महानगरको नतिजाले प्रकाशमानलाई धक्का

काठमाडौं महानगरको नतिजाले प्रकाशमानलाई धक्का

राजनीति
महानगर प्रमुखको टिकट भने दोस्रो नम्बरमा रहेकी सिर्जना श्रेष्ठले पाइन् । उनको आफ्नै राजनीतिक धरातल रहे पनि पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहकी श्रीमती हुनुले उनलाई टिकट पाउन सहज भयो । त्यसैले काठमाडौं महानगरमा कांग्रेस पराजयको सबैभन्दा बढी प्रभाव सिंहको राजनीतिक जीवनमा पर्ने भएको छ । काठमाडौंको राजनीतिमा सिंहको बलियो पकड छ । करिब दुई दशकयता पार्टीका आन्तरिक निर्वाचन होस् वा आमनिर्वाचन, सिंहको रुचिभन्दा बाहिर गएको छैन । त्यसैले यस पटक स्थानीय तह निर्वाचनमा सिंह–पत्नी सिर्जनाले टिकट पाउँदा विरोधको स्वर बाहिर कतै सुनिएन तर नेता–कार्यकर्ताको मनभित्र गुम्सिएको असन्तुष्टिले चुनाव हराउन भने भूमिका खेल्यो । ‘उहाँ (सिंह) माथि आफ्नो वरिपरिका कार्यकर्तालाई अवसर दिन कन्जुस्याइँ गर्ने गरेको आरोप लाग्दै आएको थियो, यस पटक श्रीमतीलाई मेयरको टिकट दिलाएर थप असन्तुष्ट बनाउने काम गर्नुभयो,’...
प्रेस युनियनको महाधिवेशन गर्न नसकेका बद्री सिग्देललाई सल्लाहकारले झपारे   

प्रेस युनियनको महाधिवेशन गर्न नसकेका बद्री सिग्देललाई सल्लाहकारले झपारे   

राजनीति
काठमाडौं । प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन गर्न नसकेका युनियनका अध्यक्ष बद्री सिग्देललाई सल्लाहकारले झपारेका छन् ।  Advertisement युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा थापागाउँमा आयोजना गरेको कार्यक्रममा युनियनका पूर्व अध्यक्ष र सल्लाहकारलाई बोल्न नदिई आफू एक्लैले मात्र बोलेपछि सल्लाहकारले झपारेका हुन् ।  युनियनका कोषाध्यक्ष सरोज अधिकारीको डिजाइनमा अध्यक्ष सिग्देलले स्थापना दिवसजस्तो कार्यक्रममा पूर्वअध्यक्ष र सल्लाहकारहरुलाई बोल्न नदिएपछि युनियनका सल्लाहकार कविर राणाले सिग्देललाई सार्वजनिक कार्यक्रममा नै झपारेका हुन् । राणाले अध्यक्ष सिग्देललाई प्रेस युनियन ‘तँ एक्लैको हो’ भनेर सार्वजनिक कार्यक्रममा झपारेको कार्यक्रममा सहभागी एक पत्रकारले बताए ।  समकक्षी प्रेस संगठनका...