२०८१ जेष्ठ ६

देश

च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ ।  चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताए । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ । मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिए । “यसपालि च्याङ्ग्रा कम छ...
नारायण काजीको सुझाव : तुरुन्तै विज्ञ र नेताहरुको बैठक बोलाउ

नारायण काजीको सुझाव : तुरुन्तै विज्ञ र नेताहरुको बैठक बोलाउ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड १९ ले उत्पन्न संकट चौतर्फी गहिरिँदै गएको भन्दै यसको नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी सबैको भएको बताएका छन् । उनले यसको नियन्त्रण गर्ने जिम्मेवारी मुलतः सरकारको नै भएको भन्दै यो महामारी र विश्वव्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति नरेको स्पष्ट भएको बताएका छन् । Advertisement ‘तर हामी  कसैले पनि आफ्नो जिम्मेवारीबाट  पञ्छन मिल्दैन’, सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले भनेका छन्– ‘तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।’ साथै उनले सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्नेमा...
कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै १७ गतेदेखि

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै १७ गतेदेखि

देश, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले आज मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो । मन्त्रालयका उपसचिव विदुरराज गिरीले आज विज्ञप्ति जारी गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाएका हुन् । Advertisement उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त...
६० वर्ष ननाघेका एकल महिलाहरूलाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता

६० वर्ष ननाघेका एकल महिलाहरूलाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता

देश, समाचार, सामाजिक
सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अपाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएकाे गुनासो आइरहेका थिए । Advertisement बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।  यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो ...
काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २३८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका २ हजार ८,  ललितपुरका २८१ र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको  हो ।  यस्तै बितेको २४ घण्टामा देशभर भने ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।  Advertisement यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले बताए ।  यसैबीच देशभर कोरोना भाइरसको संक्रमित संक्रमितको संख्या ४० हजार नाघेको छ। मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको हो ।  साभार: रातोपाटी ...
कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै नास्टले बनायो रोबोट

कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै नास्टले बनायो रोबोट

देश, समाचार
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्ने, मास्क लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लागयतको काम गर्नेछ । Advertisement  यो रोबोट कुनैपनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ । नाष्टका इन्जिनियर रोशन पाण्डेका अनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाइजर दिने, मास्क नलगाएको खण्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई नाष्टकै प्रवेशद्वारमा राखिने पनि पाण्डेले बताए ।  कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कदा प्रभावकारी रुपले निय...
अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

देश, समाचार
अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त  सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताए । उनले भने “अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो, यसको प्रचारप्रसार गरेर विश्व बजारमा पु¥याउन खाँचो थियो । लोन्ली प्लानेटले यस क्षेत्रको विशेषतालाई बाहिर ल्याइदिएको छ ।” यस सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्नुले  पदायात्रा पर्यटनमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने विश्वास आफूले लिएको उनको भनाइ छ ।  यस सर्किटमा अन्नपूर्ण क्षे...
दसैँ भत्ताका नाममा सांसदहरुलाई बद्नाम गर्ने सरकारको सुनियोजित योजना : सिंह

दसैँ भत्ताका नाममा सांसदहरुलाई बद्नाम गर्ने सरकारको सुनियोजित योजना : सिंह

देश, राजनीति, समाचार
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम  गर्ने दुराशय राखेको सिंहले आरोप लगाएका हुन् । विज्ञप्ति जारी गर्दै सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’ सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेर सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गरेका छन् । उनले दसैँ भत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने जानकारीसमेत गराएका छन् ।  Advertisement उनले कोरोना...
तीन महिनाभित्र गण्डकी प्रदेशमा सवारी दुर्घटनालेगर्दा ३९ को मृत्यु

तीन महिनाभित्र गण्डकी प्रदेशमा सवारी दुर्घटनालेगर्दा ३९ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् ।  दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।  प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारी साधन दुर्घटना परेका छन् ।  नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उनले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिए ।  कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी सा...
कर्मचारीले आफ्नो व्यक्तिगत लाभका लागि वनको दुरुपयोग गरेको आरोप

कर्मचारीले आफ्नो व्यक्तिगत लाभका लागि वनको दुरुपयोग गरेको आरोप

देश, राजनीति, समाचार, सामाजिक
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल -फेकोफन) का अध्यक्ष भारती पाठकले वातावरण संरक्षणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै केही निजामति कर्मचारीले व्यक्तिगत लाभका लागि सामुदायिक वनको दुरुपयोग गरिरहेको आरोप लगाएकी छन् । फेकोफनको जिल्ला शाखा पाल्पाले आज आयोजना गरेको भर्चुअल छलफलमा  अध्यक्ष पाठकले भनिन्, “सामुदायिक वनका उपभोक्तामाथिको अन्यायविरुद्ध लड्न महासङ्घ अग्रसर रहन्छ ।”  उनले ५० प्रतिशत महिला नेतृत्वको लागि फेकोफनले महत्वपूर्ण काम गर्दै आए पनि उपभोक्ता समूहमा महिला नेतृत्व कायम हुन नसकेको जनाउँदै समूहमा महिला सहभागिता बढाउने कामलाई निरन्तरता दिन आग्रह गरिन्।  फेकोफनका पाल्पा जिल्ला इञ्चार्ज केपी श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहलाई बलियो बनाएर जान आग्रह गरे ।  Advertisement आजै महासङ्घले आयोजना गरेको ‘समुदायमा आधारित जलवायु अनुकूलनम...