२०८३ कार्तिक १२

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने

साभार: सेतोपाटी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ।

साबिकको निषेधाज्ञा निर्णयलाई निरन्तरता दिँदै सात दिन समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

उनका अनुसार निषेधाज्ञा २४ गते राति १२ बजेसम्म कायम रहन्छ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो।

प्रजिअ दाहालका अनुसार यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ।

जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो।

यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको दाहालले बताए।

यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको दाहालले बताए।


Advertisement


यसअघि निर्माण सामग्रीका सवारीसाधन राजधानी प्रवेश गर्न दिइएको थिएन।

यसैगरी, अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। तर, यी सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने छ।

अब स्वाब परीक्षण गर्न दिएर होम क्वारेनटाइनमै बस्ने नियम कडाइसाथ लागू गरिएको दाहालले बताए।

स्वाब दिनेहरूलाई घरमै निगरानीमा राखिने दाहालले बताए।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण नघटेपछि जारी निषेधाज्ञालाई निरन्तरता दिनुपरेको दाहालले बताए।

यसअघि सरोकारवाला सबै पक्षसँग छलफल गरेर प्रशासनले गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएको थियो।

गृहले राय अनुमोदन गरेपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा निर्णयमा सामेल भएका थिए।

यस्तो छ निषेधाज्ञा निर्णय



Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap