२०८१ बैशाख १४

दुई संक्रमित को मृत्यु ; बिपी विज्ञान प्रतिष्ठान हुँदै थियो उपचार

काठमाडौँ – धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । 

शनिबार प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै ५६ र ६५ वर्षीय दुई पुरुषको मृत्यु भएको जानकारी दिएको हो । 


Advertisement


मृत्यु हुनेमा शिवगडी–११ झापाका ५६ वर्षीय पुरुष र धरान–१५ सुनसरीका ६५ वर्षीय पुरुष रहेका छन् । 

मृत्यु हुने दुवै पुरुष दीर्घ रोगी भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

अस्पतालले नियामानुसार शवको व्यवस्थापन हुने जानकारी दिएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap