२०८१ बैशाख ८

‘गिरिजाप्रसादले बिगारेको सिस्टमलाई पछ्याउँदा बालुवाटारमा कोरोना !’

अब कसरी बचाउने उपत्यकालाई ?

साभार: रातोपाटी

उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलदा एकैदिन प्रधानमन्त्री निवासका ६७ जना सुरक्षाकर्मीलाई संक्रमण देखाप¥यो । सुरक्षाकर्मीमा मात्र नभएर प्रधानमन्त्रीका निजी फोटोग्राफरदेखि तीन सल्लाहाकार र सचिवलाई पनि कोरोना संक्रमण भएपछि बालुवाटर नै आइसोलेशनमा बसेको छ ।

बालुवाटारमा यसरी ह्वात्तै कोरोनाभाइरसको संक्रमण बढ्नुमा प्रधानमन्त्री आफै जिम्मेवार रहेको एक जनस्वास्थ्यविद् बताउँछन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिको गरेर प्रधानमन्त्री ओलीले बालुवाटारलाई नेपालको केन्द्र बनाएका कारण बालुवाटार कोरोनाको ‘हटस्पट’ बनेको उनको तर्क छ । उनले भने, ‘प्रत्येक मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवासमा बस्ने गरेको छ । पार्टीको बैठक समेत प्रधानमन्त्री निवासमा राख्ने गरिएको छ । जसकारण पनि बालुवाटार कोरोनाको जोखिममा परेको हो ।’

हुन पनि अघिल्लो कार्यकालमा प्रधानमन्त्री हुँदा सिंहदरबारलाई पनि महत्व दिने प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि बालुवाटार केन्द्रित भएर काम गरिरहेका छन् । सानातिना कार्यक्रम, भेलादेखि मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै हुने गरेको छ ।

सरुवा रोगसम्बन्धी एक विशेषज्ञ भन्छन्, ‘मन्त्रिपरिषदको बैठक, पार्टीको बैठक गर्ने, आसेपासेहरुको भेला पनि प्रधानमन्त्री कार्यालयमा गरेको परिणाम हो त्यति ठूलो संख्यामा प्रधानमन्त्री निवासमा भएको संक्रमण । बालुवाटार छिर्ने कोही संक्रमित थियो होला, क्यान्टिनतिर, मेसतिर सँगै बसेर खायो होला, त्यसबाट सबैलाई सल्किने भैहाल्यो ।’

बालुवाटारलाई प्रधानमन्त्रीको आवासको रुपमा मात्र प्रयोग गर्ने हो भने संक्रमणको जोखिम नहुने उनले बताए । प्रधानमन्त्रीको आवास क्षेत्रमा धेरै चहलपहल हुनु नै संवेदनशील विषय भएको उनको भनाइ छ ।

उनले भने, ‘बालुवाटारलाई त्यसरी प्रयोग गर्नु हुँदैनथ्यो, सिंहदरबारभित्र नै संक्रमण हुन नसक्ने गरी २ घण्टा बैठक बस्ने, सिंहदरबारमै काम गर्नुपथ्र्यो । सिंहदरबारमै काम गरेको भए बालुवाटार त्यसरी थला पर्ने थिएन ।’

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले विगारेको सिस्टम प्रधानमन्त्री ओलीले पनि पछ्याएको कारण बालुवाटारमा कोरोनामात्र नभएर अन्य संक्रमणको जोखिम बढेको उनको तर्क छ ।

उनले भने, ‘प्रधानमन्त्रीको क्वाटरभित्र छिर्न दिएपछि मन्त्री जान्छन्, व्यापारी जान्छन् । जो पनि जाने भए ।’ बालुवाटारलाई नै प्रधानमन्त्रीको प्रशासकीय कार्यालय बनाएका कारण कोरोना संक्रमणको जोखिम बढेको उनको ठम्याइ छ । 

उनले भने, ‘बालुवाटार भनेको त आराम गर्ने, फाट्टफुट्ट रुपमा विदेशी कुटनीतिक नियोगका ब्यक्तिसँग भेटघाट गर्ने, डिनर–सिनर खुवाउने ठाउँ हो । तर उहाँले २४ सै घण्टा बालुवाटार छोड्न मान्नुभएन ।’


Advertisement


परीक्षण दर बढाउन विज्ञको सुझाव

जनस्वास्थ्यविद् समीरमणि दीक्षित अब राज्यले टोल टोलमा गएर परीक्षण गर्नुपर्ने बताउँछन् ।  पीसीआर गर्न सक्दैन भने द्रुत एन्टिजेन किट पनि प्रयोग गर्नुपर्ने र संक्रमितबाट जोखिममा रहेका ब्यक्तिहरुलाई बचाउने काममा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘अब जो पनि संक्रमित हुन सक्छ, यसबाट डराउनुपर्ने आवश्यकता छैन । अधिकांश मान्छे त आफै ठिक हुन्छन् । अब संक्रमितबाट जोखिम समूहलाई जागाउनु मुख्य कुरा हो । अब टोल टोलमा परीक्षण गरेर जोखिमयुक्त समूहलाई छुट्याउनुपर्छ ।’

अहिले जति संक्रमण छ, त्यो भइरहने उल्लेख गर्दै उनले मास्क नलगाउने, दुरी कायम नगर्ने, राज्यले पनि कि कडा लकडाउन गरेपछि वास्तै नगर्ने प्रवृतिका कारण संक्रमणले गति लिएको प्रष्ट पारे ।

अब काठमाडौंमा संक्रमण शून्य बनाउन सक्ने संभावना नभएको र यसअघि नै काठमाडौं आउनेको पूर्ण परीक्षण गरिएको भए अहिलेको जस्तो समस्या नआउने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा बाबुराम मरासिनी बताउँछन् ।

उनले सरकारले लकडाउन गरेपछि एक्कासी पूर्ण रुपमा लकडाउन खुला गर्दै चैत १० को अवस्थामा पु¥याएका कारण संक्रमण ह्वात्तै बढेको उल्लेख गरे । अब धेरै विकल्प नभएकोले पीसीआर परीक्षण बढाउनुपर्ने उनको भनाइ छ ।

डा.मरासिनीले भने, ‘लकडाउन खोलेपछि हामी जसरी व्यापक रुपमा परिवर्तन हुनुपथ्र्यो, त्यस्तो हुन सकेनौं । अब पीसीआर परीक्षण बढाउनुपर्छ । नेपालको दक्षिण सीमापारी कोरोना संक्रमण धेरै छ । त्यहाँबाट मान्छेहरु फाट्टफुट्ट रुपमा नेपाल छिरिरहने र काठमाडौं आइरहने हुँदा अब संक्रमण रोक्न जटिल छ । अब हामी आफै सचेत भएर मास्क लगाउने, दुरी कायम गर्ने कुरामा बढ्ता ध्यान दिनुपर्छ ।’

अव जाडो याममा सबैठाउँमा घामको तातो नपुग्ने भएकोले कोरनाभाइरस धेरै समय बाच्ने र खतरा निम्त्याउन सक्ने उनले बताए ।

दशैँमा घर जानेहरुले पनि सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘दशंँमा काठमाडौंबाट जो–जो घर जान्छन्, उनीहरु आफैले आफैलाई म संक्रमित छु भनेर सोच्नुप¥यो । अहिले काठमाडौँका ल्याबहरुबाट आएको रिपोर्ट हेर्दा काठमाडौंमा झन्डै एक चौथाइ मान्छे संक्रमित छन् जस्तो लाग्छ ।’

ल्यावमा परीक्षण गर्न आउने मान्छेमध्ये २५ देखि ३० प्रतिशत संक्रमित पाइएको उनले बताए । ‘परीक्षण गरे पनि नगरेपनि हामी काठमाडौँमा रहेका सबै मान्छेहरुले म पनि संक्रमित छु भनेर सोच्नुप¥यो,’ उनले भने, ‘त्यसो ग¥र्यौँ भने हामी सबैले सावधानी अपनाउछौँ ।’ 

यस्तै जनस्वास्थ्यविद् डा.मरासिनी पनि संक्रमण बढ्यो भन्दैमा लकडाउनले समाधान नहुने उल्लेख गर्दै सुरक्षा सावधानी अपनाउन सरकारले प्रहरी प्रशासन परिचालन गर्ने, कडा नियम ल्याउने जस्ता उपाय अवलम्बन गर्नुपर्ने बताउँछन् ।

Copy link
Powered by Social Snap