२०८१ बैशाख १४

देश

कार्तिक २ बाट सैनिक पृतनापति सम्मेलन हुने

कार्तिक २ बाट सैनिक पृतनापति सम्मेलन हुने

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाली सेनाले कार्तिक २ बाट सैनिक पृतनापतिहरुको सम्मेलन गर्ने भएको छ ।  कोभिड–१९ का कारण यसअघि स्थगित पृतनापति समन्वयात्मक बैठक कार्तिक २ देखी ४ गतेसम्म आयोजना गरिएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।   Advertisement जंगी अड्डामा रहेका सैनिक जर्नेल स्वास्थ्य मापदण्ड पुरा गरेर सहभागी हुनेछन् । उपत्यका बाहिर रहेका पृतनापतिहरु भर्चुअल रुपमा सहभागी हुनेछन् ।  पृतनापति सम्मलनबाट सेनाले आन्तरिक र बाह्य सुरक्षा विष्लेषण गरेर नयाँ रणनिती तय गर्ने गरेको छ । ...
गाउँपालिका अध्यक्ष बिष्टमाथि कुटपिट गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

गाउँपालिका अध्यक्ष बिष्टमाथि कुटपिट गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ।  काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको तत्काल खोजी गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न सरकारसँग माग गरिएको छ । गाउँपालिका केन्द्रको विषयमा भएको विवादमा अध्यक्ष बिष्टमाथि बुधबार ढुंगा प्रहार भएको थियो। नेपाली काँग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको दुई दिन बितिसक्दा कुटपिटमा संलग्नलाई राज्यले कुनै पनि कारबाही नगर्नुलाईकाँग्रेसले अत्यन्तै दुःखद घटनाका रुपमा लिएको पौडेलले बताए ।  Advertisement गाउँपालिकामा लगाएको ताला खोल्न गएका बेला अध्यक्ष बिष्टमाथि ढुंगा ...
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी सरह बनाउनुपर्छः प्रमुख शाक्य

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी सरह बनाउनुपर्छः प्रमुख शाक्य

देश, शिक्षा, समाचार
साभार: रातोपाटी काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताएका छन् । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताए । Advertisement आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गरे । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो । समारोहमा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयो...
कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।   रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो ।  Advertisement शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।   आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी राम...
बावुरामलाई प्रधानमन्त्रीको जवाफ: ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’

बावुरामलाई प्रधानमन्त्रीको जवाफ: ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं –  ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा। बावुराम भट्टराइको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् ।  ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गैह्रम्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ। ।’ डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठुला नेताले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।  Advertisement आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गर्दै ओलिले भट्टराईप्रति संकेत गर्दै भने–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर...
एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

देश, समाचार
साभार: रातोपाटी कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो ।  गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ । सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ ।  सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका छन् । Advertisement आर्थिक वर्ष २०७४ र ७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न  सडक डिभिजन कार्यालयले रु १२ करोड बजेट विनियोजन गरेको थियो । अमरगढी नगरपालिका–७ रातागौनबाट अजय...
छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेली छन् । तेलीले असोज १६ गते आफ्नै छोरीकी मिल्ने साथीलाई बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।  २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार तेलीले १६ असोजमा घाँस काट्न गएकी बालिकालाई ललाईफकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।  बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए । सिंहकाअनुसार बलात्कारपछि बालिका बेहोस भएक...
यातायात कम्पनीको रुट परमिट खारेज

यातायात कम्पनीको रुट परमिट खारेज

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको छ । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको हो ।  विहीबार गृहमन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीसहितको बैठक सो निर्णय गरेको हो ।  Advertisement केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिनेगरी गैरनाफामुलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो ।  बैठकले सिण्डिकेट खारेजी यसअघिको गृहमन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय गरेको छ । ...
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष थापाले बुधबार सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको विहीबार ट्वीटरमार्फत् जानकारी दिएका हुन्।  अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध पनि गरेका छन्। थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए । Advertisement ...
२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । Advertisement  गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको गौतमले बताए । ...