२०८१ बैशाख ११

ललितपुरका एक युवकसहित पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

साभार: सेतोपाटी

पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए।

उनले भैरहवाको पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए। जलेश्वरकी महिलाको भने शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो। 

अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष किड्नीका विरामी थिए। जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको निर्देशक शाक्यले जनाए। 


Advertisement


उनले भैरहवाका पुरुष र जलेश्ववरकी महिलाको शव व्यवस्थापन गरिएको र पाटनका युवको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको बताए। 

आइतबार नै वीरगन्जमा रौतहटका ४० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। 

Copy link
Powered by Social Snap