२०८० चैत्र १५

दशैँको अग्रिम टिकट बुकिङ्ग अझै अनिश्चित

साभार: रातोपाटी

करिब ६ महिनापछि लामो दुरीका सार्वजनिक यातायात आजदेखि खुल्ला भएको छ । दशैँ–तिहारको मुखैमा खुल्ला भएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग भने अहिले नै निश्चित भइनसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् ।

आजैबाट मात्र खुल्ला भएको सार्वजनिक यातायातको निरन्तरता अझै के हुने हो निश्चित नभइसकेको अवस्थामा व्यवसायीहरुले यसबारेमा निर्णय नगरिसकेको सिटौलाको भनाइ छ । अग्रिम टिकट बुकिङ्ग खुल्ला गर्ने बारे व्यवसायीहरुको अर्को बैठकले निर्णय गर्ने तर यो छिट्टै नै गरिने सिटौलाले बताए । 

करिब ६ महिना लामो समयपछि आजबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकार,व्यवसायी, संचारकर्मी लगायत सम्पूर्ण यात्रुहरुलाई शुभकामना व्यक्त गरेका छन् ।


Advertisement


रातोपाटीसँग कुराकानी गर्दै सिटौलाले भने, ‘मानौं हामी करिब ६ महिना पछि घर फर्किन पाएका छौँ । यसमा हामी निकै खुशी छौँ । यस खुशीको अवसरमा हामी सरकार, सम्पूर्ण यातायात व्यवसायी र यात्रुहरुलाई समेत धन्यवाद दिन चाहन्छौँ । आजबाट हामी घर फर्किएका छौँ । अब ढोका खोल्छौँ र चोटा–कोठा गर्छौं ।’

‘झण्डै ६ महिना थन्किएको गाडीको अवस्था हेर्छौँ, के–के सुधार गर्नु पर्ने छ सो गरेर सञ्चालन गर्छौँ । हिजै हामी यातायात व्यवसायी र तीन मजदुर संगठनले यातायात सञ्चालन गर्ने सम्बन्धि ह्विप जारी गर्दै आवश्यक निर्देशकासमेत जारी गरिसकेका छौँ । हामी सरकारले जारी गरेको निर्देशिका समेत पूर्ण परिपालन गरेर गाडी चलाउछौँ,’ सिटौलाले भने ।

Copy link
Powered by Social Snap