२०८० चैत्र १५

२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

साभार: रातोपाटी

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।


Advertisement


 गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको गौतमले बताए ।

Copy link
Powered by Social Snap