२०८० चैत्र १६

केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पीसीआर परीक्षण गराएको हो ।

गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पीसीआर परीक्षण गरिएको आयोजकले जनाएको छ । सोमबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालय, मंगलबार बैंकको न्युरोड शाखा र बुधबार पुतलीसडक शाखामा शिविर सञ्चालन गरिएको हो । 


Advertisement


शिविरमा पहिलो दिन १९६, दोस्रो दिन २२६ र तेस्रो दिन ४०४ जना सर्वसाधरणले पीसीआर परीक्षण गराएका छन् । स्वाब दिएकाहरुलाई पीसीआर परीक्षण पश्चात फोनबाटै रिपोर्ट जानकारी गराईएको थियो ।

कोरोनाको महामारीले सबै क्षेत्रलाई अस्तव्यस्त बनाएका बेला निःशुल्क पीसीआर परीक्षण गरी सहयोग पुर्याउँन शिविर आयोजना गरिएको र आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए ।

Copy link
Powered by Social Snap