२०८१ बैशाख २३

देश

बसको ठक्करले पैदल यात्रुको मृत्यु

बसको ठक्करले पैदल यात्रुको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ ।  काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।  Advertisement बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
दसैंलाई लक्षित गर्दै मोरङमा भोलिदेखि १५ गतेसम्म निषेधाज्ञा

दसैंलाई लक्षित गर्दै मोरङमा भोलिदेखि १५ गतेसम्म निषेधाज्ञा

देश, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस (कोभिड१९ )को संक्रमणलाई मध्यनजर गरी दसैंलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। मोरङका जिल्ला प्रमुख कोशहरि निरौलाले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको जानकारी दिए । Advertisement चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको छ । प्रशासनले उक्त आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने ग...
दशैँभयाे शुरु: छैनन् यात्रु, बसपार्क सुनसान

दशैँभयाे शुरु: छैनन् यात्रु, बसपार्क सुनसान

देश, समाचार, सामाजिक
नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् । विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड–१९ को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् । ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत...
अनिल शाह कोरोना  संक्रमण भएको पुष्टि

अनिल शाह कोरोना संक्रमण भएको पुष्टि

देश, समाचार, स्वास्थ्य
बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुटि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन् । गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएका थिए । Advertisement आइसोलेसनमा रहेको बेला उनले शनिबार पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । शाहले आफूलाई गन्ध थाहा नपाउने बाहेक अन्य कुनै लक्षण नरहेको र घरमा नै आइसोलेसनमा रहने बताएका छन् । ...
उदयपुर जिप दुर्घटनामा : ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

उदयपुर जिप दुर्घटनामा : ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

देश, समाचार, सामाजिक
काठमाडौं । उदयपुरको कटारी–१४ मा स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले रातोपाटीलाई बताए । Advertisement दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । अन्यको सनाखत भएको छैन । सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् । डिएसपी गौतमका अनुसार चालकको अवस्था गम्भिर छ । साभार...
उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना

उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । गौतमको सचिवालयले शनिबार सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।  Advertisement तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको विश्वमणि सुवेदीले सामाजिक सञ्चालमार्फत जनाकारी दिए । योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द रहेको सुवेदीको भनाइ छ । साभार: रातोपाटी ...
होम आइसोलेशनमै पुरुष को मृत्यु

होम आइसोलेशनमै पुरुष को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१ कात्तिक, भक्तपुर । करोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक संक्रमितको होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ । Advertisement असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए । मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए । साभार: रातोपाटी ...
कर्मचारी बोक्न सवारी चालक भर्ना नगर्नु-सतर्कता केन्द्र

कर्मचारी बोक्न सवारी चालक भर्ना नगर्नु-सतर्कता केन्द्र

देश, राजनीति, समाचार, सामाजिक
३० असोज, काठमाडौं । भ्रष्टाचार नियन्त्रण सम्बन्धी प्रबर्द्धनात्मक तथा निरोधात्मक कार्यका लागि स्थापित राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी ओसारपसारका लागि हलुका सवारी चालक भर्ना नगर्न सुझाएको छ । केन्द्रले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आफ्नो १८ औं वाषिर्क प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । शाखा अधिकृत भन्दामाथिका सबै कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्ने र नयाँ भर्ना हुन हलुका सवारी चालक अनुमतिपत्र अनिवार्य गर्दा आर्थिक मितव्ययिता कायम गर्न सहज हुने केन्द्रका सचिव डा. ऋषिराम शर्मा बताउँछन् । यो व्यवस्था तीनै तहका सरकारमा लागु गर्नुपर्नेमा शर्माको जोड छ । गत आर्थिक वर्षमा कुल एक हजार १७५ उजुरीमध्ये ७८१ वटा उजुरी फछ्र्योट भएका थिए । जसमध्ये १६४ वटा उजुरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको छ । Advertisement ...
खैरहनी नगरपालिका वडा सदस्य को कोरोना का कारण निधन

खैरहनी नगरपालिका वडा सदस्य को कोरोना का कारण निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो । आईसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।  खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।   Advertisement अस्पतालको कोभिड सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।  ...
दुई संक्रमित को मृत्यु ; बिपी विज्ञान प्रतिष्ठान हुँदै थियो उपचार

दुई संक्रमित को मृत्यु ; बिपी विज्ञान प्रतिष्ठान हुँदै थियो उपचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ – धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।  शनिबार प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै ५६ र ६५ वर्षीय दुई पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।  Advertisement मृत्यु हुनेमा शिवगडी–११ झापाका ५६ वर्षीय पुरुष र धरान–१५ सुनसरीका ६५ वर्षीय पुरुष रहेका छन् ।  मृत्यु हुने दुवै पुरुष दीर्घ रोगी भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।  अस्पतालले नियामानुसार शवको व्यवस्थापन हुने जानकारी दिएको छ ।  साभार: रातोपाटी ...