![](https://www.symnetwork.com/wp-content/uploads/2020/10/121162358_1053545845083258_3952910064708055782_n_Bbf7GHveYS-653x1024.jpg)
साभार: रातोपाटी
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Ratopati_875x90_3-21-9.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594872993-53.gif)
काठमाडौँ । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ‘बलात्कारी संगठन’ नामक ग्रुपमाथि अनुसन्धान अघि बढाएको छ । कसले, किन, के प्रयोजनको लागि ग्रुप खोलिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
ग्रुप खोल्नेहरुको खोजीकार्य सुरु भइसकेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।
बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने एसएसपीको कडायतको भनाइ छ ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Sanima-Share-Loan_gif_250x250px-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596010711-52.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594981462-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596727893-61.gif)
ग्रुप खोल्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा अन्य युनिटहरु पनि लागिपरेको एसएसपी कडायतले बताए । उनले भने, ‘साइबर ब्युरो तथा अरूले पनि उनीहरूलाई खोज्दैछ ।’
घटनाबारे छानबिन भइरहेको बताउँदै एसएसपी कडायतले उनीहरुमाथि कुन मुद्दा चलाउने भन्नेबारे पक्राउ परेपछि थाहा हुने बताए । केही समयअघि माइतीघरमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर सांकेतिक विरोध भएको थियो।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)