२०८१ जेष्ठ ४

देश

अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

आर्थिक, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए। 'अब अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,' उनले भने। Advertisement यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्को १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन...
छात्रवृत्ति वितरण गरिरहेका प्रधानाध्यापकको विप्लव कार्यकर्ताबाट अपहरण, घटनामा संलग्न कार्यकर्ता बमसहित पक्राउ

छात्रवृत्ति वितरण गरिरहेका प्रधानाध्यापकको विप्लव कार्यकर्ताबाट अपहरण, घटनामा संलग्न कार्यकर्ता बमसहित पक्राउ

देश, शिक्षा, समाचार
साभार: सेतोपाटी जिल्ला प्रहरी कार्यालयले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ। शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। तीनपाटन गाउँपालिकाको वडा नं ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका नारायणप्रसाद भण्डारीलाई ती महिलासहित ११ जनाको एक समूहले नियन्त्रणमा लिई झण्डै दुई घण्टा हिँडाइ लायोगाउँसम्म पुर्‍याएको पाइएको उनले बताए। हिँडाइ लायोगाउँसम्म पुर्‍याएको पाइएको उनले बताए। चन्द समूहका कार्यकर्ताको नियन्त्रणमा रहेका शिक्षक भण्डारीलाई सकुशल नियन्त...
ललितपुरका एक युवकसहित पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

ललितपुरका एक युवकसहित पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए। उनले भैरहवाको पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए। जलेश्वरकी महिलाको भने शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो।  अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष किड्नीका विरामी थिए। जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको निर्देशक शाक्यले जनाए।  Advertisement उनले भैरहवाका पुरुष र जलेश्ववरकी महिलाको शव व्यवस्थापन गरिएको र पाटनका युवको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको बताए।  आइतबार नै वीरगन्जमा रौतहटका ४० वर्षीय कोरोना संक्र...
सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १४ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । Advertisement तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ ...
वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए । Advertisement स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ साढे ७ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ती युवकको उपचारको क्रममा शनिबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको हो । ...
उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ

उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ

देश, समाचार
Credit: OnlineKhabar रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै काम गर्ला, ठूला (हेभी) कम्पनीलाई लजिस्टिक पक्षबाट आर्थिक रुपमा प्रतिस्पर्धी बनाएर सहयोग गर्न सक्दैन हवाइ यातायातले । हामीलाई बाह्य संसारसँग जोडिन रेल्वे कनेक्टिभिटीको भरपर्दो विकल्प छैन । हामी चीनसँग रेलमार्फत जोडिन सक्यौं भने फाइदा हुन्छ । वर्षमा हजारौं कन्टेनर युरोपबाट चीन र चीनबाट युरोप गरिरहेका छन् । चीनसँग रेलबाट जोडिँदा हामी मध्य, मध्यपूर्व र पश्चिम एसियालगायतका क्षेत्रसम्म पनि यातायात सञ्जाल...
रिचार्जरको मेगा सेल ग्याजेट मेला सुरु, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क

रिचार्जरको मेगा सेल ग्याजेट मेला सुरु, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । मोबाइल एप रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ ।  मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने छन् ।  आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अन्य प्रकृतिका विभिन्न ब्राण्डका सामाग्रीहरुको पनि बिक्री खुला गर्न लागेको हो ।  ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका अलावा कतिपय सामाग्रीको खरिदमा ‘बाई वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्...
गरुडाका डीएसपी प्रदेश कार्यालयमा तानिए

गरुडाका डीएसपी प्रदेश कार्यालयमा तानिए

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १३ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । गरुडा नगरपालिका-८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको छ । १९ वर्षीय विजय शरीर भरी निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने उनीहरुको माग थियो । डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘महतोको ठाँउमा तत्कालका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका ड...
कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १३ भदौ, काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ । प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो । Advertisement उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ । ...
धरानमा सिरहाका संक्रमितको मृत्यु

धरानमा सिरहाका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १३ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । Advertisement ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । ...