२०८१ बैशाख २१

समाचार

बोर्डिङ स्कूलका तीन हजार शिक्षक वेरोजगार

बोर्डिङ स्कूलका तीन हजार शिक्षक वेरोजगार

देश, शिक्षा, समाचार
Credit: OnlineKhabar ३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भए यता निजी विद्यालयमा कार्यरत तीन हजार शिक्षक-कर्मचारीको रोजगारी गुमेको छ । गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक-कर्मचारी निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय र अतिरिक्त क्रियाकलाप पढाउँदै आएका शिक्षकहरू बढी निष्कासनमा परेका छन् । Advertisement अधिकांश शिक्षक कर्मचारीहरूले पछिल्लो ६-७ महिनादेखि तलब नपाईरहेको थापा बताउँछन् । केही बोर्डिङहरूले पनि निश्चित प्रतिशत तलब उपलब्ध गराउँदै आएका छन् । महँगो शुल्क लिने र लकडाउनको समेत शुल्क असुलेका ठूला बोर्डिङले नै तलब दिन आनाकानी गरिरहेको इस्टुले जनाएको छ । चैतमा लकडाउन सुरु भए पनि शिक्षकहरू...
उपत्यकामा ७११ संक्रमित थपिए, ५ जनाको मृत्यु

उपत्यकामा ७११ संक्रमित थपिए, ५ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । Advertisement थप ५ जनाको मृत्यु भएको छ । ललितपुरका ६८ र ७६ ववर्षीया महिल.ला तथा ६० वर्षका पुरुष तथा काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुषको मृत्यु भको हो । ...
तीन करोड लिटर पानी हालेर ५ वर्षपछि भरियो रानीपोखरी

तीन करोड लिटर पानी हालेर ५ वर्षपछि भरियो रानीपोखरी

देश, समाचार
Credit: OnlineKhabar ३ असोज, काठमाडौं । रानीपोखरी ५ वर्षपछि पुनः भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए। यसअघि डिप बोरिङबाट पानी हालेपछि सम्पदा अभियान्ताले विरोध जनाएका थिए । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ...
समर्थकलाई कुलमानको आग्रह– पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्

समर्थकलाई कुलमानको आग्रह– पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्

देश, समाचार
Credit: OnlineKhabar ३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ । Advertisement आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको कुलमानले बताएका छन् । उनले आज शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ कुलमानले जारी गरेको विज्ञप्तिमा थप ल...
असोज ५ देखि आन्तरिक उडान सुरू हुने, यात्रुका लागि नयाँ नियम

असोज ५ देखि आन्तरिक उडान सुरू हुने, यात्रुका लागि नयाँ नियम

देश, समाचार
साभार: सेतोपाटी आन्तरिक हवाई यात्रामा यात्रुहरूका लागि नयाँ नियम तय गरिएको छ। असोज ५ गतेदेखि नेपाली आन्तरिक हवाई यात्रा सुरू हुँदैछ। नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ। यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ। Advertisement विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ। सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ। अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिक...
चितवनमा एक सय किलो गाँजासहित दुई पक्राउ

चितवनमा एक सय किलो गाँजासहित दुई पक्राउ

देश, राजनीति, समाचार
साभार: सेतोपाटी चितवन प्रहरीले एक सय किलोग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिकाको वडा नम्बर ८ स्थित दवाडी चोक नजिकै पम्फा खोलाको किनारमा रहेको सडकको छेउमा पाँच वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।  भदौ २१ गते राति साढे १ बजेको समयमा गस्तीमा गएको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले वेवारिसे अवस्थाका बोरा देखेपछि खोलेर हेर्दा गाँजा रहेको फेला पारेको थापाले बताए। बिहीबार उक्त गाँजाको कारोबारमा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएपछि शुक्रबार सार्वजनिक गरिएको हो। ना ३९ प २२५८ नम्बरको मोटरसाइकल प्रयोगगरी गाँजाको कारोबार गर्दै आएका दोर्जे तामाङ र पछाडि बसेका पदमबहादुर मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। Advertisement गाँ...
२४ घण्टामा देशभर हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ । Advertisement आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् । यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ । ...
प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar २ असोज, काठमाडौं । प्याजमा कालोबजारी गर्दै गर्दा रङ्गेहात फेला परेका व्यवसायीलाई वाणिज्य विभागले सामान्य जरिवाना तिराएर छोडेको छ । भदौ ३१मा असोज एक र दुई गते बल्खु, कालीमाटी र तीनकुनेका तरकारी बजारमा दोब्बर मूल्यमा प्याज बिक्री गरिरहेका ७ व्यापारिक फर्मलाई नगद जरिवाना गराएर विभागले उन्मुक्ति दिएको हो । बिहीबार ६ वटा प्याज व्यवसायीलाई ९ लाख ६५ हजार जरिवाना तिराएर थप कारबाही नगरेको विभागले शुक्रबार कालीमाटीको एक पसललाई ५० हजार जरिवाना तिराएको छ ।बिहीबार उलक तरकारी भण्डारलाई ५५ हजार, दुलाल आलु भण्डारलाई  ५५ हजार, व्यवसायी बिशेष गौतमलाई ५५ हजार रुपैयाँ विभागले जरिवाना गरेको थियो । Advertisement यस्तै रञ्जन आलु प्याज भण्डारलाई दुई लाख ५० हजार, पशुपति आलु प्याज स्टोरलाई दुई लाख ५० हजार, आके ट्रेडर्सलाई तीन लाख रुपैयाँ विभागले ...
चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए। उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो। २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। Advertisement आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदैगर्दा राति १२:१८ बजे उनको मृत्यु भएको डा.लम्सालले बताए। ...
यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज शुक्रबार नेपाल आईपुग्दैछ। लामो समय देखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइदैंछ। यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ। Advertisement यस्तो रेलको बोगीभित्रका केही तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूले बोगीको भित्री डिजाइन आकर्षक रहेको देखाएको छ। यी तस्विरहरू रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन्। रेलको बाहिरी आवरणमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा तयार भएको छ। यो रेल एक अर्बको लागतम...