२०८१ बैशाख ८

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८१ संक्रमित थपिए

साभार: रातोपाटी

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । सोमबार धनगढी उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय एक पुरुषको मृत्यु भएपछि  कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो ।

उनलाई असोज २० गते कोरोना पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना २३ गते गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि नै अछामका २, बैतडीका १, बझाङ्गका २, बाजुराका २, डडेल्धुराका १,  कैलालीका ९ र कञ्चनपुरका १ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले  रातोपाटीलाई जानकारी दिए ।

यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ८१ जनामा कोरोनासंक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार २८२ पुगेको छ ।


Advertisement


कैलालीका २९, कञ्चनपुरका ५, बैतडीका ६, बझाङ्गका ६, डडेल्धुराका २०, दार्चुलाका १ र डोटीका १४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।

सक्रिय संक्रमितमा अछामका ५५, बैतडीका ५०, बझाङ्गका १२२, बाजुराका ६, डडेल्धुराका ३७, दार्चुलाका ८३, डोटीका १३५, कैलालीका ६७३, कञ्चनपुरका ११८ जना रेका छन् । यस प्रदेशकका अन्य जिल्लामा बर्दियाका १, धनुषाका १ र सुर्खेतका १ रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले  बताए ।

प्रदेशमा निको हुने संक्रमित संख्या पनि ६ हजार ९०४ पुगेको छ । विभिन्न अस्पताल बाट १९ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ९०४ पुगेको उनले बताए । त्यसै गरी विभिन्न अस्पतालहरुमा ९६ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा ३०, टिकापुर २५, महाकाली २५, अछाम १०, डोटी २, डडेल्धुरा ३ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

Copy link
Powered by Social Snap