२०८१ बैशाख ८

गरुडाका डीएसपी प्रदेश कार्यालयमा तानिए

Credit: OnlineKhabar

१३ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।

गरुडा नगरपालिका-८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको छ ।



१९ वर्षीय विजय शरीर भरी निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने उनीहरुको माग थियो ।

डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘महतोको ठाँउमा तत्कालका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई गरुडा पठाइएको छ’ उनले भने ।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् ।

Copy link
Powered by Social Snap