२०८३ असार १४

स्वास्थ्य

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा  ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु  ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको छ ।  मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले सरकारले सात  प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको जानकारी दिए ।  ती अस्पतालमा रु एक करोडका दरले रु  १४ करोड हस्तान्तरण गरिसकिएको जनाइएको छ । अकालमा हुने निधन कम गर्न पूर्व अस्पताल सेवासहितको एकीकृत एम्बुलेन्स सेवासमेत कार्यान्वयन गरिएको छ । कोशी  नारायणी र भरतपुर अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु नौ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि रु ३६ करोड रुपियाँ पठाइसकेको छ...
कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी देशका विभिन्न जिल्लामा गरी कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ।  यस्तै ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका १ पुरुषको मृत्यु भएको छ ।  Advertisement यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।  ...
सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । प्रदेशसभा सदस्य  यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।   राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।  प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  Advertisement रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मच...
कोरोना सङ्क्रमित महिलाको मृत्यु

कोरोना सङ्क्रमित महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
यहाँ आज थप एक  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताए । पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो ।  यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ ।  रुपनी बन्द Advertisement  रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा आज कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गा...
मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी नेपालस्थित भारतीय दूतावासका राजदूत विनय मोहना क्वात्रा सेल्फ क्वारेन्टिनमा बसेका छन् । संस्कृति, पर्यटटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेटेका राजदूत क्वात्रा कोभिड–१९ को मापदण्ड अनुसार सेल्फ क्वारेन्टिनमा बसेका छन् । मन्त्री भट्टराई र राजदूत क्वात्राबीच शनिवार भेटघाट भएको थियो । त्यही दिन मन्त्री भट्टराईलाई ज्वरो आएको थियो । Advertisement भारतीय दुतावासका अनुसार हालसम्म राजदूत क्वात्रामा कोरोनाको कुनै लक्षण देखिएको छैन । उनी पूर्ण रुपमा स्वस्थ्य छन् । हाल उनले सबै कार्यक्रम तथा भेटघाट रद्द गरेका छन् । क्वात्रामा कुनै लक्षण नदेखिएपनि १–२ दिनमा कोरोना परीक्षण गराउने बताइएको छ । ए ...
दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी गए राति अरनिको राजमार्गखण्डअन्तर्गत  सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो ।  Advertisement भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । ...
बीपी प्रतिष्ठानमा ३ जना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा ३ जना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २५ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । धरानका ६२ वर्षीय पुरुषमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अस्पताल भर्ना गरेर उनको उपचार थालिएको थियो । उपचारको क्रममा गएराति ८ बजे उनको मृत्यु भएको सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । Advertisement यसैगरी सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको भने आज बिहान ३ः५० मा मृत्यु भएको हो । उच्च रक्तचाप र निमोनियाको समस्या भएपछि उनी असोज १४ गते प्रतिष्ठानमा भर्ना भएका थिए । असोज १५ गते उनमा कोरोना संक्रमण प...
कोरोना संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २४ असोज, चितवन । चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज, भरतपुरमा दुई जना र भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा मकवानपुर बागमती गाउँपालिका वडा नं. ६ फापरवारीकी ८५ बर्षिया महिला र सर्लाही हरीवन नगरपालिका वडा नं. १० का ३८ बर्षीय पुरुष छन् । Advertisement असोज १५ गते ज्वरो, निमोनिया भएर अस्पताल भर्ना भएकी महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शनिबार ५ बजे मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । यस्तै  सवारी दुर्घटनामा परी असोज ८ गते अस्पताल भर्ना भएका सर्लाहीका युवकमा २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ नै भरतपुर अस्पतालमा चितवनको भरतपुर महानगरपालिका-१ का ४७ बर्षिय पुरुषको उपचारको ...
कोभिड–१९ कार्टुन सङ्ग्रह  सार्वजानिक

कोभिड–१९ कार्टुन सङ्ग्रह सार्वजानिक

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको सङ्ग्रह काठमाडौँ महानगरपालिका–७ ले प्रकाशन गरेको हो । आज आयोजित कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समयसापेक्ष विषयवस्तुलाई सिर्जनामार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । बूढानीलकण्ठ स्कूलका प्राचार्य होमनाथ आचार्यले महामारीले विश्व आक्रान्त भएको बेला त्यसलाई नै कलम र कुचीको विषय बनाई समाजको विविध पक्षलाई समेटेर मानन्धरले बनाएको कार्टुन चित्र महत्वपूर्ण रहेको बताए । Advertisem...
अनसन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको आग्रह

अनसन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको आग्रह

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २४ असोज, काठमाडौं । सरकार वार्ता टोलीले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । सहमति प्रयास असफल भएपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा. केसीका मागबारे आफ्नो धारणा समेत  सार्वजनिक गरेको हो । सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको भन्दै वार्ता टोलीले भनेको छ, ‘गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूवर्नधार निर्माण अन्तिम चरणमा छ ।’ सरकारी वार्ता टोलीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयंम मुल्यांकन प्रतिवेदन पेश भइसकेको छ । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कले...