२०८१ बैशाख ८

समाचार

उर्जा मन्त्रालयले भन्यो- पूर्वजानकारी नदिई लोडसेडिङ भए खबर गर्नु

उर्जा मन्त्रालयले भन्यो- पूर्वजानकारी नदिई लोडसेडिङ भए खबर गर्नु

देश, राजनीति, समाचार
साभार: सेतोपाटी उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले कुनै जानकारीबिना विद्युत सेवा नियमित नभएमा खबर गर्न आग्रह गरेको छ। पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले  फेसबुक मार्फत जानकारी दिएका छन्। सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्व सूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको सन्दर्भमा भ्रम उत्पन्न हुन गएको समेत उनले उल्लेख गरेका छन्। Advertisement 'यदि कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा माननी...
कोरोनाबाट बाँकेमा सुर्खेतका कैदीबन्दीको मृत्यु

कोरोनाबाट बाँकेमा सुर्खेतका कैदीबन्दीको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ५ असोज, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सुर्खेतका एक कैदीबन्दीको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको आज बिहान ६ः२५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ती पुरुषमा लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको थियो । उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । Advertisement भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए । दीर्घरोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन् । योसँगै बाँकेमा कोरो...
सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

अर्थतन्त्र, देश, बैँक/ बीमा, शेयर बजार, समाचार
Credit: OnlineKhabar ४ असोज, काठमाडौं । अहिले मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो । एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । अप्रत्यासित तरिकाले सिभिलको मूल्य बढ्नुको कारण भने मर्जरको हल्ला हो । कमजोर अवस्थामा रहेको सिभिलले एक वलियो कमर्सियल बैंकसँग मर्जरमा जान लागेको भनेर हल्ला गर्यो । केहि सञ्चारमाध्यममा समाचारसमेत प्रकाशन भए पछि लगानीकर्ताहरु सिभिल बैंकको सेयर किन्न झुम्मिएका थिए । हल्ला गरे जसरी सिभिलले मर्जरको विषयमा कुनै निर्णय गरेको छैन । छलफलकै आधारमा कुनै राम्रो बैंकसँग मर्जरमा जाँदैछु भनेर हल्ला फैलाउनु गैरकानूनी हो । सिभिलका सीईओ गुरूङ सिभिल बैंक...
एयरपोर्टमा ट्याक्सीको मनोमानीः एक किलोमिटरको १२ सय रुपैंया भाडा !

एयरपोर्टमा ट्याक्सीको मनोमानीः एक किलोमिटरको १२ सय रुपैंया भाडा !

देश, समाचार
लकडाउन खुलेपछि घर पुग्न झनै धेरै खर्च साभार: रातोपाटी काठमाडौं । सर्लाही घर भएका मानबहादुर लिम्बु आइतबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । विमानस्थलको यात्रु टर्मिनल पार गरिसकेपछि उनलाई लाग्योे, ‘काठमाडौं त आइपुगियो, अब जिल्ला कसरी फर्किने ?’ आफ्नो लगेज गुडाउँदै उनी एयरपोर्टको तल्लो पार्किङसम्म आए, त्यहाँ ठडिएका थिए हरियो नम्बरप्लेटको ट्याक्सीहरु ।  लकडाउन खुल्नुअघि कोभिड–१९ महामारी व्यवस्थापन समिति (सीसीएमसी) को गाडी आउँथ्यो । विदेशबाट आएका सबैलाई लिएर कि त होटलमा जान्थ्यो, होइन भने सीधै होल्डिङ सेन्टर पुर्याउँथ्यो । पीसीआर गरेर ७२ घण्टाभित्र नेपाल आएकालाई सीधैं होल्डिङ सेन्टरमा लगिन्थ्यो । विदेशबाट पीसीआर नगरी चार्टर्ड उडानमार्फत् आएकालाई भने होटल क्वारेन्टिनमा लगिन्थ्यो । त्यो सबै व्यवस्थापन नेपाली सेनाले गर्ने गरेको थियो ।  तर, अहिले अवस्था फे...
एक महिनाभित्र ‘क्लिन फिड’ लागू गर्न सरकार र व्यवसायी तयार

एक महिनाभित्र ‘क्लिन फिड’ लागू गर्न सरकार र व्यवसायी तयार

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ ।  संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्माओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको हो ।  मन्त्रालयमा भएको छलफलमा क्लिन फिड लागू गर्ने बारेमा प्राविधिक र अन्य तयारीका विषयमा दुवै पक्ष सहमत भएको सञ्चार सचिव हरि बस्यालले बताए । सचिव बस्यालले निर्धारित मितिमा क्लिन फिड पूर्ण रुपमा लागू गर्न सरकार तयार रहेको भन्दै यसको विकल्प नभएको जनाए । उनले भने, ‘मन्त्रालयमा भएको छलफल सकारात्मक छ । सरकार क्लिन फिड सम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्...
नेपाल सद्भावना पार्टीलाई सक्रिय पार्दै सरिता गिरी, शुरु गरिन् लोकतान्त्रिक अभियान

नेपाल सद्भावना पार्टीलाई सक्रिय पार्दै सरिता गिरी, शुरु गरिन् लोकतान्त्रिक अभियान

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश बृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् । असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी गिरीले अन्ततः नेपाल सद्भावना पार्टीलाई मधेशमा सक्रिय बनाउने लक्ष्य लिएकी छिन् । नेपाल सद्भावना पार्टी नेपालले असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउन आयोजना गरेको कार्यक्रममा उनी अभियानको तर्फबाट सहभागी हुन जनकपुर पुगेकी थिइन् ।  अहिले अभियान बनाएकी उनी अन्ततः नेपाल सद्भावना पार्टीमा गएर तराई मधेशमा राजनीतिमा सक्रिय हुने उनको योजना छ । सरिता गिरीले गठन गरेको लोकतान्त्रिक अभियानमा नेपाल सद्भावना पार्टीलाई पनि राखिएको छ । त्यसमा अर्को दलित मुस्लिम जनशक्ति पार्टी पनि रहेको छ भने संस...
१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो

१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो

देश, समाचार
साभार: रातोपाटी बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् ।  पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो ।  विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो ।  ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ । प...
बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
४ असोज, रुपन्देही । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । Advertisement योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको श्रेष्ठले बताए । ...
त्रिशूलीमा पेट्रोल ट्याङ्कर खस्यो, चालक र सहचालक सम्पर्कविहीन

त्रिशूलीमा पेट्रोल ट्याङ्कर खस्यो, चालक र सहचालक सम्पर्कविहीन

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी त्रिशूली नदीमा पेट्रोल ट्याङ्कर खसेको छ। ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो। खसेको ट्याङ्करमा आगलागी भएको छ। Advertisement ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। ...
भारत फर्किए हिजो आएका रेल, फेरि कहिले आउँछन् थाहा छैन

भारत फर्किए हिजो आएका रेल, फेरि कहिले आउँछन् थाहा छैन

देश, समाचार
साभार: सेतोपाटी शुक्रबार भारतबाट जनकपुर ल्याइएका नेपालका दुई वटा रेल शनिबार भारततिरै फर्किएका छन्। रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन्। 'उहाँहरू दिउँसो १२ बजेतिर रेल लिएर यहाँबाट जानुभएको हो,' रेलवे तथा मेट्रो विकास कार्यालयका जनकपुरका इन्जिनियर विनोद ओझाले सेतोपाटीसँग भने,'अब ती रेल जयनगरको स्टेशनमा राखिनेछ।' शुक्रबार दुई जना ड्राइभर र दुई जना सहायक ड्राइभरले रेल नेपाल ल्याएर आएका थिए। नेपाललाई रेल हस्तान्तरण गर्न कंकोणका अरू १६ जना कर्मचारी पनि त्यही रेलमा जनकपुर आएका थिए।   नेपालमा रेल चलाउने कर्मचारी र कानुन नभएकाले उनीहरूले आज रेल भारततिरै लिएर गएका हुन्। जयनगरमा नेपालको आफ्नै स्टेशन छ। सोही स्टेशनमा अब ती रेल राखिनेछन्। सधैँ बन्द भएर इन्जिन नबिग्रियोस् भनेर बेलाबेलामा इन्जिन चलाइरहनु पर्छ। इ...