२०८१ बैशाख २३

देश

सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दिन सेयर बजारमा खासै चमक देखिएन । सामान्यतया अर्थमन्त्रीको नियुक्ति र बर्हिगमनमा बजार कि त ज्यादा चम्कने कित ज्यादा घट्ने गरेकोमा पौडेलको आगमनलाई सेयर बजारले खुलेर स्वागत गर्न नसकेको आजको कारोबारबाट देखिन्छ ।  बजार खुलेको केही समय नेप्से आकर्षक ढंगले चम्किएको भए पनि विस्तारैे गति सुस्त हुदै गयोे । नेप्से सूचक बिहीबार १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा अडिएको छ ।  Advertisement १ सय ९६ कम्पनीको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४९ लाख ९४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । खरिदबिक्री भएकामध्ये ५ वटा समूह बढेका छन् भने बाँकी समुहको सुचक ओरालो लागेको छ ।  वाणिज्य बैंक समूहको सूचक १.९ अंकले वृद्धि भएको छ । नेपाल फाइनान्स र जनरल इन्सुरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको ...
कोशी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

कोशी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेका थिए । Advertisement यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए । मृतकलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि  केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी  ...
मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए । Advertisement उनको घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुनुभएको छ । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए। ...
नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
साभार: रातोपाटी  नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ । अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी रु. ५५ मा यूट्युब र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्...
उच्च अदालतका ८४ न्यायाधीश सरुवा (सूचीसहित)

उच्च अदालतका ८४ न्यायाधीश सरुवा (सूचीसहित)

देश, राजनीति, समाचार
Credit: OnlineKhabar २८ असोज, काठमाडौं । न्याय परिषदले उच्च अदालतमा कार्यरत ८४ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश सरुवा गर्ने निर्णय गरेको हो । उच्च अदालत सुर्खेतका न्यायाधीश विनोद शर्मा, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका भीमकुमार ओझा, उच्च अदालत विराटनगरका महेश शर्मा पौड्याल, उच्च अदालत विराटनगर इलाम इजलासका अच्युत विष्ट उच्च अदालत पाटनमा सरुवा भएका छन् । Advertisement हेर्नुहोस् को कहाँ सरुवा भए ? ...
काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसले सर्लाही घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । सर्लाहीमा आफ्नो कार्यकर्ता दलित महेन्द्र रामको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको थियो । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइसहित अन्य ३ महिला समेत घाइते भएका पौडेलले जानकारी दिए । Advertisement उक्त घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभा...
कोरोनाले काभ्रेमा थप एकको मृत्यु

कोरोनाले काभ्रेमा थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया  वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  जिल्लामा कोरोना भाइरस् सङ्क्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० सङ्क्रमित थपिएका छन् । पोष्टका अनुसार मङ्गलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना सङ्क्रमण देखियो । आजसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष सङ्क्रमित हुन् । कूल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् ।  नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन् । यस्तै, कुल सक्रिय सङ्क्र...
AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
AIT (Asian Institute of Technology) को PMBF (Professional Masters in Banking and Finance) ले आयोजना गर्न लागेको "सातौं सिइओ टक" मा नबिल बैंकका कार्यकारी प्रमुख अनिल केशरी शाह निमन्तृत भएका छन्। उक्त कार्यक्रम भोलि असाेज २९ गते दिउँसो १:४५ बजे (नेपाली समय) zoom webinar मार्फत हुँदैछ। Advertisement कार्यक्रम को उप शीर्षक "How NABIL future-proofed itself" भएका ले सिइओ शाह ले भविष्य लाई ध्यान मा राखी आफ्नो र नबिल बैंक को कार्य योजना विस्तृत रूप मा सुनाउने छन्। उक्त कार्यक्रम बैंकिङ क्षेत्रमा आबद्ध सम्पूर्ण का लागि प्रभावकारी भएका ले इच्छुक व्यक्ति यस लिंक बाट रजिष्ट्रेशन गर्न सक्नेछन्। https://zoom.us/webinar/register/WN_skZf4HIkS5ewQsbklipa5Q ...
प्रहरीले थाल्यो ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि अनुसन्धान

प्रहरीले थाल्यो ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि अनुसन्धान

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ‘बलात्कारी संगठन’ नामक ग्रुपमाथि अनुसन्धान अघि बढाएको छ । कसले, किन, के प्रयोजनको लागि ग्रुप खोलिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।  ग्रुप खोल्नेहरुको खोजीकार्य सुरु भइसकेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।  बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने एसएसपीको कडायतको भनाइ छ ।  Advertisement ग्रुप खोल्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा अन्य युनिटहरु पनि लागिपरेको एसएसपी कडायतले बताए । उनले भने, ‘साइबर ब्युरो तथा अरूले पनि उनीहरूलाई खोज्दैछ ।’ घटनाबारे छानबि...
सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८१ संक्रमित थपिए

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८१ संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । सोमबार धनगढी उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय एक पुरुषको मृत्यु भएपछि  कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो । उनलाई असोज २० गते कोरोना पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना २३ गते गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि नै अछामका २, बैतडीका १, बझाङ्गका २, बाजुराका २, डडेल्धुराका १,  कैलालीका ९ र कञ्चनपुरका १ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले  रातोपाटीलाई जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ८१ जनामा कोरोनासंक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार २८२ पुगेको छ । Advertisement...