२०८३ कार्तिक १२

अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

Lab technician holding swab collection kit,Coronavirus COVID-19 specimen collecting equipment,DNA nasal and oral swabbing for PCR polymerase chain reaction laboratory testing procedure and shipping

साभार: सेतोपाटी

सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए।

‘अब अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,’ उनले भने।


Advertisement


यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए।

सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्को १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन गर्न पाइने भनिए पनि अब भने त्यो गर्न नपाइने डा. अधिकारीले बताए।

‘अब १० प्रतिशत शुल्क पनि त्यसभित्रै पर्छ। कुनै पनि अस्पताल वा प्रयोगशालाले ४ हजार ४ सय भन्दा बढी लिन पाउँदैनन्,’ उनले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap